pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

गगन थापा कांग्रेस प्रदेश ३ काे मुख्यमन्त्रीको उम्मेदवार ! अरु प्रदेशमा को-को ?

काठमाडौं । नेपाली कांग्रेसले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर आसन्न प्रदेशसभा चुनावमा जाने बहस सुरु भएको छ । युवा नेताहरुले आफूलाई प्रदेश मुख्यमन्त्रीको उम्मेदवारका रुपमा प्रस्तुत गरेका छन् ।

प्रमुख विपक्षी एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र योगेश भट्टराईसहितका नेतालाई सात प्रदेशमा मुख्यमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ ।

यससँगै कांग्रेसमा पनि मुख्यमन्त्रीको उम्मेदवारका नाममा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि औपचारिक रुपमा भने कसैले पनि मुख खोलेका छैनन् ।

स्रोतका अनुसार युवा नेता गगन थापाले प्रदेश ३ को मुख्यमन्त्रीको उम्मेदवार दाबी गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का निर्वाचित सांसद हुन् । तर, मुख्यमन्त्रीको उम्मेदवार हुने शर्तमा उनी प्रदेशसभामा जान तयार भएका छन् ।

स्रोतका अनुसार उनले मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनाव जानुपर्ने र आफू ३ नम्बर प्रदेशको दाबेदार भएको सन्देश पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुर्‍याएका छन् ।

स्थानीय चुनावको मतलाई हेर्दा प्रदेश ३ मा कांग्रेसले एमालेले भन्दा एक लाख कम भोट पाएको छ । तर, संविधानसभामा कांग्रेस नै पहिलो पार्टी रहेको र मेहनत गर्ने हो भने प्रदेश ३ मा फेरि पहिलो पार्टी हुनसक्ने गगनको विश्लेषण छ ।

प्रदेश १ मा विश्वप्रकाश शर्मालाई मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएको छ । अघिल्लो संविधानसभामा उनी पराजित भएका थिए । तर, १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका उनी प्रदेश १ का चर्चित युवा अनुहार हुन् ।

प्रदेश २ मा स्थानीय तहको चुनाव भइरहेकाले मुख्यमन्त्रीको दाबेदारबारे खासै छलफल भएको छैन । तर, केन्द्रीय सदस्य आनन्द ढुंगाना, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव लगायतका नेताहरुलाई सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ ।

प्रदेश ४ मा धनराज गुरुङ, शंकर भण्डारी, ध्रुव वाग्ले लगायतको युवा नेताहरुको नाम चर्चामा छ । स्थानीय तहको मत परिणामलाई हेर्दा प्रदेश ४ कांग्रेसका लागि अनुकुल प्रदेश हो ।

प्रदेश ५ का लागि कांग्रेसमा मुख्यमन्त्रीको उम्मेदवारका मुख्य दावेदार बालकृष्ण खाँड हुन् । यहाँ पनि प्रदेश २ मा जस्तै त्रिशंकुस प्रदेश सभा बन्ने सम्भावना बढी देखिन्छ । रुपन्देही ३ बाट प्रत्यक्ष निर्वाचित सांसद खाँड मुख्यमन्त्रीको उम्मेदवार हुने गरी प्रदेशमा जान तयार देखिएका छन् । स्रोतका अनुसार पूर्वमन्त्री समेत रहेका खाँडले अनौपचारिक छलफल समेत थालेका छन् ।

प्रदेश ६ मा जीवनबहादुर शाही मुख्यमन्त्रीका दाबेदार हुन् । तर, सुर्खेतका हृदयराम थानीलाई पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । स्थानीय तहको चुनावमा यो प्रदेशमा कांग्रेस, एमाले र माओवादीले झण्डै बराबर स्थानीय तह जितेका छन् ।

प्रदेश ७ मा रमेश लेखक सम्भावित उम्मेदवार हुन् । उनी मुख्यमन्त्रीको उम्मेदवार बन्न तयार हुँदा पार्टीभित्र सर्वसम्मत हुनेछन् । तर, केन्द्रीय राजनीतिमा स्थापित भइसकेका उनी प्रदेशमा जाने नजाने निश्चित छैन । उनको विकल्प रुपमा भौतिक पूर्वाधारमन्त्री वीरबहादुर बलायर हुन सक्ने कांग्रेसका एक नेताले बताए ।

यो प्रदेश कांग्रेस बलियो भएको प्रदेश मानिन्छ । तर, स्थानीय तहको चुनावमा एमालेले भने केही धेरै मात्र मात्र पाएको छ ।

स्राेतः अनलाइनखबर

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg