Saturday, 15 Aug, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

राशिफल

आजको राशिफल

aajako-rashifal-169137389-1695345277.png

आजको राशिफल - Today's Horoscope

२०८० असाेज ५ गते, शुक्रवार, २२ सेप्टेम्बर २०२३। भाद्र शुक्लपक्ष सप्तमी तिथि, ९ः०५ बजेपछि अष्टमी। ज्येष्ठा नक्षत्र, १२ः२९ बजेपछि मूला। चन्द्रराशि वृश्चिक, १२ः२९ बजेपछि धनु।

उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

मेष - ARIES

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। दिउँसाेदेखि स्थितिमा सुधार आउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ।

वृष - TAURUS

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ। आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। दिउँसाेतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अर्थहानि हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला।

मिथुन - GEMINI

का, कि, कु, घ, ङ, छ, के, को, ह

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। दिउँसाेदेखि व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। पशुपालन तथा कृषि क्षेत्रबाट पनि फाइदा उठाउन सकिनेछ।

कर्कट - CANCER

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम बन्नाले दिउँसाेदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। पुरुषार्थद्वारा शत्रुको मनोबल कमजोर बन्नेछ। पेसा–व्यवसायतर्फ मनग्य फाइदा उठाउन सकिने समय छ।

सिंह - LEO

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अरूलाई दिएको वचन पूरा गर्न नसक्दा मन खिन्न रहला। बिहान घरेलु काममा अलमलिनुपरे पनि दिन उपलब्धिमूलक रहनेछ। अध्ययनको नतिजा राम्रो आउनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। काममा शुभचिन्तकहरूको सहयोग जुट्नेछ। आम्दानीका स्रोत बढ्नेछन्।

कन्या - VIRGO

टो, प, पि, पु, ष, ण, ठ, पे, पो

नयाँ काम र व्यापारमा बिहानको समय अनुकूल रहनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। छोटो समयमै राम्रो प्रतिफल प्राप्त हुनेछ। दिउँसोदेखि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने समय छ। अरूकाे विवाद मिलाउन अघि नसर्नुहाेला।

तुला - LIBRA

र, रि, रु, रे, रो, ता, ति, तु, ते

अध्ययनमा प्रगति हुनेछ। लेखन कला र अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ। दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। व्यापार तथा साझेदारीमा लाभ हुनेछ। मिहिनेत गर्दा काममा अनुमानभन्दा बढी फाइदा उठाउन सकिनेछ। लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।

वृश्चिक - SCORPIO

तो, ना, नि, नु, ने, नो, या, यि, यु

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। दिउँसाेतिर वादविवादमा परिने सम्भावना देखिएकाले कम बाेल्नु राम्राे हुनेछ। ईर्ष्या गर्नेहरूले भने अलि दुःख दिनेछन्। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।

धनु - SAGITTARIUS

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको विश्वासमा पर्दा धोका हुन सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसाेदेखि केही अवसर प्राप्त हुनेछन् तर काम राेकिन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ।

मकर - CAPRICORN

भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर दिउँसाेदेखि आर्थिक समस्याले अलि दु:ख पाइनेछ। खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। सानाे काममा बढी रकम बाहिरिन सक्छ।

कुम्भ - AQUARIUS

गु, गे, गो, सा, सि, सु, से, सो, द

पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि जग बसाउने मौका छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। दिउँसाेदेखि अरूका काममा समय खर्चनुपर्दा आफ्ना काम रोकिन सक्छन्। अवसर आए पनि जिम्मेवारी सम्हाल्न बाधा पर्नेछ। उठ्नुपर्ने रकम पनि अड्किन सक्छ।

मीन - PISCES

दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भाग्योन्नतिको समय छ। पहिलेकाे उपलब्धिले उत्साह जगाउनेछ। एउटै कामबाट दोहोरो फाइदा उठाउन सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ। विशेष कामको यश लिने सौभाग्य प्राप्त हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...

लायन्स थाहाले भदौ ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना गर्दै
FB_IMG_1786619139704-1786619154.jpg

रक्तदान जीवनदान" भन्ने मूल नाराका साथ मकवानपुरको थाहानगरमा आगामी भदाै ७ गते बृहत् रक्तदान कार्यक्रम आयोजना...

ऋषेश्वर–दुप्चेश्वरबीच धार्मिक पर्यटन प्रवर्द्धनका लागि सिकाइ आदान–प्रदान
FB_IMG_1786237040225-1786237058.jpg

प्रशिद्ध ऋषेश्वर/छ्युमिग झ्याङछुप क्षेत्र विकास समिति, थाहा नगरपालिका र नुवाकोट स्थित दुप्चेश्वर क्षेत्र विकास...

फिरिरी सुपर एप सार्वजनिक, मोबिलिटीदेखि व्यापार, रियल स्टेट, रोजगारी, OTT र शिक्षासम्म सबै सेवा एउटै प्लेटफर्ममा
1785944661334-1785944793.jpg

काठमाडौँ । नेपालमै विकसित मल्टि–सर्भिस सुपर एप ‘फिरिरी’ ले आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । जसले...

पालुङबाट तरकारी लिएर वीरगञ्ज जाँदै गरेको ट्रक दुर्घटनाग्रस्त,एकको मृत्यु एक घाइते
AISelect_20260805_100527_-1785903784.jpg

मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारस्थित त्रिभुवन राजमार्गमा तरकारी बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको...

ऋषेश्वर/छ्युमिग झ्याङछुपमा डिजिटल ‘क्युआर सेवा’ सुरु, अब गुनासो र सुझाव मोबाइलबाटै
FB_IMG_1785764672946-1785855659.jpg

प्रशिद्ध धार्मिक स्थल ऋषेश्वर÷छ्युमिग झ्याङछुपको सम्बन्धमा डिजिटल रुपमै गुनासो र सुझाव दिन पाइने भएको छ ।...

करदातालाई सहज सेवा प्रवाह गर्न थाहानगर उद्योग वाणिज्य संघद्वारा तीनदिने कर शिविर
FB_IMG_1785769904475-1785771869.jpg

थाहा, मकवानपुर । थाहानगर उद्योग वाणिज्य संघले उद्योगी, व्यवसायी तथा करदातालाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान...

दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...