pani-1786865868.jpg
Friday, 11 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

कैलाशका अक्कलबहादुरको पीडा : ‘म कान सुन्दिन, अरु कुरा सुन्दैनन्’

akkal-bahadur-biswakarma-1602496064.jpg

=कुमार नेगी

मकवानपुरको कैलाश गाउँपालिका–१ किउरिनीमा बस्ने ५० वर्षीय अक्कलबहादुर विश्वकर्माले देब्रे कान नसुनेको अहिले १५ वर्ष २ महिना भयो । जब २०६२ साल साउनको दोस्रो साता एक दिन उहाँ ४ घण्टा बेहोस् हुनुभयो, त्यही बेला उहाँको देब्रे कानको जाली फुटिसकेको थियो । विश्वकर्माको त्यही नसुनिने कान बाँकी जिन्दगीका लागि द्वन्द्वले दिएको ‘उपहार’ बनिरहेको छ । 

विश्वकर्मा त्यतिबेला दामन–डाँडाबास हुँदै मनहरीसम्म पु¥याउने लक्ष्य राखेर शुरु गरिएको सडकमा  कामदारको रुपमा रहनुभएको थियो । विश्व खाद्य कार्यक्रमले गैरसकारी संस्थाको सहकार्यमा ‘कामका लागि खाद्यान्न’ कार्यक्रम संचालन गरेपछि गाउँका अन्य लाठेहरुसँगै उहाँ पनि सडक निर्माणको काम गर्न आउनु भएको थियो । घरबाट झण्डै ४ घण्टा हिँडेपछि सडक निर्माण स्थलमा आइपुगिन्थ्यो । सडकमा काम गरेवापत कामको आधारमा उनीहरुले चामल, दाल र तेल प्राप्त गर्थे । केही रुपियाँ पनि दिइन्थ्यो । गाउँका विपन्न वर्गका मानिसहरुलाई सडक निर्माणमा लगाउँदा सडक पनि निर्माण हुने र विपन्नहरुको चुल्हो पनि बल्ने भएकोले यो कार्यक्रम तत्कालीन सशस्त्र द्वन्द्वका बीच पनि चलिरहेको थियो । 

२०६२ सालको जेठ–असारमा मकवानपुरको आग्रा क्षेत्रमा द्वन्द्व चर्किँदै गएको थियो । शुरुमा गाउँमा आश्रय लिएर गतिविधिहरु संचालन गरिरहेका तत्कालीन नेकपा माओवादीविरुद्ध तिनै गाउँलेहरु प्रतिकार समूह बनाएर मुठभेडमा उत्रिएपछि  स्थिति असामान्य बन्दै गएको थियो ।

२०६२ सालको जेठ–असारमा मकवानपुरको आग्रा क्षेत्रमा द्वन्द्व चर्किँदै गएको थियो । शुरुमा गाउँमा आश्रय लिएर गतिविधिहरु संचालन गरिरहेका तत्कालीन नेकपा माओवादीविरुद्ध तिनै गाउँलेहरु प्रतिकार समूह बनाएर मुठभेडमा उत्रिएपछि  स्थिति असामान्य बन्दै गएको थियो । सोही क्रममा असारको दोस्रो साता गाउँलेहरुले ६ जना माओवादी नेता–कार्यकर्ताहरुको विभत्स हत्या गरेका थिए । त्यसको एक महिनापछि माओवादीले प्रतिकार समूहको नेतृत्व गरेको भन्दै साविक गोगने गाविस–७ दुम्सीखर्कका प्रेम घलेको हत्या ग¥यो । 

२०६२ साउनको दोस्रो साता माओवादीद्वारा घलेको हत्या भएपछि ठूलो संख्यासहित नेपाली सेना ‘माओवादी सर्च’ मा आग्रा–गोगने क्षेत्र पुगेको थियो । सेनाले सो क्षेत्रमा यत्रतत्र भेटिएका धरापहरु हटाउने र बमहरु डिस्पोज गर्ने काम पनि गरिरहेको थियो । 

२०६२ साउन १२ गते विहान ९ बजे, झमझम पानी परिरहेको थियो । सडक खन्ने काम गर्दा पाएको चामलको बोरा बोकेर अक्कलबहादुर विश्वकर्मा घरतिर जाँदै हुनुहुन्थ्यो । आग्राको डाँडाबासबाट भारी बोकेर हिड्नु भएका उहाँ गोगनेको चित्रेबासभन्दा केही पर ठूलोखोला भन्ने ठाउँमा पुग्नुभएको थियो  । अझै अढाई घण्टा भारी बोकेर हिँडुनु नै थियो । पानीबाट आफू जोगिन र चामल जोगाउन उहाँले प्लास्टिक ओढ्नु भएको थियो । झमझम पानीमा आफ्नै सुरमा भारी बोकेर हिँडिरहनु भएका उहाँलाई  सेनाका मान्छे आएर एक्कासी रोके । खास कुरा के हो उहाँले बुझ्नुभएन । उहाँ भन्नुहुन्छ, ‘कसैले हात नहाल भनेकोसम्म सुनेको थिएँ, तर ‘उपियाँले टोक्यो, जुम्राको काल’ भनेजस्तो भयो ।’ सेनाको मान्छेले कानमा जोडले  लबेटा लगाएको र लात्तीले हानेको सम्म थाहा भएको उहाँले सुनाउनु भयो । भन्नुहुन्छ, ‘कान र नाकबाट रगत बग्न थालेकोसम्म थाहा छ, त्यसपछि म भुईंमा ढलेछु, बेहोस भएछु ।’

त्यसदिन घरमा अन्नको खट्टै भए पछि उहाँ आग्राको डाँडाबासमा राखिएको कामवापत आफ्नो भागमा आएको चामल लिन आउनु भएको थियो । जसोतसो विहानलाई छाक पुग्ने भए पनि बेलुकाबाट त्यही बोरा पैट्याउनुको अर्को विकल्प थिएन । विश्वकर्मा भन्नुहुन्छ, ‘त्यो दिन बेलुका साउनको झरीले भिजेको त्यही चामलको भात खायौं, भोलिपल्ट त ‘अमिलो’ भएछ अनि कुखुरालाई दियौं ।’ 

२०५० सालमा भीषण वर्षासँगै आएको बाढी र पहिरोले खनीखस्री गर्ने बारी लगेपछि अक्कलबहादुरको गरीबी झनै बढेको थियो । बाँकी रहेको बारीमा वर्षभरिको खेतीले ६ महिना खान नपुग्ने भएपछि उहाँसँग परिवार पाल्नका लागि ज्यालामजदुरी गर्न जानुको विकल्प थिएन । ४ जना छोराछोरीसहित ८ जनाको परिवारका लागि कमाउने एक्ला व्यक्ति उहाँ नै हुनुहुन्थ्यो । त्यसैले काम पाए दैनिक घण्टौं हिडेर पनि जानु उहाँको रहर थिएन, बाध्यता थियो । विश्व खाद्य कार्यक्रमले  गरिवी निवारणका लागि कामको लागि खाद्यान्न कार्यक्रम संचालन गरेपछि उहाँमा पैसा नभए पनि बाँच्न सकिने आसा जागेको थियो । 

त्यसदिन घरमा अन्नको खट्टै भए पछि उहाँ आग्राको डाँडाबासमा राखिएको कामवापत आफ्नो भागमा आएको चामल लिन आउनु भएको थियो । जसोतसो विहानलाई छाक पुग्ने भए पनि बेलुकाबाट त्यही बोरा पैट्याउनुको अर्को विकल्प थिएन । विश्वकर्मा भन्नुहुन्छ, ‘त्यो दिन बेलुका साउनको झरीले भिजेको त्यही चामलको भात खायौं, भोलिपल्ट त ‘अमिलो’ भएछ अनि कुखुरालाई दियौं ।’ 

एउटा कान नसुन्ने, टोलाउने, एक्लै बस्ने, बेला बेला तर्सिने जस्ता व्यवहार गर्न थालेपछि विश्वकर्मालाई गाउँका धेरैले सातो गएछ भने । धामीझाँक्रीलाई देखाइयो । कानको समस्याबारे डाँडाखर्कको स्वास्थ्य चौकीबाट औषधि लगेर पनि खानुभयो । तर समस्या बीसको उन्नाइस भएन । गाउँमा उपचार नभएपछि एक पटक हेटौंडासम्म पुगेर देखाएको उहाँले बताउनु भयो । ‘कानको इन्जिन बिग्रेको छ भन्छन्, पैसा भए काठमाण्डौं गएर ठूला डाक्टरलाई देखाउँथे’ उहाँ  भन्नुहुन्छ । एउटा कानले पटक्कै नसुनिने र अर्को कानले पनि कम सुन्न थालेको उहाँको भनाइ छ । 

त्यो घटनाको अर्को महिना सरकारले युद्ध विरामको घोषणा गरेको थियो । मुलुकमा २०६२÷०६३ को जनआन्दोलन सफल भई आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थासम्म आइपुग्दा पनि अक्कलबहादुर विश्वकर्माको नाम द्वन्द्वपीडितको सूचीमा कतै परेको छैन । संघीय नेपालमा नयाँ सोचसहितका जनप्रतिनिधि आएपछि कानको उपचार होला भन्ने उहाँलाई लागेको थियो । तर नेता र जनप्रतिनिधिलाई आफ्नो समस्या सुनाउनु उहाँलाई ‘कर्कलाको पातलाई बन्चरो’ भनेजस्तो भएको छ । उहाँ भन्नुहुन्छ, ‘म कान सुन्दिन, अरु मेरो कुरा सुन्दैनन् ।

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...