pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

नेकपा बाट मकवानपुरमा बिष्ट र गौतमले गराए उम्मेद्बारी दर्ता

FB_IMG_1768926347036-1768926556.jpg

नेपाली कम्युनिस्ट पार्टी नेकपा ले मकवानपुरका दुईवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउँदै दुवैले उम्मेदवारी दर्ता गराइसकेका छन् । नेकपाले मकवानपुर–१ मा विजय गौतम र मकवानपुर–२ मा लवशेर विष्टलाई उम्मेदवार बनाएको हो ।
मकवानपुर–१ का उम्मेदवार गौतम पहिलो पटक संसदीय चुनावमा प्रतिस्पर्धा गर्न लागेका हुन् । विद्यार्थी राजनीति र आन्दोलनबाट उदाएका गौतम नेकपा नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा स्वकीय सचिवका रूपमा कार्यरत थिए । बकैया गाउँपालिका निवासी गौतम तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्जसमेत भइसकेका छन् । पछिल्लो समय उनी जिल्लाको राजनीतिमा सक्रिय देखिँदै आएका छन् ।
मकवानपुर–१ मा यसअघि तत्कालीन माओवादी केन्द्रबाट प्रेमबहादुर पुलामी ‘छिन्तु’ उम्मेदवार बनेका थिए । गठबन्धनका कारण २०७४ मा एमालेका कृष्ण दाहाल र २०७९ मा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई समर्थन गरिएको थियो । यस क्षेत्रमा नेकपाको संगठनात्मक उपस्थिति बागमती र बकैया गाउँपालिकामा राम्रो देखिन्छ भने हेटौंडा बजार क्षेत्रमा केही कमजोर रहेको बताइन्छ ।
यता मकवानपुर–२ मा उम्मेदवार बनेका विष्ट रुपचन्द्र विष्ट ‘रुदाने’का अनुयायीका रूपमा चिनिन्छन् । उनी २०७४ सालमा थाहा नगरपालिकाको मेयर निर्वाचित भएका थिए । २०७९ सालमा कुनै पनि पदमा नउठेका विष्ट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका हुन् । मेयर रहँदा उनले गरेको विकास निर्माण र सेवाप्रवाहसम्बन्धी कामको चर्चा अहिले पनि जिल्लामा हुने गरेको छ ।
उनको कार्यकालमा थाहा नगरपालिका विकास र सुशासनका हिसाबले उत्कृष्ट मानिएको थियो । मकवानपुर–२ अन्तर्गत थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका र कैलाश गाउँपालिकामा नेकपाको उपस्थिति बलियो मानिन्छ । मनहरी, राक्सिराङ र मकवानपुरगढी गाउँपालिकामा भने पार्टीको प्रभाव तुलनात्मक रूपमा कमजोर देखिन्छ

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg