Sunday, 07 Jun, 2026
jkmv2083-1778723862.jpg

राजनीति

नेकपा बाट मकवानपुरमा बिष्ट र गौतमले गराए उम्मेद्बारी दर्ता

FB_IMG_1768926347036-1768926556.jpg

नेपाली कम्युनिस्ट पार्टी नेकपा ले मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउँदै दुवैले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको हो ।
मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विद्यार्थी राजनीति र आन्दोलनबाट उदाएका गौतम नेकपा नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा स्वकीय सचिवका रूपमा कार्यरत थिए । बकैया गाउँपालिका निवासी गौतम तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जसमेत भइसकेका छन् । पछिल्लो समय उनी जिल्लाको राजनीतिमा सक्रिय देखिँदै आएका छन् ।
मकवानपुर–१ मा यसअघि तत्कालीन माओवादी केन्द्रबाट प्रेमबहादुर पुलामी ‘छिन्तु’ उम्मेदवार बनेका थिए । गठबन्धनका कारण २०७४ मा एमालेका कृष्ण दाहाल र २०७९ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई समर्थन गरिएको थियो । यस क्षेत्रमा नेकपाको संगठनात्मक उपस्थिति बागमती र बकैया गाउँपालिकामा राम्रो देखिन्छ भने हेटौंडा बजार क्षेत्रमा केही कमजोर रहेको बताइन्छ ।
यता मकवानपुर–२ मा उम्मेदवार बनेका विष्ट रुपचन्द्र विष्ट ‘रुदाने’का अनुयायीका रूपमा चिनिन्छन् । उनी २०७४ सालमा थाहा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७९ सालमा कुनै पनि पदमा नउठेका विष्ट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । मेयर रहँदा उनले गरेको विकास निर्माण र सेवाप्रवाहसम्बन्धी कामको चर्चा अहिले पनि जिल्लामा हुने गरेको छ ।
उनको कार्यकालमा थाहा नगरपालिका विकास र सुशासनका हिसाबले उत्कृष्ट मानिएको थियो । मकवानपुर–२ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा नेकपाको उपस्थिति बलियो मानिन्छ । मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा भने पार्टीको प्रभाव तुलनात्मक रूपमा कमजोर देखिन्छ

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
रास्वपा मकवानपुरको अधिवेशन सम्पन्न सभापतिमा पाठक सर्वसम्मत
InShot_20260606_211208693-1780761101.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरको प्रथम अधिवेशनले मनहरीका सञ्जीव पाठकलाई सभापति चयन गरेको छ ।...

थाहाको नारदतिर्थ,त्रिवेणी शंखमुलमा शंखधारा जडानकार्य सुरु
file_00000000250c7208bec6-1780760426.png

मकवानपुरको थाहा नगरपालिकास्थित ऐतिहासिक धार्मिकस्थल शंखमुलमा शंखकै आकृतिका धारा जडान गर्ने कार्य धमाधम...

नेपालको जेन जि आन्दोलनबाट प्रेरित हुँदै भारतिय युवाहरुले पनि सरकार बिरुद्ध शान्तिपुर्ण बिरोध गर्ने ।
1780628827979-1780628948.jpg

दावा सेर्पा- भारतको राजधानी नयाँ दिल्लीमा यही आउँदो जुन ६, २०२६ (शनिबार) का दिन 'ककरोच जनता पार्टी' (CJP) ले आयोजना...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg