Sunday, 05 May, 2024
राशिफल

आज - २४ कार्तिक २०८० शुक्रवार को राशिफल

aajako-rashifal-169137389-1699582008.png

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । कष्टकर यात्रा गर्नुपर्ला, तर वैदेशिक क्षेत्रको कार्य सहजै अघि बढ्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज मन खिन्न हुने स्थिति आउनसक्छ । अनावश्यक झमेलामा परिएला । विविध समस्या खेप्नु पर्नेछ, तर साँझमा शुभ समाचार सुन्न पाइनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल


world-link-1690434568.jpg
बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...