Sunday, 05 May, 2024
विचार / अन्तरवार्ता

जनकल्याण माविको विगत,आगत र भविष्य - सानोभाई कार्की

FB_IMG_1707051193968-1707052017.jpg

जनकल्याण मा.वि.मकवानपुर स्थापनाको दृष्टिले जिल्लाको उत्तरी क्षेत्रको पहिलो, जिल्लाको तेस्रो विद्यालय हो । यो गर्वको कुरा हो कि महेन्द्र मा.वि. भीमफेदी राणाकालीन दरबारमा चलेको विद्यालय हो भने जनकल्याण स्थापना गर्दै गर्दा सार्वजनिक चौर, देउताको चौर, तात्कालीन पालुङ र शिखरकोट गाउँ पञ्चायतको साझा चौरमा स्थापना गरिएको विद्यालय हो । स्थापना गर्दा शिखरकोट तर्फको भूमि हो भने पालुङ स्थित नेवार र देउला समुदायको परम्परागत देउता नचाउने स्थल हो । यो दुवैको स्वामित्व रहेको स्थललाई दुवै गाउँ पञ्चायतको साझा र सार्वजनिक महत्त्वको शैक्षिक क्षेत्रमा रूपान्तरण गर्दा अग्रजहरूले देखाएको विशाल हृदय र दूरदृष्टि मननीय छ । यद्यपि जनकल्याण हाइस्कुलको स्थापना २०२५ माघदेखि सञ्चालन भयो । कक्षा ६ देखि १० सम्म सञ्चालनमा रहेको र सुरुमा नै हाइस्कुल भएकोले आजभोलि पनि हाइस्कुलको नामले जनजिब्रोमा झुन्डिएको छ । अपितु अहिले आसपासमा २ ओटा सरकारी र ४ ओटा प्राइभेट हाइस्कुल अर्थात् १ देखि १० कक्षा सञ्चालनमा रहेका स्कुलहरू छन्, जनकल्याण हाइस्कुल र अरू मा. वि. का नामले भन्न रुचाइन्छ । जनकल्याण स्थापनाको २३ वर्षसम्म उच्च शिक्षाको बारेमा यस भेगमा खासै चिन्तन मनन भएको पाइन्न । यद्यपि २०४८ असोज १३ गते यसै विद्यालयको प्राङ्गणमा प्रस्तावित पालुङ बहुमुखी क्याम्पस स्थापनाको बहस चल्यो । समाजसेवी भरतकुमार हमाल ठकुरी पेसाले निर्माण व्यावसायी भए पनि शिक्षाप्रेमी पनि भएकाले सबैको आग्रहमा संयोजक बनेर दामन पालुङका १८ ओटै वडाहरूमा क्याम्पस स्थापना उपसमिति गठन गर्नु, आर्थिक स्रोतको व्यवस्थापन मिलाउनु, तात्कालिक संयुक्त आर्थिक विकास समितिले लिँदै आएको निकासी करमा ५३% ले वृद्धि गरी क्याम्पस सञ्चालनका लागि प्रबन्ध गर्नु यो समितिको उपलब्धिहरू थिए । स्थानीय निर्वाचन पछि यो समिति चलायमान हुन सकेन यद्यपि २०५३ भाद्र ६ गते मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाको विस्तारित कार्यक्रमको रूपमा क्याम्पसको प्रविणता प्रमाणपत्र तह सञ्चालनमा आयो । यसको प्रेरणाको स्रोत तात्कालिक प्रमुख जिल्ला अधिकारी स्व. मदनप्रसाद अर्याल हुन् । स्व. वासुदेव विष्टको आर्थिक व्यवस्थापनको ढाडस मननीय छ । उहाँले विद्यार्थीको स्रोतबाट रकम नपुगे संयुक्त आर्थिक समितिबाट व्यहोर्ने कुरा नै यो क्याम्पस स्थापनाको ढोका खुलेको मान्नु पर्दछ । व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्की रहेको यो समितिबाट सञ्चालित यो तहको प्रशासनिक सम्पूर्ण कार्य मकवानपुर बहुमुखी क्याम्पस हेटौँडाको नियन्त्रणमा हुन्थ्यो भने आर्थिक दायित्व पालुङ कै हुने गर्दथ्यो । यसरी यो प्रक्रियाबाट ७ वर्षसम्म चल्यो । यो अवधिमा प्रविणता प्रमाणपत्र तह ९एऋी० एजबकभ यगत को नीति र कक्षा ११÷१२ को तहमा विद्यालय लानुपर्ने बाध्यात्मक स्थितिका कारण जनकल्याण मा. वि. ले शैक्षिक सत्र २०६१÷०६२ बाट जनकल्याण उच्च मा. वि. मा स्तरोन्नति हुन पुग्यो । मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायमा सञ्चालित यो तहबाट उत्तीर्ण विद्यार्थीहरूको अवसर उपलब्ध गराउने बारे २०५८÷५९ बाट बहस सुरु भए पनि २०६०÷०६१ मा पालुङ बहुमुखी क्याम्पसको स्थापना हुन पुग्यो । यसबाट जनकल्याण मा. वि. कक्षा ११÷१२ र पालुङ बहुमुखी क्याम्पसको स्वायत्तताले आफ्नै हुन पुग्यो । यो दुवै संस्थाको सञ्चालन र व्यवस्थापनको अवसर जनकल्याण मा. वि. ले नै लिन पाउनु विद्यालयको उन्नतिका रूपमा लिन सकिन्छ । स्थानीय शक्ति पृथकीकरणका कारण उच्च मा. वि. र क्याम्पस फरकफरक स्थानमा चल्न पुग्यो । वर्तमानमा यही अवस्था छ । निर्णय के कस्तो रह्यो नतिजा आफँै जगजाहेर छ ।
कक्षा १ देखि १२ सम्म सञ्चालित यो विद्यालयले २०७३ मा पुगेपछि प्राविधिक धारतर्फ कृषि बालीविज्ञान ९–१२ सञ्चालनको आँट ग¥यो । २०७५ बाट ऋत्भ्ख्त् ९म्क्ष्एीइःब् क्ष्ल् घ थ्भ्ब्च्क् ब्न्०  नै सञ्चालन ग¥यो । यसो गर्नुको कारण कक्षा १० पछि अध्ययन गर्न पाउने अवसर उपलब्ध गराउनु, कक्षा ९–१२ को शिक्षण जनशक्तिबाट सो तह सञ्चालनमा भरपुर सहयोग मिल्नु, नेपाल कृषि प्रधान देश रहनु, कृषि पेसाको आधुनिकीकरणबाट आर्थिक उन्नतिको आधार तयार गर्न कृषि प्राविधिक उत्पादनले राज्यले लिएको नीति र देशको वास्तविकताको प्रतिनिधित्व गर्नु, रोजगारको सिर्जनामा भूमिका निर्वाह गर्नु र स्वरोजगारमा अवसर प्रदान गर्नु नै थियो । यस अभियानले पनि जनकल्याणको शैक्षिक अभियान रोकिएन । २०७६÷०७७ सम्म पुग्दा नमुना विद्यालयको सपना विद्यालयको नेतृत्वले देख्यो । तदानुरूप नमुना विद्यालय स्थापनाको लागि उपाय खोज्ने क्रममा सो को लागि आवश्यक आधारहरू तोकिएका सर्तहरूको तयार गरी पेस गर्दा यस विद्यालयले सो ही आ.व. को अन्तमा सो अवसर प्राप्त ग¥यो । २०७७÷०७८ बाट विज्ञान सङ्काय सञ्चालन गर्न सफल यो विद्यालय हाल ६ वटा सङ्काय सञ्चालन गर्न सफल विद्यालयको रूपमा अवस्थित छ । यसै क्रममा विगत ३ वर्षदेखि कानुन सङ्काय सञ्चालनको प्रयास गरेकोमा विद्यार्थीहरूको रुचि कम हुँदा चल्न सकेको छैन । यद्यपि कानुनको अपरिहार्यताको मनन गरी आगामी दिनमा कानुन सङ्काय चल्ने र चलाउनु पर्ने आवश्यकता रहने विश्वास लिइएको छ ।
   वि.सं. २०४८ देखि २०८० सम्म आइपुग्दा उच्च शिक्षामा बहस छलफल र कार्यान्वयनको चरणहरू पार गर्दै आएको यस विद्यालयलाई भोलिका दिनमा हरेक बालबालिकाहरूको उच्च अध्ययनको अवसरलाई  अवसरको रूपमा स्थल उपलब्ध गराउने, समयसापेक्ष शिक्षा अध्ययनको स्थलको रूपमा केन्द्र कायम गर्ने, प्राविधिक शिक्षाको विशेष तवरले बिस्तार र व्यवस्थापन गर्ने, साधारण, प्राविधिक तथा  व्यावसायिक र कानुनको शिक्षा अध्ययन अध्यापनबाट समाजको रूपान्तरणमा अहम् भूमिका निर्वाह गर्ने । थाहा नगरपालिकाको नमुना विद्यालय, आवासीय विद्यालय, ठुलो र समस्यारहित विद्यालय बनाउने लक्ष्यका साथ नारा तय गरेको छ । जुन ‘जनकल्याणको चहाना र लक्ष्य, बालबालिकाहरूको उज्ज्वल भविष्य’ रहेको छ  ।
