gumba-1715660528.jpg
Monday, 20 May, 2024
अपडेट

थाहामा सामुहिक कृषीऔजार कारखाना, स्थानिय अत्मनिर्भर बन्दै
शिवानी बिश्वकर्मा

धेरै युवाहरु कामको खोजीमा बैदेशिक रोजगारिको लागि बिभिन्न देश गइरहेका छन् । आफ्नो श्रम र सीपलाई एक्लैमात्रले गर्न सकिएन भने सामुहिक रुपमा गर्दा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणीय कार्य गरिरहेका छन् थाहा नगरपालिका वडा नम्बर ४ बिश्वकर्मा टोलका स्थानियबासीहरु । उनिहरु अहिले राम्रो आम्दानी सँगसँगै आफ्नो जिवन स्तर मात्र सुधार गरीरहेका छैनन् गाउँनै आत्मनिर्भर बनाइ रहेका छन् । थाहा नगरपालिका वडा नम्बर ४ बिश्वकर्मा टोलमा कृषि औजार उत्पादन, प्रदर्शनी तथा विक्री केन्द्र खुले पछि यस्तो बाताबरण बनेको हो । बिश्वकर्मा टोलमा यो कारखाना खुल्नु भन्दा पहिले उनिहरु आ–आफ्नो घरमा परम्परागत रुपमा बेग्ला– बेग्लै रुपमा काम गर्ने गरिरहेका थिए । सामुदायिक बिकाश केन्द्र नेपाल (सिसिडिएन)ले कारखानाको लागि ट्रस्ट निर्माण गरि नपुग औजार सहयोग गरेपछि ७ जना मिलेर सामुहिक रुपमा कारखाना चलाउन थालेको कारखानाका अध्यक्ष घनश्याम कोइरालाले बताउनु भयो । परम्परागत रुपमा घरैमा आएका कामहरु गर्दा ब्यावसायिक लाभ नहुनाको कारण यो पेशा प्रति यस टोलमा आकर्षण घट्दै गइरहेको अवस्थामा आधुनिक मेशिन सहितको कारखाना खुले पछि अहिले काममा भ्याईनभ्याइ भैरहेको छ भने आम्दानी पनि राम्रै गरिरहेका छन् । यसै कारखानामा काम गर्ने सुर्ये बहादुर बिश्वकर्मा भन्नु हुन्छ – ‘पहिले पहिले घरैमा काम गर्दा महिनाको १५ देखि १६ हजार आम्दानी हुने गरेको र झन्झटीलो पनि थियो । आफै उत्पादन ग¥यो बजारमा बिक्रि गर्न लैजानु पर्ने बाध्यता रहेको थियो तर अहिले सामुहिक काम गर्दा काम पनि सजिलो भएको छ भने महिनामा ३० देखि ३५ हजार सम्म आम्दानी हुने गरेको छ ।’ बेग्ला बेग्लै काम गर्दा सहयोगको भावना कमी हुने जस्ले गर्दा मेलमिलापमा समस्या आउने गर्दछ । तर अहिले सामुहिक रुपमा काम गर्दा एक आपसमा मेलमिलाप बेढेको छ भने आम्दानी पनि राम्रो भएको यसै कारखानामा काम गर्ने राजु बिश्वकर्मा बताउनु हुन्छ । राजु भन्नु हुन्छ – ‘पहिले सहयोग आदान प्रदानमा कमी थियो तर अहिले एकलाई परेको समस्या सबै मिलेर समाधान समेत गर्ने गरेका छौं । ’ कारखानाबाट उत्पादन हुने बिभिन्न सामाग्रीहरु अहिले थाहा नगरपालिकाको बिभिन्न भाँडा पसल तथा ब्यक्तिहरुले किन्ने गरेका छन् । यसै कारखानाका बिष्णु बिश्वकर्मा भन्नु हुन्छ — ‘अहिले कृषि सामाग्रीको माग अत्याधिक छ, तर अझै पनि माग अनुसारको सामान उपलब्ध गराउन भने नसकेको उहाँ बताउनु हुन्छ । बिष्णुले कारखानामा काम अहिले ३ जना छोराछोरी पढाउने तथा घरखर्च समेत सजिलै चलाइरहेको बताउनुहुन्छ । कारखानामा दिनेश सुनार तामा र पित्तलबाट गाग्री, दियो, थाली जस्ता सामान बनाउने काम गर्दछन् । कारखानामा कृषिजन्य औजार मात्र नभइ घरमा आबस्यक पर्ने तामा र पित्तलबाट बन्ने गाग्री, दियो, थाली जस्ता सामान उत्पादन भैरहेको छ । अहिले धेरै युवाहरु बिदेश जान्छन् तर नेपालमानै बसेर काम गरेर राम्रो आम्दानी गरिरहेको छु । आम्दानी सँगसँगै बचत गर्ने बानि समेत भएकोले समस्या टार्नको लागि अरुको मुख ताक्नु नपर्ने अनुभव दिनेशले सुनाउनु भयो । आफ्नो शिपको सदुपयोग गरेमा आफ्नै ठाउँमा बसेर राम्रो आम्दानी गर्न सकिन्छ । यसरी नै समाजका हरेक युवाहरुले आफ्नै ठाउँमा श्रम गर्ने हो भने कोहि पनि बेरोजगार भएर बस्नु तथा बिदेशीनु पर्दैन ।

world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...