pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

थाहानगरमा एक हप्ता लकडाउन घोषणा गर्न सुझाव 

Thahaa-1586410741-1597661665.jpg

थाहा नगरमा कोरोना भाइरस संक्रमणको जोखिम कर्म गर्न अहिलेलाई कम्तिमा एक लकडाउन घोषणा गर्न सर्वपक्षीय बैठकले नगरपालिकालाई सुझाव दिएको छ । बैठकमा सहभागी राजनीतिक दल तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरुले थाहामा कोरोनाको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै लकडाउन गरेरै भए पनि स्थितिलाई नियन्त्रणमा राख्नुपर्ने सुझाव दिएका छन् । 

थाहा नगरपालिकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि कसरी नियन्त्रण र रोकथाम गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरुको धारणा बुझ्न नगरपालिकाले आज सोमबार दिउँसो सर्वपक्षीय बैठकको आयोजना गरेको थियो ।

बैठकपछि थाहापाटीसँग कुरा गर्दै बैठकमा सहभागी नेपाल कम्प्युनिष्ट पार्टी(नेकपा) थाहा नगरका अध्यक्ष अरुण रायमाझीले औषधि पसलबाहेक सबै सेवा बन्द गर्नेगरी लकडाउन गर्न सुझाव दिएको बताउनु भयो । ‘सबैले आआफ्नो धारणा राख्नुभयो, कुनै न कुनै रुपमा नगरपालिका कडा ढंगले प्रस्तुत हुनु पर्नेमा सबैको जोड रह्यो’ उहाँले भन्नु भयो ।

बैठकमा नेकपा थाहानगर अध्यक्ष रायमाझी, नेपाली काँग्रेसका थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, सहकारी संजाल थाहाका अध्यक्ष महेश्वर सुवेदी, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, प्याब्सन थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधान, पालुङ जेसीजका अध्यक्ष मनोज रायमाझी, उपभोक्ता हित संरक्षण मञ्च थाहाका अध्यक्ष गणेशमान श्रेष्ठलगायतको सहभागिता रहेको थियो । 

बैठकपछि थाहापाटीसित कुरा गर्दै थाहा नगरपालिकाका सामाजिक शाखा प्रमुख अनिल लामिछानेले लकडाउन गरेर अघि बढ्ने गरी सबैको सुझाव आएको जानकारी दिनुभयो । ‘मुख्य सरोकारवालाहरुबाट लकडाउनको प्रस्ताव र प्रतिवद्धता आएको छ, यसबारे भोलिको कार्यपालिका बैठकमा छलफल हुन्छ’ उहाँले भन्नु भयो । 

थाहा नगर कार्यपालिकाको बैठक भोलि  मंगलबार विहान बस्दैछ ।
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...