  नारा र लक्ष्य आफैमा साध्य होइन । यो अन्तिम  पनि होइन । यो त केवल मार्ग हो । सावधानीपूर्वक लक्ष्य प्राप्तिमा यात्रा गर्दा थुप्रै मिहिनेत गर्नु जरुरी हुन्छ । लगनशील हुन जरुरी छ । सरोकारीहरूको बिचमा सकारात्मक सोच र विश्वासको वातावरण निर्माण हुन जरुरी छ । सारमा लक्ष्यमा पुग्ने स्पष्ट र  दूरदृष्टि भएको नेतृत्व, नेतृत्व र व्यवस्थापन समितिको साझा योजना, लगनशील शिक्षक र कर्मचारीहरू, बालबालिकाहरूको उज्ज्वल भविष्य चाहने अभिभावकहरू, स्थानीय सरकारको स्पष्ट, सकारात्मक र उपलब्धिमा पूर्ण सहयोग हुनु अपरिहार्य सर्त हो  ।
 वर्तमानमा जनकल्याण माध्यमिक विद्यालय 
 भौतिक पक्षतर्फ 
१. पूर्व बालविकासदेखि कक्षा १२ सम्म सञ्चालित ।
२. विद्यालय साधारण र प्राविधिक धारमा सञ्चालित ।
३. विद्यालयको पक्की वालको व्यवस्था भएको ।
४. कक्षाकोठाको पर्याप्तताको लागि अथक प्रयास भै २८ कोठे भवन हस्तान्तरणको चरणमा रहेको ।
५. नमुना विद्यालय पूर्वाधार विकास अन्तर्गत प्रशासनिक भवन निर्माणाधीन रहेको ।
६. कृषि प्रयोगशाला, विज्ञान प्रयोगशालाको बेग्लाबेग्लै व्यवस्था भएको ।
७. चमेनागृहको व्यवस्था, दिवाखाजा कक्ष रहेको ।
८. क्ष्ऋत् ीब्द्य को व्यवस्था भएको ।
९. खेलकुद शिक्षक, बस व्यवस्था, खानेपानीको नियमितता, शौचालयको व्यवस्था रहेको ।
१०. कृषि व्यवहारिक सिप र ज्ञान आर्जनको लागि टनेल, गड्यौला मल उत्पादन, च्याउ खेती, माछापालन 
     तरकारी खेती, फूलखेती, फलफूलका बिरुवा रोपण आदि कार्य भएको ।
११. विद्यालय कम्पाउण्डमा स्वर्णस्तूप स्थापना भएको ।
शैक्षिक सुधारमा गरिएका प्रयासहरू र परिणाम 
१. विद्यार्थीहरूको बिहानी समयमा प्रवेश ९.५० बजेको व्यवस्था । प्रवेशमा गरिने प्रार्थना समयमा पिटि, हरेकदिन विद्यार्थीहरूबाटै कमाण्डिङको व्यवस्था, कक्षागत पालोमा परेका विद्यार्थीहरूबाट नयाँनौलो जानकारी दिने व्यवस्था पङ्क्तिबद्ध कक्षाकोठा प्रवेशको व्यवस्था आदिबाट विद्यार्थीहरूको नेतृत्व क्षमता विकास भएको, प्रार्थना सभामा जन्मदिन मनाउने चलन र सो को लागि कम्तिमा एकडल्ला साबुन विद्यार्थीले विद्यालयलाई दिने प्रचलनले विगत ५ वर्षदेखि साबुन किन्न परेको छैन ।
२. हरेक कक्षा र सेक्सनमा २ छात्रा र २ छात्र क्याप्टेनको व्यवस्था र क्याप्टेनहरूको भेलाबाट स्कुल क्याप्टेन छात्रा १ र छात्र १ को व्यवस्था गरिएको छ । जसबाट खाली घण्टीमा कक्षा व्यवस्थापन र क्याप्टेन बैठकमा कक्षागत र विषयगत रिपोर्टिङको व्यवस्था हुने गरेको छ । यो प्रक्रियाले कक्षा समय व्यवस्थापन, शिक्षण सिकाइ सुधारमा सहयोग, बालबालिकाहरूको नेतृत्व क्षमता वृद्धि ,सहभागिता र बालमैत्री अभ्यासको उपलब्धि महसुस गरिएको छ ।
३. सम्पूर्ण विद्यार्थीहरूलाई ६ सदनमा विभाजन गरी अन्तर सदन अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ । जसबाट हालसम्म नगरस्तरीय खेल प्रतिस्पर्धामा लगातार ६ पटक राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतायोगिताको विजयी विद्यालय बन्न सफल भएको छ भने जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमा समेत स्थान ग्रहण गर्न सफल भएको छ । कबड्डीमा राष्ट्रिय स्तरमा द्वितीय, वक्तृतामा राष्ट्रिय तहमा द्वितीय, निबन्ध लेखनमा सहभागीले शारीरिक र बौद्धिक दुवै क्षेत्रमा पहिचान दिन सफल भएको छ ।
४. विद्यार्थी सहभागितालाई उत्कृष्टतामा मापन गरी उनीहरू र भावी छात्रछात्राहरूको अभिरुचि बढाउन उत्कृष्ट सहभागीहरूलाई आर्थिक र सामाजिक सम्मानले विभूषित गर्ने गरिएको छ । जसको विधिमा इभेन्टवाइज रूपमा प्रथम ,द्वितीय र तृतीय हुने खेलाडीहरूलाई क्रमशः ३;२;१ महिनाको शुल्क छुटको व्यवस्था र सामूहिक वनभोज सहितको सम्मान कार्यक्रम राख्ने गरिएको छ । यसबाट विद्यार्थीहरूमा अपनत्वको भावना विकास भएको महसुस गरिएको छ ।
५. शैक्षिक सुधारको लागि पनि हरेक त्रैमासिक परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्राहरूलाई ३,२,१ महिनाको मासिक शुल्क पुरष्कार स्वरूप छुट गर्ने व्यवस्था मिलाइएको छ ।
६. गेटपासको व्यवस्था, कक्षाकोठामा नै पिउने पानीको व्यवस्था, सरसफाईको व्यवस्था, नियमित उपस्थिति र तोकिएको पोसाकमा आउनेहरूलाई पुरस्कारको व्यवस्था आदि नियमित गरिँदा विद्यार्थीहरूको आनीबानीमा सुधार भएको महसुस गरिएको छ ।
७. शिक्षक शिक्षण सिकाइमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन ः– 
   यस अन्तर्गत विद्यालयले गरेका गतिविधीहरू
(क) शिक्षक कर्मचारी क्ष्ऋत् तालिम सञ्चालन गरिएको ।
(ख) वार्षिक रूपमा शैक्षिक सुधारमा शिक्षकहरूको भूमिका लगायतका बिषयहरूमा गोष्ठी सञ्चालन गर्ने गरिएको ।
(ग) नियमित शिक्षक समूह बैठक सञ्चालन गरी कार्य र जिम्मेवारी विभाजन गर्ने गरिएको ।
(घ) विद्यार्थीहरूको वैयक्तिक स्वभाव, रुचि, क्षमता पहिचान गरी सुधारको उद्देश्यले  प्रत्येकको फरकफरक प्रोफाइल निर्माण गरिएको । उक्त प्रोफाइलमा विद्यार्थीहरूको नतीजा, उत्तर पुस्तिका, स्वास्थ्य विवरण लगायत थप विवरण रहने व्यवस्था मिलाइएको छ ।
(ङ ) सक्रिय शिक्षक, लगनशील विद्यार्थी, चुस्त, उत्तरदायी, पारदर्शी प्रशासनको लागि प्रयत्नशील रहेको ।
(च) आयव्यय चुस्त, दुरुस्तताको लागि सफ्टवेयरको व्यवस्था गरिएको सफ्टवेयरको माध्यमबाट थप विद्यार्थी विवरण, परीक्षाको प्रमाणपत्र निर्माण र वितरण, अभिभावक सम्पर्क सञ्जाल निर्माण आदिलाई व्यवस्थित पार्ने प्रयास गरिएको छ ।
(छ) वर्तमानसम्म आइपुग्दा जनकल्याण नमुना पूर्वाधार विकासमा चुनिएको छ । जसले थप अवसर र चुनौतीहरू ल्याएको छ । यद्यपि यो सकारात्मक मोडमा लागिरहेको अनुभूति सबै पक्षबाट गरिएको, आगामी दिनमा विद्यालय सबैको आशा र भरोसाको केन्द्र बन्ने अभियानमा जुटेको अनुभूती गरिएको छ ।
यद्यपि विद्यालयले गर्नुपर्ने बाँकी कामहरू 
विद्यालय ज्ञान आर्जनको स्थल हो । कमाइको लागि उचित वातावरण निर्माण गर्नु मुख्य सर्त हो । आधार हो । यसको लागि सरोकारीहरूको चिन्तन, लगनशीलता, विश्वास र दूरदृष्टिले भूमिका निर्वाह गर्दछ । यद्यपि विद्यालयको आगामी योजनाहरू ः–
(क) सिकाइ उपलब्धिमा उल्लेखनीय वृद्धि पहिलो सर्त हो । यसका लागि पेन्सिल पेपररहित विद्यालय निर्माण लक्ष्य हो भने कार्यविधिमा हरेक कक्षाकोठामा क्ष्ऋत् को लागि क्ःब्च्त् बोर्डको स्थापना, धषष् को प्रबन्ध, विद्युतको भरपर्दो व्यवस्था र दक्ष शिक्षक अपरिहार्य आधार हो ।
(ख) बालबालिकाहरूको बहुप्रतिभा पहिचानमा वर्तमान प्राप्तिको रक्षा गर्दै थप उपलब्धिको लागि अतिरिक्त प्रयासको निरन्तरता ।
(ग) विद्यालयलाई प्राविधिक विद्यालयको पूर्णता दिन व्यवहारिक योजना निर्माण, जसमा –
    (अ) पाठ्यक्रम अनुसार निर्धारित पढाइलाई निरन्तरता, व्यवहारिक र प्रयोगात्मक सिप विकास गरेर ।
   (आ) साधारण धारमा अध्ययनरत विद्यार्थीहरूलाई अल्पकालीन तालिम प्रदान गरेर ।
   (इ) सिप र ज्ञान प्राप्त बालबालिकाहरूलाई उत्पादनमा जोडेर ।
(घ) कक्षा सञ्चालन समयलाई दिवा समयमा  व्यवस्थित गरेर ।
(ङ) विद्यालयको कम्पाउण्ड सुरक्षित पारेर ।
(च) विद्यालय खेलमैदानमा बाल उद्यान निर्माण, धुलोरहित खेल मैदान र विश्राम सेक्टरको प्रबन्ध, स्वर्ण स्तुपको आकर्षक व्यवस्था, विद्यालयको हाताभित्र थाहानगर झल्कने पहिचान स्थल निर्माण, सेल्फी जोनको निर्माण, पार्किङ स्थलको व्यवस्था आदि ।
(छ) शिक्षण सिकाइ उपलब्धि वृद्धिको लागि शिक्षक तालिममा वृद्धि ।
(ज)अभिभावक सचेतना कार्यक्रम, अन्तरक्रिया छलफल, निष्कर्ष र कार्यान्वयनमा परिणामको लागि प्रतिबद्धता  ।
(झ) पूर्व विद्यार्थीहरूको अनुभव, ज्ञान र सिपलाई विद्यालयको उन्नयनको लागि उपयोग गर्नु अत्यन्तै जरुरी 
   अनुभूति भएको छ ।
(ञ) विद्यालयको लागि छात्रावास निर्माण, विद्यालय बस सेवामा थप पहलकदमी ।
(ट) विद्यार्थीहरूको बिचैमा कक्षा छाड्ने प्रवृत्तिको शून्यान्तरमा झार्नु ।
  उपर्युक्त अनुसारका उपलब्धिलाई हेर्दा सुधारको  सङ्केत हुन भने बाँकी कामको पूर्णताको लागि सरोकारीहरूको एकमना सोच हुनु, विश्वासमा वृद्धि जरुरी छ । विद्यालयले थुप्रै सचेत नागरिकहरू उत्पादन गरेको छ । ती उत्पादित जनशक्तिलाई उचित स्थान दिनु, साथ र सहयोगबाट हामीले खोजेको विद्यालय बनाउनु जरुरी छ । नागरिक चाहे भित्र होस् वा बाहिर, भूमिकामा रहोस् वा नरहोस् ! केवल उसमा राम्रो विद्यालयको अभिलाषा रहोस् । यति भए जनकल्याण रोजाइको विद्यालय, खोजीको विद्यालय बन्ने कुरामा सहमत हुन सकिन्छ ।
बौद्धिक समुदायसँग विद्यालयको अपेक्षा !!
