jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

आफ्नो  जिम्मेवारी प्रति गम्भीर बनौ ,समाज परिवर्तन आफै हुन्छ ।
सानोभाई कार्की :-

sanobhai-1657627076.jpg

जहाँ सम्म विद्यार्थी संख्या र पढाईको कुरा छ यो विद्यालयको आसपासमा ५ वटा माध्यमिक विद्यालयहरु छन् । संस्थागत र सामुदायिक गरेर तथ्यांक लिनु कुन विद्यालयमा विद्याथी बढी छ शिक्षा समितिलाई यो अधिकार छ । ६ वटा संकाय केवल एउटा विद्यालयको पहलमा चलेको विद्यालय छ भने देखाइदिए भै गो । कि कसैले यसलाई आर्थिक सहायता गरेको पो छ कि ? वा हारगुहार गरेर रुदै कराउदै हिडेको  पो छ कि ? यही नगरपालिकामा नमुना विकासमा छनौट भएको विद्यालयमा पर्दा कोही कसैले आफ्नो सोर्सफोर्स लगाएर ल्याइदिएको पो हो कि ?

 

राजनीति समाज परिवर्तनको निर्विकल्प माध्यम हो । राजनीति दर्शनबाट निर्देशित हुन्छ । दर्शनको सारथी सिद्दान्त हो । सरल भाषामा भन्दा दर्शन गन्तब्य हो भने गन्तव्यमा पुग्ने माध्यम सिद्दान्त हो । सिद्दान्तलाई सहयोग पुराउने अङ्गप्रत्याङ्गको भूमिका कार्यविधिले खेल्दछ् । कार्यविधि सम्पन्नताको लागि समिति उपसमितिको संरचना गरिएको हुन्छ । जुन प्रचलित संविधान जो राज्यको सर्वोच्च र सार्वभौम हुन्छ । संविधानको मातहत वा भावना र मर्मको परिधिभित्र रही बन्ने ,ऐन ,नियम बाट निर्देशित हुन्छ । यो राज्य संचालनको विधि र प्रक्रियाहो । यही विधि र प्रक्रियाको आधारमा राज्यको संरचना गरिन्छ । जुन हामीकहा पनि छ ।

शक्ति विकेन्द्रीकरणको सिद्दान्त अनुरुप तीन तहको सरकारको व्यवस्था हाम्रो संविधानले निर्दिष्ट गरेकोछ । संघीय सरकारले नीति निर्माण गर्ने र कार्यान्वयनको लागि अनुगमन मुल्याङ्कन संबिधान बमोजीम गर्ने,प्रादेशिक सरकारले सहजीकरण र स्थानीय सरकारले कार्यान्वयन गर्ने जिम्मेवारी संविधानतः व्यवस्था गरेकोले तीनै तहको सरकारको गरिमा महत्व बराबरी छ । यद्यपि स्थानीय सरकारको भूमिकामा जनताको आवस्यकता र समस्त सरोकारसँग जोडिने हुदा निष्पक्षता , इमानदारिता ,विधिको कार्यान्वयन मुल आधार र मन्त्र हुन्छ किनकि स्थानीय तहको संरचना  र परिणाम एकअर्कासंग मूल्यांकनको विषय बन्दछ । किनकि शासन व्यवस्था  आवधिक छ । शासन पद्दति बहुदलीय प्रतिस्पर्धात्मक छ । जहा वाक स्वतन्त्रता ,प्रेस स्वतन्त्रता र एक अर्काको आलोचना ,समालोचना गर्ने छुट छ  िअस्वस्थ भए सजायको भागीदार स्वत हुन्छ । 


 कोही कसैलाई छुट छैन ।  चुनाव आवधिक प्रक्रिया हो ।  दल फरक हुनु बहुदलको गहना नै हो । 
आलोचना सुध्रिन चाहानेहरुको लागि शिक्षा हो । आलोचना जहिले पनि जो सुकैप्रति गर्न पाइन्छ ।  तर  स्वस्थ हुनु पर्दछ । अस्वस्थ तर्कहीन र अप्रमाणित आलोचना पूर्वाग्रह हो । पूर्वाग्रह जस्ले लिन्छ ,उसको शक्त्ति नष्ट हुन्छ ।  EGO आफैमा [ ENERGY GO OUT ] हो । कुनैपनि व्यक्ति यदि आफुलाई वुद्दिमानी सम्झन्छ ,शक्तिशाली भन्न रुचाउछ भने उसले जहिलेपनि  सोच्नु पर्छ कि यो बुद्धी  र शक्तिबाट मैले कसरी दीर्घकालीन रुपमा रहन सक्ने सके सर्वजनायहिताय नसके बहुजनायहिताय कीर्ति के छोड्ने होला ? यदि हित गर्न सकिएन  भनेपनि मेरो शक्ति र विद्वताको समयमा कोही कसैलाई विगार्न चै नपरोस । यो संसार सिक्नकालागि खुल्ला विश्वविद्यालय छ । काम गर्नकालागि पृथ्वी खुल्ला छ । चाप्लुसीले मान पुरस्कार र पद प्राप्त गर्नु र अरुको दुर्गूणको टिप्पणी गरेर खसाल्न प्रयत्न गर्नु दुवै वुद्दिमानीको परिचायक होइन । पद काम गर्नकोलागि अवसर  हो । क्षमता ,चिन्तन वैयक्तिक गुण हो । दुनियाको उन्नति प्रगतिको इतिहास पढ्दा अवसर र जिम्मेवारी दिदा र लिदा क्षमता र पद्दतिलाई आधार मानेको पाइन्छ । पूजीवादी अर्थ व्यवस्था भएका मुलुकहरुले जे जति विकास र प्रगति गरे उनीहरुको एउटा मूल पद्दति हो ठिक व्यक्ति ठिक ठाँउमा पदस्थ हुनु हामीले अहिल्यै विकसित मुलुकको परिणाम खोज्ने बेला भएको छैन किनकि हाम्रो मुलुक पद्दतिबिहिन राज्य प्रणालीबाट १ सय ४ वर्षे राणाशासन जसलाई एकतन्त्रीय ,निरङ्कुश र जहानीया शासन भनियो सो व्यवस्थाको मारमा परेर २००७ को व्यवस्था परिवर्तन भयो । 
 एकदशक पछी २०१७ मा तिन दशकलाई पुग्नेगरी निर्दलीय व्यवस्थाको रहलपहल रह्यो । २०४६ को पंचायतको बहिर्गमन र प्रजातन्त्रको आगमन भयो । जसको उमेर आजको मितिसम्म गणना गर्दा ३३ वर्षको मस्त यौवनमा चलिरहेको छ । हिजोको व्यवस्था हुकुमी थियो निरंकुश थियो । बिरोधी नसहने थियो । बिकासको नाममा भ्रस्टाचार गर्दथ्यो । राम्रोलाई भन्दा  हाम्रोलाई प्राथमिकतामा राख्दथ्यो । बोल्नको लागि मुख बन्द गर्दथ्यो लेख्न पाइन्न थियो । आदि इत्यादि कुराहरु हाम्रा नेताहरुले हामीलाई भन्दथे तेसको बिकल्पमा जनताद्वारा जनताको लागि जनताले नै ल्याउने प्राजातान्त्रिक व्यवस्था हो त्यो ल्याउनकालागि आन्दोलन ,संघर्ष जरुरी छ ल्याउनुपर्छ । ठुलो संख्यामा सहीद भए ,कैयौका घरवार बिहिन भए । कतिका अवसरहरु गुमे प्रजातन्त्र ल्याइयो ,आयो  ियसले पुगेन । २०५२ फागुन १ बाट सशस्त्र युद्द चल्यो । दुई–दुई पटक संविधानसभाको निर्वाचन भयो । त्यो संविधानसभाका प्रवुद्द वर्गहरु जो निर्वाचित भए ती बाट संविधान बन्यो । शासन चलिरहेको छ । के पायौ फरक ? यो कोही कसैप्रति लक्षित प्रश्न होइन । जो कोही देश र जनताप्रति उत्तरदायी छ भने उसले सोच्ने कुरामात्र हो । सबैलाई सबै कुरा सोच्नु जरुरी छैन ।

प्रसंग बदलौ : केहीदिन अगाडी एउटा बजार हल्ला चलेछ । हुन त बजार हल्लालाई आधार मानेर बहस गर्नु वुद्दिमानी होइन ,सत्य चै के हो त्यो लुक्यो भने भ्रम बढछ,जुन घातक हुन्छ । स्तम्भकार एउटा नगरस्तरीय समितिमा अयोग्य सावित भएछ । योग्य अयोग्य को मापन गर्ने अधिकार सबैमा छ । यसमा कुनै दुखेसो गर्नु पर्ने केही छैन । फेरी आफुलाई त के लाग्छ भने ,सबै योग्य छन ,कोही अयोग्य छैनन । आधार के हो मूल्यांकनको ? व्यवस्था ,राजनीति ,धर्म ,जातजाति ,भाषाभाषी ,संस्कृति ,विचार कि व्यवहार,पद कि पैसा ,शक्ति कि श्रोत  ? को सर्वोत्कृष्ट छ र को नीच छ ?  एउटा जीवन निर्वाहको लागि जागीर गरेर बस्ने प्राणी हो । ४० औं वर्ष एउटा विद्यालयमा काम गर्ने अवसर दिने समुदाय नै मेरो सम्पति हो । आफ्नै चेलाहरु उच्च पदस्थ बनेको हेर्न पाउनु झनै गौरव हो । अझ लागेको छ यतिको लामो समयसम्म चलेको विद्यालयको उत्पादनले राष्ट्रको नेतृत्व गर्न नसकेकोमा म र म जस्तै शिक्षकहरु पनि कही कतै जिम्मेवार छौ कि ?  अयोग्य हुनुका बजार हल्लाले चै मेरो ध्यान  निश्चित रुपमा आकर्षित ग¥यो र जिज्ञासा राख्दैछु ।  पहिलो उसले आफ्नो विद्यालयमा विद्यार्थी बढाउन सकेन । दोश्रो स्कूल बसमा अन्य स्कूलको विद्यार्थीहरुलाई निशुल्क बोक्यो ,बसलाई आफ्नैपेवा सम्झ्यो । तेश्रो रास्ट्रपति रनिंग शिल्डमा झेल गर्यो र कप जित्यो । चौथो उ आफुलाई ठुलो मान्छ कसैलाई गन्दैन । कसैलाई सहयोग गर्दैन । पाचौ उसलाई सधै किन पद दिने ? यस्तै यस्तै ,जुन बेतुक ,बेप्रमाण र बतासे आरोप नलगाएको भए राम्रो हुन्थ्यो । उच्च निर्णायकहरु बसेर ती कुरा भएका भएपनि सुनाउन नहतारिएको भएपनि अझै राम्रो हुन्थ्यो यही कुरा नदोरियोस भन्ने हेतुले मात्र यो लेखाई लेखिएको पनि  स्पस्ट पर्न चाहान्छु । 

 

४० औं वर्ष एउटा विद्यालयमा काम गर्ने अवसर दिने समुदाय नै मेरो सम्पति हो । आफ्नै चेलाहरु उच्च पदस्थ बनेको हेर्न पाउनु झनै गौरव हो । अझ लागेको छ यतिको लामो समयसम्म चलेको विद्यालयको उत्पादनले राष्ट्रको नेतृत्व गर्न नसकेकोमा म र म जस्तै शिक्षकहरु पनि कही कतै जिम्मेवार छौ कि ?


जहाँ सम्म विद्यार्थी संख्या र पढाईको कुरा छ यो विद्यालयको आसपासमा ५ वटा माध्यमिक विद्यालयहरु छन् । संस्थागत र सामुदायिक गरेर तथ्यांक लिनु कुन विद्यालयमा विद्याथी बढी छ शिक्षा समितिलाई यो अधिकार छ । ६ वटा संकाय केवल एउटा विद्यालयको पहलमा चलेको विद्यालय छ भने देखाइदिए भै गो । कि कसैले यसलाई आर्थिक सहायता गरेको पो छ कि ? वा हारगुहार गरेर रुदै कराउदै हिडेको  पो छ कि ? यही नगरपालिकामा नमुना विकासमा छनौट भएको विद्यालयमा पर्दा कोही कसैले आफ्नो सोर्सफोर्स लगाएर ल्याइदिएको पो हो कि ? यस विद्यालयले स्वर्ण महोत्सव लगातार ७ दिन सम्म संचालन गर्दा र समापनको दिन राष्ट्रको सर्वोच्च पदीय व्यक्तित्व रास्ट्रपति ल्याउदा कोही मैले  केही सहयोग गर्नु पर्छ कि भनेर उपस्थित हुनु भयो कि ? यो उच्च पदास्थाहरुले स्व मुल्यांकन गर्नु राम्रो हुन्छ ? स्कूल बसको कुरो यसको प्रयोग आय व्यय राख्ने लेखापालसंग हिसाब माग गर्न सकिने भयो ।

स्कूल बसले अहिलेपनि हिमालयन मात्र होइन सेतिगणेश ,भ्यालीहार्ट पढ्ने विद्यार्थीहरु पनि ल्याउने पुराउने गरेको छ । यो सुबिधा भनेको जनकल्याण को विद्यार्थी कम हुदासम्म मात्र हो । सधैको लागिपनि होइन । त्यहाको विद्यार्थीको भाडा दिन  आउदा लेखापाललाई नलिनु भनेको भए गल्ति होला नभए छानबिन जरुरी होला । रास्ट्रपति रनिङ  शिल्डमा झेल गरेर जित्नु पर्ने मलाई र मेरो स्कूललाई कुनै जरुरी छैन र थिएन । कारण यस अघि दुइपटक कप विद्यालयले पचाइसकेको के पायो ? मान ,सम्मान ,स्यावासी कसले दियो ? गतवर्ष मात्र विजयी भईयो यो वर्ष हार्दा के गुम्थ्यो ? नजित्नेहरुको के गुम्र्को छ ? प्र अ को घटुवा भयो ? कि विद्यालय नै विलय भयो ? पहिलो जिज्ञासा ? दोश्रो रास्ट्रपति कपको  संचालन गर्ने कि नगर्ने भन्ने जेठ २४ को बैठकमा म स्वयले गरेको प्रस्ताव के हो भने यो खेलकुदको मौसम होइन । गर्ने भए अरु विद्यालयले आयोजना गर्नुहोस । होइन भने सबै विद्यालयका प्रअ र खेलकुद शिक्षकहरुलाई सहयोगी बनाएर नगरपालिका आफै आयोजक बनेर खेलाउ भन्ने प्रस्ताव राख्ने मानिस म ।

यों कार्यविधिले दिदैं भनेपछि मैले नै सबैले आयोजना नगर्दा नगरपालिकालाई असहयोग गरेको ठहरिने हुदा लौ त  भनेर काध थापेकोमात्र हो यिसरी जिम्मेवार बनेर सहयोग  गर्दागर्दै कपोलकल्पित आरोप लगाउन त पाइएला तर आरोपितको पनि नगरपालिका त यही हो चित्त बुझाउने दायित्व पनि आरोप लगाउनेहरुकै होला । जहाँ सम्म खेलाडी छनोट र व्यवस्थापनको कुरा छ ती सबै विभागीय जिम्मेवारीको आधारमा काम वर्गीकरण भएका छन् र हरेक दिन शिक्षक साथीहरुलाई फर्जी खेलाडी र नीतिनियम भन्दा बाहिर नपरोस भनेर भनेकै हो । तदनुरूप फर्जी भएको पनि छैन र कसको चित्त बुझ्नु पर्ने हो जानकारी हुन सकेन हुदै जाला ।


 एउटा लोक लघु कथा छ : एकपटक एउटा ब्वासोलाई भेडाको पाठो खान मन लागेछ । भेडाको पाठो पानी बग्ने भन्दा तल्लो भागमा र ब्वासो माथी रहेछ । तेतिकैमा ब्वासोले पाठोलाई भनेछ ए पाठा तैले मेरो पिउने पानी किन धमिलो पारेको ? पाठो डराउदै भनेछ कहाँ हजुर पानी बग्ने तिर हुनुहुन्छ म तल छु कसरी पानी धमिल्याउनु ? यसो हे¥यो हो । चलाख ब्वासोले फेरी भनेछ अहिले हो त पोहोर । होइन पोहोर त म जन्मेकै थिइन ।  ब्वासोलाई चित्त बुझेन आखिर खानै थियो तैले हो त तेरो बाउले मेरो पानी धमिल्याएको भनेर निमोठेको भन्ने कथा पनि प्रासंगिक नै छ । 


आखिर जे होस पदको भोको भन्ने पनि मलाई लाग्दैन । अहिले अखिल नेपाल शिक्षक संघको केन्द्रीय समितिको अध्यक्ष छु । नेपाल शिक्षक महासंघ जहा १४ वटा आवद्द संबद्ध शिक्षकका संस्थाहरु क्रियाशील छन् ,तेस्मा पनि परिचय सहित उपस्थित छु । सन् २००६/२००७ को अवधिमा सार्क राष्ट्र तत्कालमा ७ राष्ट्र थियो पछी अफगानिस्थान थपिएर ८ बन्यो  को नेपाल तर्फबाट उपाध्यक्ष भएर श्रीलंकामा सेमिनार गरेर पद बुझेको पछी श्रीलंकानै गएर हस्तान्तरण गरेको पनि छु । यी सबै हेर्दा पद काम गर्ने थलो हो को के भयो भनेर सधैको लागि हुने चीज वस्तु केही होइन भन्ने निष्कर्ष मैले मेरो मानसपटलमा काम गरेको हुनाले हुँदा  वा नहुदा कुनै फरक नपर्ने पनि अनुभूति छ । असहयोग र पूर्वाग्रह मेरो मानास्पटलको डायरीमा नै छैन । अब हुदा पनि नहोस भन्ने कामना छ हेरौ कति सम्भावना हुन्छ । जीवन वाचुन्जेल रहने चीज न हो । स्वास रहुन्जेल जीवन ,विश्वास रहेसम्म जगत त हो ।

लेखक सानोभाई कार्की थाहा नगरपालिका –३ स्थित जनकल्याण माविका प्रधानाध्यापक तथा अखिल नेपाल शिक्षक संघको केन्द्रीय समितिको अध्यक्ष हुनुहुन्छ । 
 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...