pani-1786865868.jpg
Saturday, 12 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

अपडेट

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मार्खुमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण

इन्द्रसरोवर गाउँपालिका वडा नं १ मार्खुमा अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरिएको छ । इन्द्रसरोवर गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सञ्चालन गरिएको शिविरको पहिलो दिन आज वडा नं १ मा कार्यक्रममा गरिएको थियो । कार्यक्रम मार्फत ग वर्गको अपाङ्गता अर्थात पहेँलो रङ्गको परिचयपत्र १ वटा, ख वर्ग अर्थात निलो रङ्गको ११ वटा र क वर्ग अर्थात रातो रङ्गको ३ वटा परिचयपत्र वितरण गरिएको महिला तथा बालबालिका शाखाको प्रमुख कमला शर्माले जानकारी दिनु भयो । कार्यक्रममा वडा नं १ को वडा अध्यक्ष जमान सिं वाइवा, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारी, प्रशासकीय अधिकृत दिपक चापागाईं लगायत अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । परिचयपत्र वितरण शिविरको लागि वडा नं २,३,४ र ५ मा क्रमशः ९,१०,११ र १२ गते सञ्चालन गर्ने तालिका रहेको आयोजकले जनाएको छ ।

default.png
मञ्जरी बलामी
manjarinews415@gmail.com

मञ्जरी बलामी थाहापाटी अनलाइनकाेे इन्द्रसराेबर सम्वाददाता हुन् । खबरका लागि उनलाई 9866339966 मा सम्पर्क गर्न सकिन्छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
रास्वपा मकवानपुरका उपसभापतिले अदालत परिसरमै इन्जिनियरलाई ज्यान मार्ने धम्की दिएको आरोप
InShot_20260910_202150495-1789051032.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका उपसभापति तथा निर्माण व्यवसायी टाकाराज थापाले अदालत परिसरमै...

प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...