Wednesday, 22 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

राजनीति

जीत पक्का भएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई वाम गठबन्धनको आग्रह
स्थानिय तह मत सर्वेक्षण गर्दा  मकवानपुरमा वाम गठबन्धन अगाडी

 मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका   बिरोध खतिवडाले राष्ट्रिय स्वाभिमानको रक्षा गर्दै आर्थीक सम्पन्न मुलुक बनाउनका लागि वाम गठबन्धन बनेकोले मकवानपुरको दुबै प्रतिनिधि तथा ४ ओटै प्रदेश सभामा जित सुनिश्चित भएको तथा देशभरबाटनै प्रष्ट बहुमत आउने भएकोले अब मुलुकको विकास त्रि्र गतिमा अगाडी बढ्ने बताउनु भयो । खतिवडाले नेपालमा नेपाली का“ग्रेसले पटक पटक बहुमत ल्याएर राष्ट्रिय महत्वका योजनाहरु निजीकरण गर्ने नाममा देशका उद्योग तथा कलखाखाना बन्द गरेको र जनताले ल्याएको बहुदलीय व्यबस्था राजालाई किस्तीमा राखेर बुझाउने पार्टि भएकोले का“ग्रेसले राष्ट्रको हित गर्दैन भन्ने प्रष्ट भएको बताउनु भयो ।   

 
   मकवानपुरको थाहा नगरपालिकामा  शुक्रवार जेसिज हलमा भएकोे नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नगर स्तरीय संयुक्त कार्यकर्ता भेलामा खतिवडाले यस्तो बताएका हुन् ।
   माओवादी केन्द्र थाहा नगर कमिटि संयोजक अरुण रायमाझीको सभापतित्वमा भएको भेलामा मकवानपुरको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार  बिरोध खतिवडाको प्रमुख आतिथ्य एवम्   प्रतिनिधि सभा २ को प्रदेश सभा "क" की उम्मेद्वार कुमारी मोक्तानको बिषेश आतिथ्यमा रहेको थियो । दुवै उम्ेदवारले बाम गठबन्धनलाई जिताउनका लागि ढुक्क भएर मतदान गर्नका लागि आग्रह पनि  गर्नुभयो । 
   यस्तै बिषेश अतिथि मोक्तानले नेपालमा जनता जहिले कम्युनिष्ट साशन चाहने भएकोले वामपन्थीहरुको मतदाता बढी भए पनि बेग्ला बेग्लै भएर जा“दा यो सम्भव नभएको हो । ६० प्रतिसत भन्दा बढी नेपाली जनता सुशासन सहित जनताको हितगर्ने बामःगठबन्धनको सरकार चाहेकोले यो अवस्थालाई बुझेर समझदारीको साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । 
   कार्यक्रममा नेकपा माओवादी जिल्ला पार्टि सचिवालय सदस्य बिष्णु बिष्ट आदर्श, नेकपा एमाले जिल्ला पार्टि सचिवालय सदस्य बिष्णु प्रसाद ढकालले एक आपसमा भएका तिक्तता बिर्सिएर राष्ट्र, राष्ट्रियता र समृद्घीको लक्ष्यमा साथ दिनका लागि आग्रह गर्दै कार्यकर्ताहरुलाई एकतावद्घ भई र्सर्ूय र गोलाकार भित्रको ह“सिया हतौडाको झण्डा सहित गाउ“-टोलमा जान निर्देशन दिनु भएको छ ।
   थाहा नगर पालिकाका मेयर तथा नेकपा माओवादी जिल्ला कमिटि सदस्य लबसेर बिष्टले ६० बर्षदेखि नेपाली जनताले चाहेको एउटै कम्युनिष्टको बहुमतिय सरकारको चाहना पुरा हुने ऐतीहा“सिक निर्वाचन भएकोले सबै जनता खुसिको पर्वको रुपमा लिनु पर्ने भन्दै स्वागत मन्तव्य राख्नु भएको थियो ।
   बिमल कुमार ढकालले  सन्चालन गर्नु भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोग सदस्य पि.बि. गोले, नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटिका संयोजक मुनु सिग्देल, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् निर्वाचन परिचालन कमिटि सह-संयोहजक बलराम बल, नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सदस्य  महेश्वर सुवेदी, नेकपा एमाले ३ नम्बर प्रदेश कमिटि सल्लाहकार  ठाकुरराम खड्का, नेकपा एमाले मकवानपुर जिल्ला कमिटि सचिब एकलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य सन्तोष बिष्ट, नेकपा माओवादी केन्द्र जिल्ला कमिटि सचिवालय सदस्य एवम् वाइसिएल केन्द्रिय सचिव प्रकाश पाण्डे लगायतको आतिथ्य रहेको थियो ।
   यसैबिच दुवै पार्टिका नगर कमिटि पदाधिकारी वडा कमिटि  पदाधिकारी, विभिन्न जनवर्गिय मोर्चाका पदाधिकारी सदस्यहरुको सहित कार्यकर्ताको बाक्लो उपस्थिति रहेको भेलाले अरुण रायमाझी संयोजकत्व र सानोकाजी गोपालीको सह-संयोजकत्वमा रहनेगरी ५ सय १ जनाको थाहा नगरस्तरीय निर्वाचन परिचालन कमिटि गठन गरेको छ भने महेश्वर सुवेदी संयोजकत्वमा तथा बिष्णु गोपालीको सह-संयोजकत्वमा १०१ जनाको अनुगमन समिति गठन गरेको छ । 


   यस अघि संयुक्त वाम भेला २१ गते आमभञ्ज्याङको बाघथली, २२ गते भिमफेदी गाउ“पालिकाको निबुवाटारको पौवा र २३ गते इन्द्र सरोबर गाउँपालिकाको कार्यालयमा संयुक्तबाम एकता भेला सम्पन्न भएको छ ।

स्थानिय तह मत सर्वेक्षण गर्दा  मकवानपुरमा वाम गठबन्धन अगाडी
   नजिकीदो प्रतिनिधि एवम् प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा को बिजयी या पराजय हुन्छ ? भन्ने चर्चा परिचर्चा सुरु भैसकेको छ । आउ“दो मंसिर २१ गते हुने दोश्रो चरणको  संसदीय निर्वाचनमा मकवानपुरमा यो पटक सबैभन्दा चर्चाको केन्द्रमा राप्रपा अध्यक्ष कमल थापा र एमाले नेता कृष्ण प्रसाद दाहालको चुनावी क्षेत्र बनेको छ । 
   थापा र दाहालपछि मकवानपुरमा बिरोध खतिवडा र डिना उपाध्यायको पनि चर्चा छ । दुबै नेताले २०५१ सालमा एक अर्का बिरुद्ध चुनाव लडेका थिए । प्रतिनिधिसभा पछि प्रदेश सभा तर्फ यो पटक इन्द्र बानी“या र राजाराम स्याङ्तानको क्षेत्र पनि चर्चामा रहेको छ । गृह राज्यमन्त्री भैसकेको बानी“या र स्याङ्तान दुबैजना निवर्तमान सांसद अहिले कडा प्रतिस्पर्धामा उत्रीएका छन् । 
   स्थानीय तहको परिणामलाई हेर्ने हो भने मकवानपुरको दुई प्रतिनिधिसभा तथा ४ प्रदेशसभा सबैमा वाम गठबन्धनकै जित शुनिश्चित छ । जसको         कारण यो पटक राप्रपा अध्यक्ष कमल थापा सहित सबै लोकतान्त्रिक गठवन्धनका उम्मेद्वारलाई खतरा देखिएको छ । स्थानीय तहको मतको आधारमा थापा र दाहाल लडेको निर्वाचन क्षेत्र नंबर १ मा थापा भन्दा दाहाल करिब ८ हजार मतले अघि छन् भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ मा पनि एमालेका खतिवडा कांग्रेसकी उपाध्यय भन्दा १८ हजार मतले अघि देखिएका छन् । 
निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र (क)
   मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर १ को प्रदेशसभा क्षेत्र    (क) एमाले माओवादी सम्मिलित वाम गठबन्धनका माओवादी मकवानपुर संयोजक प्रेमबहादुर पुलामी बिरुद्ध कांग्रेस राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनको तर्फबाट कांग्रेसका धर्मराज लामिछानेले उम्मेद्वारी दिएका         छन् । 
गत संविधानसभाको निर्वाचनमा एमाले भन्दा करिब १२ सय मतान्तरले कांग्रेसले बाजि मारेको उक्त क्षेत्रमा स्थानीय तह निर्वाचनमा भने नेपाली कांग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेन । पहिलो संविधानसभाका सभासद                   रहिसकेका पुलामी माओवादी मकवानपुरका प्रभावशाली नेता समेत हुन । स्थानीय तहको निर्वाचनको आधारमा विश्लेषण गर्दा उक्त क्षेत्रमा एमाले र माओवादीको वाम गठबन्धन अघि देखिन्छ । 
   समग्रमा यस क्षेत्रमा वाम गठबन्धनको २१ हजार ३ सय ४८ मत आउ“दा लोकतान्त्रिक गठबन्धनको १७ हजार ६ सय १ मत आएको थियो । जहा वाम गठबन्धन ३ हजार ७ सय ४७ मतले अघि देखिन्छ । 
क्षेत्र नंबर १ अन्र्तगत प्रदेश क्षेत्र (ख)
   आउ“दो मंसीर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि मनोनयन दर्ता भैसकेपछि अहिले मकवानपुरमा पनि राजनीतिक चहलपहल सुरु भैसकेको छ । दुईवटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मकवानपुरमा अहिले हेटौ“डा उपमहानगरपालिका रहेको प्रतिनिधिसभा क्षेत्र नंबर १ अन्र्तगत प्रदेश क्षेत्र (ख) को विशेष चर्चा भैरहेको छ । 
    यहा“बाट एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको तर्फबाट हेटौ“डाका पुर्व मेयर डोरमणी पौडेल मैदानमा छन् भने कांग्रेस र राप्रपा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस मकवानपुरका पुर्व उपसभापति अशोक शाक्य मैदानमा छन् । स्थानीय तहमा यि वडाहरुमा वडा अध्यक्षले पाएको मतको विश्लेषण गर्दा वाम गठबन्धनको एमालेले १२ हजार ७ सय ५९ मत प्राप्त गरेको थियो भने माओवादी केन्द्रले ५ हजार ८ सय ७३ मत प्राप्त गरेको थियो । उता लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले १० हजार ३ सय ३५ मत प्राप्त गर्दा राप्रपाले ४ हजार ७ सय २७ मत प्राप्त गरेको थियो । 
    अहिले गठबन्धन भएर निर्वाचन लडेका एमालेका पौडेलको पक्षमा १८ हजार ६ सय २२ मत देखिएको छ भने लोकतान्त्रिकका शाक्यको १५ हजार ६२ मत देखिएको छ । यसरी हेर्दा यो क्षेत्रमा पौडेल ३ हजार ५ सय ६० मतले शाक्य भन्दा अघि देखिएका छन् ।
निर्वाचन क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (क)


    चिसो मौसममा पनि चुनावी चहलपहलल मकवानपुरको उत्तरी क्षेत्र लगायतको स्थानीय वातावरणलाई तताएको छ । 
    निर्वाचन अन्र्तगत मकवानपुरको पर्यटकीय क्षेत्रको रुपमा रहेको         उत्तरी मकवानुरको चुनावी भिडन्त पनि कम छैन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा पनि निर्वाचनको वातावरण तातेको छ । उत्तरी मकवानपुरको अधिकांश क्षेत्र समेटिएको थाहा नगरपालिका, इन्द्रसरोबर गाउ“पालिका, भीमफेदी गाउ“पालिका तथा मकवानपुरगढी गाउ“पालिको ४ वटा वडाहरु पर्दछन भने हेटौंडा उपमहानगरपालिकाको वडा नंबर १ तथा ११ पनि सोहि क्षेत्रमा रहेको छ । 
   यहा अहिले वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी कुमारी मोक्तान तथा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका यतिराज सापकोटा चुनावी मैदानमा रहेका छन् । मकवानपुरमा रहेको चारवटा प्रदेशसभा निर्वाचनको क्षेत्रहरु मध्ये यो क्षेत्रमा वाम गठबन्धनको जित लगभग सुनिश्चित देखिएको छ । 
    गत स्थानीय तहको निर्वाचनलाई विश्लेषण गर्ने हो भने यहा वाम गठबन्धनको मत लोकतान्त्रीक गठबन्धनको भन्दा १२ हजार मत धेरै देखिन्छ । यहा वाम गठबन्धनको २८ हजार २ सय ८५ मत आएको थियो भने लोकतान्त्रिक गठबन्धनको १६ हजार ४ सय ४३ मत आएको थियो ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) 
यो पटक सबैभन्दा धेरै चर्चा भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) को रहेको   छ । मनोनयन दर्ताको अन्तिम समयसम्म मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर १ बाट प्रत्यक्ष उम्मेद्वार बन्ने हल्ला गरेका बानी“या आखिर उनको क्षेत्र छाडेर क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) मा उम्मेद्वार बन्न पुगे । लोकतान्त्रिक गठबन्धनको कारण 

कमल थापालाई आफ्नो क्षेत्र छोडेका बानीयाको प्रवेशपछि उक्त क्षेत्रको भिडन्त रोचक बनेको हो । 
मकवानपुरको मनहरी गाउ“पालिका, राक्सीराङ गाउ“पालिका, कैलाश गाउ“पालिका तथा हेटौ“डा उपहानगरपालिकाको ३ र १९ नंबर वडा रहेको उक्त क्षेत्रमा वाम गठबन्धनकै पल्ला भारी देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा आएको मत परिणामलाई विश्लेषण गर्ने हो भने वाम गठबन्धनका स्याङ्तानले सहज विजय प्राप्त गर्ने देखिन्छ । 
   गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन परिणामलाई हेर्दा    मनहरीबाट एमालेले र माओवादीको गठबन्धनले समग्रमा हेर्दा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंबर २ अन्र्तगतको प्रदेशसभा (ख) मा वाम गठबन्धनले १९ हजार ८ सय ८२ मत प्राप्त गर्दा लोकतान्त्रिक गठबन्धनले १३ हजार ६ सय १७ मत प्राप्त गरेको थियो भने मतान्तर ६ हजार २ सय ६५ रहेको छ ।        यसरी हेर्दा उक्त क्षेत्रमा वाम गठबन्धनबाट उम्मेद्वार बनेका एमालेका                राजाराम स्याङ्तानको जित सुनिश्चित देखिन्छ । 
 


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png