pani-1786865868.jpg
Friday, 09 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

पर्यटन

किन बन्द छ ? ईतिहासको शितल टावर दामनको “भ्यू टावर”

cover-1628328600.jpg

अहिले पर्यटन प्रवर्दनका लागि देशै भर धेरै संरचना बन्दै छन् । तर दामनमा रहेको नेपालको सबै भन्दा पुरानो भ्यू टावर भने बन्द छ । यो टावर बन्द हुँदा किन बन्द भयो भनेर सबत्र  चासो र चिन्ता भईरहेपनि  डेढ वर्ष देखि टावर पुर्ण रुपमा बन्द भईरहँदा यो संचालनका लागि सरोकारवालाको चासो , चिन्ता र सक्रियता भने कम छ । 
नेपाल सरकार पर्यटन मन्त्रालयको अभिलेख अनुसार दामनको भ्यु टावर नेपालकै पहिलो भ्यु टावर हो ।  बि.सं. २०२१ तिर राजा महेन्द्रले आफ्नी जेठी श्रीमती ईन्द्र राज्यलक्ष्मीको सम्झनामा यो भ्यु टावर बनाएका थिए । 
भारतका मुगल सम्राट अकबरले आफ्नी स्व01र्गीय कान्छी पत्नी मुमताजको  सम्झनामा अबिस्वास्निय ताज महल बनाएको संयोग नेपालको यो भ्यु टावर सँग पनि जोडिन्छ ।  प्रेम सम्झनाको  एक बेजोड नमुना  यसको  निर्माणकालिन नाम चाहिँ शितल भ्यु टावर थियो । 


भ्यू टावरको नालिवेली :–
 राजा महेन्द्रको शासन काल देखि नै भ्यु टावर सरकारी निति –नियम  अनुसार  संचालन हुँदै आईरहेको छ । सुरुमा सिधै पर्यटन मन्त्रालय मार्फत संचालन  गरिन्थ्यो  भने पछि जिल्ला बिकास समिती मकवानपुरको  संरक्षणमा  ब्यबस्थापन गराउदै आएकोमा बि.सं.२०७३ सालदेखि देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पश्चात् स्थानीय सरकार मातहतमा आई थाहा नगरपालिकाको  मातहतमा संचालन हुँदै आएको छ र भ्यु टावरलाई सरकारले तोकेको समय अवधिसम्म ठेक्कामा दिने चलन यथावतै छ । बिगतमा ठेक्काको अवधी घटबढ हुने गर्दथ्यो तर स्टेप नेपाल नामक संस्थाको मातहतमा मिति २०६२ मा संचालन गरे यता करार अवधी जम्मा ५ वर्षको मात्र  तोक्ने गएिको छ । 

भ्यु टावरको निर्माण भए संगै धेरै ब्यक्ती,समूह तथा संस्थाहरुले सरकारले तोकेको समयावधि र भाडा दरमा भ्यु टावर संचालन हुँदै आईरहेको छ । थाहा नगरपालिका वडा नं ४ का अध्यक्ष दिपक सिङ लामाले दिनुभएको  जानकारी  अनुसार बि.सं २०४६ सालसम्म थाहा सोचका जननी तथा दार्शनिक स्वर्गीय रुपचन्द्र बिस्टले भ्यु टावर संचालन गरेका थिए ।

उनको पालामा हालको भ्यु टावर,एउटा पाले घर र एउटा पक्की कटेज मात्र थियो र एभरेष्ट भ्यु टावर नामकरण गरेका थिए । उनको पालामा भित्तामा कुदिएको सो नाम अझैपनि देख्न सकिन्छ । भ्यु टावरको सिमाना खुल्ला थियो,तारबार लगाएको थिएन हालको भ्यु टावरमा २ वटा राम्रा दुरबिनहरु थिए, भ्यु टावरमा रहेको रेस्टुरेन्टमा लज चलाएका थिए । उनको लज चलाउने तौरतरिका अचम्मको थियो । लजमा प्रयोग गर्ने डस्ना र सिरानिमा सल्लाको  सुकेको पत्कर भरेर ओछ्यान तयार पारिन्थ्यो,त्यस्तो नौलो शैली बिदेशीलाई साह्रै मन पर्दथ्यो ।  मैले पनि अनुभव गर्ने मौका पाएको थिए,सुरुमा बिझाउँदो रहेछ तर चिसो ठाँउको लागि अति उपयोगी न्यायो हुँदो रैछ । अनि त्यो बेला बिदेशी पर्यटकहरु सो को आनन्द लिन औधी आउने गर्दथे ।


 
  बि.सं.२०४७ सालदेखि २०६१ सम्म १५ वर्ष काठमाडौका होटेल ब्यबसायी  रामानन्द सिङ र हेटौंडाका अशोक कन्ट्रक्सन प्रा.लि.ले संयुक्त रुपमा भ्यु टावर  चलाएका थिए,त्यति खेर पुरै संरचना नै परिवर्तन गरि खरको छानो हालेर टेण्टमा सुत्ने ब्यबस्था गरिएको थियो । त्यही समयमा माओवादी सशस्त्र द्वन्द पनि चलिरहेको थियो र जापान सरकारको सहयोगमा पाएको एउटा राम्रो दुर्बिन चाहिँ माओवादी समुहले  लगेका पनि भनिन्छ  । पछी  २०६२ देखि २०६६ सम्म राम बहादुर बस्नेतले चलाउने ठेक्का पाएका थिए र भ्यु टावरको प्रचारप्रसार एबं बिकासमा राम्रै उपलब्धि गरेका थिए तर पछि भ्यु टावर करिब २ वर्षको लागि बन्द भएको थियो । त्यस पश्चात् नयाँ ठेक्का युगेस्वर बिस्टले २०६८ देखि २०७२ सम्मको लागि पाए तर दुर्भाग्य २०७२ साल बैशाख १२ गतेको महाभुकम्पको कारण भ्यु टावर लगाएत अन्य भवनहरुमा क्षति पुगेकोले १ वर्ष पुरै बन्द भयो र ठेक्का अवधि पनि सकियो र  पुनः नयाँ ठेक्का आह्वान गरियो ।
  
किन बन्द भयो भ्यू टावर ?

बि.सं.२०७३ देखि २०७७ सम्मको निम्ति थाहा नगरबासी भरत गोपाली र प्रकाश होटेल इन्टरनेसनल प्रा.लि.ले संयुक्त रुपमा ५ वर्षको लागि पाएको  ठेक्का जसो तसो ३ वर्षसम्म मात्र चलाए । कोरोना महामारीको कारण २०७६ चैत्र पहिलो हप्ता देखि भदौ सम्म भ्यु टावर  पुर्ण बन्द रह्यो । असोजमा लकडाउन खुलेपछि १ हप्ता जति मात्र भ्यु टावर खुल्यो तर कोरोना संक्रमण त्रासको कारण चहलपहल ठप्प भएकोले पर्यटन गतिविधि कत्तिपनी चलेन र ठेकेदार पक्ष र नगरपालिकाले गरेको दुई पक्षीय सम्झौता  रद्द गरे पश्चात आजको दिनसम्म भ्यु टावर बन्द नै रहेको छ । ठेकेदार पक्षको बैंक ग्यारेन्टी बिना नै ठेक्का दिने भुलको कारण पनि यहाँ नगरपालिकालाई बिस्वासघात भएको छ ।  टावर बन्द भए संगै स्थानीय पर्यटन गतिविधिमा व्यापक ह्रास छाएको छ ,स्थानीयहरुको ब्यापार–ब्यबसायमा समेत मन्दी आएको छ  र ठाउँकै बिस्वस्नियता  खस्किएको छ किनकी दामनको भ्यु टावर थाहा नगरकै गौरव एबं प्रमुख पर्यटकिय आकर्षण केन्द्र हो ।


 टावरको अहिलेको अवस्था :–
हाल भ्यु टावरको अवस्था एकदमै दयनीय  छ। २०७२ सालको भुकम्पको कारण बाहिरी रुपमा आंशिक  क्षति  पुगेको जस्तो देखिने भ्यु टावरलाई पुनः मर्मत गरिएको छैन,धेरै पर्यटकहरु एकैसाथ भ्यु टावर चढ्दा हल्किएको महसुस हुन्छ र किचन,कटेजहरु र भएका अन्य सबै भौतिक संरचनाहरु पनि थोत्रा भएका छन् ,दरार परेका छन् ,ढुसीले कुहिएका छन्,माकुराको जालिले जेलिएका छन् । अहिले भ्यु टावर कुनै डरलाग्दो खंडहर जस्तो देखिएको  छ ।

यस्ता छन समस्या :–
हाम्रो देश नेपालको प्रमुख गौरवको योजनाहरु यसरिनै नासिने क्रम जारी छ र नेपाल सरकार ,स्थानीय सरकार यसतो दुष्कर्ममा स्पस्ट दोषी छ। वर्तमान समयसम्म भ्यु टावर भाडामा संचालन गर्ने कुनैपनी  ब्यक्ति,समूह या संस्थाले घाटा मात्र ब्यहोर्नु परेको छ । यसको प्रमुख कारण भनेकोनै सरकारले अत्यधिक मात्रामा कर लाद्नु  र भ्यु टावरको भौतिक बिकासमा कत्तिपनी चासो नदिनु नै हो किनकी यो सरकारी सम्पत्ती हो र यथार्थता सबैलाई थाहा छ, नेपालमा सरकारी कुरो कुनैपनी गतिला छैनन् भन्दा अनुचित नहोला । अनि अर्को सत्यता भ्यु टावरले ओगटेको जमिनको  आफ्नै लालपुर्जा नभएकै कारण  सिद्धकाली सामुदायिक वन उपभोक्ता समितिद्वारा रुख–बिरुवाको हाँगा काँटछाट, यसको क्षेत्र बिस्तार र बिकासमा संबंधित वन समिती पनि बाधक बनेको छ,किनकी उक्त सामुदायिक वन समितिको क्षेत्र अधिकार  भित्र भ्यु टावर पर्दछ ।


अब त केहि गरौं :–
यदि भ्यु टावरलाई ताज महल जस्तै  स्याहार–सम्भार गरि नगरकै गौरवको प्रतीकको रुपमा ब्यबस्थापन गर्ने हो भने मात्र तपाईं हामिले सोचेको जस्तो भ्यु टावर बन्नेछ । स्थानीय सरकारले पनि  करको मात्रा कम गर्नुपर्छ,यसको भब्य बिकास योजना कोर्नुपर्दछ,करार अवधी २० वर्ष सम्मको बनाउनुपर्दछ,यसको मुल नाम शितल भ्यु टावर नै राख्नुपर्दछ र थाहा नगरमा भएका प्रमुख ऐतिहासिक महत्वका सम्पदाहरुलाई रास्ट्रीय सम्पदा सुचिमा सुचिकृत गर्नुपर्दछ। तब मात्र थाहा नगरको नारा थाहा नगर“बिकासको आधार कृषि पर्यटन र पुर्बाधारले “सार्थकता पाउनेछ ।


 

https://thahapati.com/public/images/users/Untitled-2-1626087684.jpg
दावा शेर्पा
dawa@tahhapati.com

दावा शेर्पा थाहापाटी अनलाईनका रिपाेर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५९०६००२

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...