५६ वर्ष अघिदेखि निरन्तर प्रवेशिका परीक्षा उत्तीर्ण गरी पठाएको, २०५३ बाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी पठाएको र २०६२÷६३ बाट कक्षा १२ उत्तीर्ण गरी उच्च शिक्षा आर्जन गर्ने अवसर प्रदान गर्दै आएको यो विद्यालयप्रति एकपटक हामी गम्भीर हुनु जरुरी छ कि, हामी विद्यालय तर्फ एकपटक फर्केर हे¥यौँ कि हेरेनाँै ? यस संस्थाको उन्नति, प्रगतिबारे हाम्रो छलफल भयो वा भएन ? यद्यपि बिगत बिगत नै हो । बिगतबाट सिक्ने, वर्तमानमा सकेको गर्ने  र भविष्यको लागि योजना निर्माण नै अचुक उपाय हो । यसका निम्ति यो जमघटले यो निष्कर्ष निकालोस् कि भोलिको जनकल्याण मा.वि. कस्तो बनोस् ? पुर्खाको पौरखले स्थापित विद्यालय, वर्तमानमा सबैको लागि अवसरको केन्द्र र भविष्यको गौरवको प्रतीक बनोस् । जसको नाम सुन्दा हामीलाई आनन्द पैदा होस् । विद्यालय ठुलो बनोस् । समस्यारहित बनोस् । खोजेको विषय समयानुकूल अध्ययन अध्यापनको केन्द्र भएको विद्यालय बनोस् । उत्पादित विद्यार्थीहरूले मुलुकको राजनैतिक क्षेत्र, प्रशासनिक क्षेत्र, व्यापारिक क्षेत्र नीति निर्माणको क्षेत्र लगायत बहुआयामिक नेतृत्व गर्न सक्ने क्षमतायुक्त जनशक्ति उत्पादन भएको विद्यालय बनोस् ।
  न कि स्व. रुपचन्द्र विष्टले भनेझँै एक पेट र एक परिवारको धन्दामा रुमल्लिएर जीवन बिताउने नागरिक मात्र नबनून् । यसका लागि,
(क) पूर्व विद्यार्थीहरूको सक्रिय सञ्जालको निर्माण गरौँ ।
(ख) सञ्जालले नियमित छलफल गरौँ ।
(ग) आ–आफ्ना जीवनका भोगाइ ,अनुभवहरूका आधारमा सुझावहरू पेस गर्ने पद्धतिको निर्माण गरौँ ।
(घ) सम्भावित योजनाहरूको निर्माण, कार्यान्वयन र कार्यान्वयनको अनुगमन, परिणामको समीक्षालाई वार्षिक भेलाबाट अनुमोदन गर्ने प्रक्रियालाई उठान गरौँ ।
(ङ) मैले के पाएँ भन्दा मैले के दिन सक्छु को भावनामा प्रतिबद्धता जाहेर गरौँ ।
(च) आर्थिक, भौतिकभन्दा पनि बौद्धिक तथा विचारको योगदान बढी शक्तिशाली हुने कुरामा विश्वास गराँै ।
(छ) स्थानीय सरकारको शिक्षाप्रतिको दायित्वलाई व्यवहारमा उतार्न उत्तरदायी सरकार, जिम्मेवार शिक्षक, चिन्तनशील व्यवस्थापन समिति, आशावादी र कर्मशील अभिभावक बनाउने अभियानमा बौद्धिक वर्ग प्रतिबद्ध बनाँै ।
  सकारात्मक सोच, दृढ विश्वास, फलदायी योजना निर्माणले खोजेको परिणाम प्राप्त हुने र बाँकी रहेकोलाई पूरा गर्दै जाने, सिक्दै जाने, लक्ष्यसम्म पुग्ने प्रण गर्न सकियो भने यो भेला फलदायी हुने आशा र विश्वास लिन सकिन्छ ।
                         धन्यवाद !


 


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...