jkmv-english-1784299234.jpg
Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राशिफल

आज - ०१ मंसिर २०८० शुक्रवार को राशिफल

aajako-rashifal-169137389-1700189415.png

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । अधुरो काम पूरा हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै समाचारले मनमा शान्ति छाउला । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । बौद्धिक काममा सफलता पनि मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । अचल सम्पत्ति हात पर्ला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आम्दानी प्रशस्तै बढ्नेछ । प्रेम र दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा पनि राम्रो सफलता मिल्ला । शेयर बजारले पनि साथ दिनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर यात्रा फलदायी हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । मन कमजोर रहने र मनमा गलत विचारमा पनि आउन सक्छ, सचेत रहनुहोला, तर नयाँ कमको योजना बन्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ, तर लत्ता कपडामा बढी धन खर्च पनि हुनसक्छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन । तर यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कार्य सफल रहनेछ । प्रेम सम्बन्ध पनि कसिलो होला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...