pani-1786865868.jpg
Monday, 26 Oct, 2026
worldlink1-1789963258.gif

राजनीति

उपनिर्वाचन बाट उत्साहित माओवादी, निराशामा कांग्रेस, एमाले र रास्वपा

FB_IMG_1733121882303-1733144289.jpg

मतपरिणामबाट माओवादी केन्द्रबाहेक अरु दलहरू सन्तुष्ट छैनन् । माओवादीले  सम्मानजनक मत लिएर आएको छ । ४४ स्थानमा भएको उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एम उपमेयर र एक उपाध्यक्षसहित ९ स्थानमा जित हालिल गरेको छ ।

यसलाई माओवादी केन्द्रका नेताहरूले 'माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ' भन्ने अर्थका रूपमा बुझेका छन् । माओवादी केन्द्रका नेता सरल सहयात्रीले भने, 'उपनिर्वाचनको मतपरिणामले माओवादी केन्द्र एक्लै पनि लड्न सक्छ' भन्ने सन्देश दिएको छ । मत सधैँ एक ठाउँ मात्रै बसिरहँदैन रहेछ ।'

माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटा पार्टीले उकालो गति लिएको बताउँछन् । 'माओवादी केन्द्र उकालो लागेको छ भन्ने कुरा मतपरिणाममा देखियो । हामी उत्साहित छौँ,' प्रवक्ता सापकोटाले भने ।

त्यसो त रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रले नै जित्यो, जहाँ दुई ठूला दलहरू कांग्रेस-एमालेले गठबन्धन गरेका थिए तर, जित भने माओवादी केन्द्रकी उम्मेदवार नरपुरा बुढाको भयो ।

सत्तारूढ दलहरू कांग्रेस र एमाले भने मतपरिणामबाट उत्साहित हुन सकेनन् । कांग्रेसले त पहिले जितेको पालिका नै गुमायो । उसले एउटा पालिकासमेत जितेको छैन । कांग्रेसले जम्माजम्मी १६ वटा वडा मात्रै जितेको छ ।

त्यो नतिजा कांग्रेसका लागि अपेक्षित नभएको नेता मीन विश्वकर्मा बताउँछन् । 'हाम्रो लागि यो अपेक्षित भएन,' नेता विश्वकर्माले भने, 'पहिला जस्तो मतदाताहरू मत हाल्नकै लागि पनि नफर्किने रहेछन् । तर, समग्रतामा भन्दाखेरि पहिले हामीले जितेको स्थानमा अरु दलहरूले जिते, पहिले अरु दलहरूले जितेको ठाउँमा हामीले जित्यौँ । तर, परिणाम अपेक्षित होइन ।'

एमालेले पनि अपेक्षित नतिजा ल्याउन सकेन । समानुपातिक समर्थनका हिसाबले पहिलो दल एमाले तेस्रो माओवादी केन्द्रभन्दा पनि पछि पर्दा नेताहरूले यसको गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । एमाले नेता महेशकुमार बर्तौला जनताले गरेको निर्णयको सम्मान गर्ने बताउँछन् ।

'जनताले गरेको निर्णयलाई ठीक वा बेठीक भनेर भन्दैनौँ हामी,' नेता बर्तौला भन्छन्, 'हारिएको ठाउँमा तयारी पुगेन होला । जनताले अर्कोपटकलाई प्रतीक्षा गरे होलान् । तर, समीक्षा गरेर अगाडि बढ्छौँ ।'

यद्यपि, एमालेभन्दा कांग्रेसको नतिजा सम्मानजनक देखिन्छ । कीर्तिपुर नगरपालिकाको मेयर कांग्रेसले जित्ने सम्भावना छ । अहिलेसम्मको नतिजाअनुसार एमालेका उम्मेदवार सुरेन्द्र मानन्धनभन्दा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल झन्डै पाँचसय मतान्तरले अघि छन् ।

उपनिर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि झड्का दिएको छ । ऊ अहिलेसम्म काठमाडौं महानगरपालिका १६ मा सीमित छ । २७ स्थानमा उम्मेदवारी दिएको रास्वपाको दर्जनभन्दा बढी स्थानमा त जमानत नै जफत भएको छ ।

अघिल्लो स्थानीय तह निर्वाचन हुँदा 'गर्भमै रहेको' रास्वपालाई संसदीय उपनिर्वाचन फापे पनि स्थानीय तह उपनिर्वाचन भने फापेन, रास्वपा नमज्जाले पछारियो । रास्वपाका लागि पनि चुनावी नतिजा अपेक्षित नभएको नेताहरूको भनाइ छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg