Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

नेकपा माओवादी केन्द्र मकवानपुरद्वारा राजनीतिक तथा वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

1754188433952-1754188548.jpg

१७ साउन २०८२ मकवानपुर — नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुर अन्तर्गत स्कुल विभागको आयोजनामा राजनीतिक तथा वैचारिक प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

हेटौंडा–५, गर्दोइस्थित पार्टी कार्यालयमा हिजो र आज दुई दिनसम्म चलेको उक्त प्रशिक्षण कार्यक्रममा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट ७५ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य प्रशिक्षित कार्यकर्तामार्फत पालिका तहसम्म राजनीतिक तथा वैचारिक प्रशिक्षण प्रदान गर्नु रहेको आयोजकले बताएका छन्।

कार्यक्रमको समापन नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। उनले भनिन्, “माक्र्सवादी विचारलाई कार्यकर्तामार्फत जनतामाझ विस्तार गर्न यो प्रशिक्षण कार्यक्रम प्रभावकारी माध्यम बन्नेछ। हाम्रो संगठनको उद्देश्य, दृष्टिकोण र कार्यदिशा बुझाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।”

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विजय, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी 'छिन्तु', प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, जिल्ला संयोजक भीम पाख्रिन, प्रदेश सचिवालय सदस्य विर बहादुर घलान 'ज्वाला' लगायत नेताहरूको  आतिथ्यता रहेको थियो।

प्रशिक्षण कार्यक्रममा सूर्य सुवेदी 'पथिक', युवराज चौलागाईं, तीर्थ थापा मगर निबन्ध लामा, खुशीलाल मोक्तान, बुद्ध अर्याल लगायतले प्रशिक्षण प्रदान गरेका थिए।

उक्त कार्यक्रमले सहभागीहरूलाई वैचारिक स्पष्टता, संगठनात्मक क्षमता तथा माक्र्सवादी दृष्टिकोणमा आधारित राजनीतिक प्रशिक्षण प्रदान गरेको र उनीहरूले आ–आफ्नो पालिकामा गएर थप प्रशिक्षण सञ्चालन गर्ने तयारी भइरहेको आयोजकले जानकारी दिएका छन्।

1754188437067-1754188548.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png