Monday, 06 May, 2024
पर्यटन

थाहा फोटो प्रदर्शनी हेटौंडा:- पहिलो दिन ५ हजार बढिले गरे अवलोकन

FB_IMG_1704469483674-1704469526.jpg

थाहा नगरपालिकाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यले हेटौँडामा २ दिने थाहा फोटो प्रर्दशनी सुरु भएको छ । थाहा–३ का वडाध्यक्ष हिरेन्द्र रायमाझीको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 
नेपालकै चर्चित पर्यटकीय क्षेत्रको रुपमा रहेको मकवानपुरको उत्तरी थाहाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रको तस्बिरको साथै थाहा क्षेत्रमा रहेको सांस्कृतिक, धार्मिक पक्षहरु समेटिएको ६० वटा फोटोहरु प्रर्दशनीमा राखिएको छ ।
थाहा नगरपालिकाको आयोजना तथा फरक सोच अभियान, शिखर क्लबको संयोजनमा भएको प्रर्दशनीलाई राष्ट्रिय फोटो पत्रकार समूह, मकवानपुर, नेपाल पत्रकार महासंघ मकवानपुर, हेटौँडा उपमहानगरपालिका लगायतको संघसस्थाको सहयोग रहेको छ ।
बागमती प्रदेश सरकारले सन् २०२४ लाई पर्यटन वर्ष घोषणा गरेको ४ दिनपछि सुरु भएको प्रर्दशनीले प्रदेशको पर्यटनलाई टेवा पुर्याउने फरक सोचका यादबजंग राजमाझीले बताउनु भयो ।
प्रर्दशनीको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले हेटौँडामा भएको थाहा फोटो प्रर्दशनीले थाहामा पर्यटकहरुको संख्यामा बृद्धि गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो । यस्ताखाले प्रर्दशनीले नेपाली पर्यटन क्षेत्रलाई प्रचारप्रसार गर्न सहयोग गर्ने उहाँको भनाई रहेको थियो । पर्यटन क्षेत्रबाट विश्वसामु चिनाउनको लागि फोटो प्रर्दशनी पनि एउटा माध्यम रहेको उल्लेख गर्नुभयो । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका पुर्व अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारुमगर, मकवानपुर शाखा अअध्यक्ष मणीराज गौतम, राष्ट्रिय फोटो पत्रकार समूह मकवानपुरका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतकाको आतिथ्यता रहेको थियो ।

प्रदर्शनीमा थाहाका पत्रकार र फोटोग्राफर हरु गणेश विष्ट रामकुमार कार्की, कृष्ण अधिकारी, रुपेश जेपाल, श्रीकृष्ण श्रेष्ठ, विज्ञान विष्ट, प्रेम बलामी, सुरजकुमार भुजेल र शम्भु अधिकारीले खिचेको फोटोहरू प्रदर्शनीमा राखिएका छन् ।

 आज पहिलो दिन ५ हजारले फोटो अवलोकन गरेको फरक सोचका संयोजक रायमाझीले बताउनु भयो ।

 


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...