jkmv-english-1784299234.jpg
Wednesday, 22 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

विचार / अन्तरवार्ता

अक्टोबर क्रान्ति र रसियन कम्यूनिष्टको अवसान

294390883_456069739336311-1666869677.jpg

 

 

-भोजराज घिमिरे

अक्टोबर क्रान्ति अर्थात रुसमा सर्वहारा वर्गको मुक्तिका लागि क्रान्ति भएको एकसय पाँच बर्ष पुरा गरेको छ ।यस क्रान्तिबाट स्थापित मजदुर सत्ता र विश्व शक्तिका रुपमा रहेको सोभियत संघ सात दशक लामो साम्राज्यवादिको घेराबन्दी र षड्यन्त्रको लामो श्रृंखला कम्युनिस्ट पार्टीका गल्ति कमजोरी तथा सन १९५६ मा भएको रुसी कम्युनिस्ट पार्टीको २०औं महाधिवेशनका खुश्चेभ निति देखि ८० का दशकको अन्त्यतिर शुरु भएको थियो ।प्रतिक्रान्तिकारी प्रक्रियाको समयमा मिखाईल गोर्भाचोव, एनाएभ सेभर्दनादजेहरुको अदुरदर्शिता र बोरिस यल्तिन आदि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय (विशेष गरिए अमेरिकी साम्राज्यवाद) शक्तिहरुको खुल्ला आक्रमणका कारण स्थापनाको ७२ बर्ष पछि सन १९९० मा बिघट्न भएको थियो ।यो क्रान्तिले रुसको पुरातनवादी क्याथोलिक धर्म, सामन्तवादी निरंकुश दैवीय शक्तिमा आधारित सामन्तवादी राज्यसत्ता अन्त्य गरि त्यहाँ गरिब, किसान, मजदुर,सिपाही, सर्वसाधारण, निरक्षर, नोकर, चाकर, बौद्धिक अपांङगता, भोका, नाङ्गा, भान्से, सुसारे, सर्वहारा गरिबहरुलाई माक्सवादी लेनिनवादी दर्शनको फल उपलब्ध गराएको थियोे ।
त्यही अक्टोबर क्रान्तिले विश्वमा सम्पन्न र बिपन्न, शासक र शासित शोषक र शोषित एवं धनी र गरिबकाबीचमा बर्गसंघर्ष रुप संसारभरी दलगत द्वन्द र प्रतिशपर्दा हुदै आयो ।संसारमा अनेक राष्ट्रिय अन्तर्राष्ट्रिय संघ, संगठन, राजनैतिक एवं सैनिक आवाज र ठुल ठुला द्वन्द भएर राष्ट्रसंघ समेत गठन भयो ।
समाजवाद र पुँजीवादका राम्रा पक्ष मिलाएर मिश्रित अर्थतन्त्र समेत संसारका धेरै मुलुकमा लागू भए । नेपालमा पनि सन १९४९ अप्रिल २२ मास्थापना भएको नेपाल कम्युनिस्ट पार्टी ले पनि श्रमजीवी सर्वहारा किसान मजदुर बर्गको राज्यसत्ताको लागि बदलिँदो राजनीतिक सभ्यता अनुसार लेनिनवादी संगठनात्मक क्रान्तिकारी अभियान चलाउदै आएको थियोे ।तत्कालीन अवस्थामा ढल्दै गरेको राणाशासनको प्रखर बिरोधी मात्र होइन,समाजवाद साम्यवादलाई राजनीति लक्ष्य बनाएको एउटा देशभक्त शक्तिका रुपमा पनि बिकास हुदै थियोे ।तत्कालीन नेकपाले मिति २००७ सालको दिल्ली सम्झौता र पछि कोशी,गण्डकी, सम्झौतालाई पनि राष्ट्रघाती सन्धि सम्झौता भनी बिरोध गरेको थियो ।
तर इतिहासका घटनाक्रमहरु सिधा रेखामा अगाडि बढ्दा रहेछन् भन्ने कुरा नेकपाको तेस्रो महाधिवेशन र केशरजंग रायमाझी प्रबृत्तिले देखाइसकेको छ ।
बर्तमन अवस्थामा नेपालका कम्युनिस्ट माक्सवादीहरुको त कुरै नगर्दा उत्तम हुन्छ । उनिहरु पहिलो बिषय कम्युनिस्ट माक्सवादी हुन कि होइनन् यसैमा संका गर्नुपर्ने अवस्था छ ।संख्यात्मक हिसाबले नेपालको कम्युनिस्ट आन्दोलन निकै उर्भर छ । तर बिचार सिद्धान्त र बैचारिक सांस्कृतिक स्तरमा अवस्था सुखद र गर्व गर्न लाएक छैन ।
कम्युनिस्ट क्रान्तिका लागि हजारौं युवायुवतीहरुले आफ्नो अमुल्य जीवन समाजवादी ब्यवस्थाका लागि बलिदान दिए तर नेतृत्वमा बसेर पार्टी र देश चलाउनेहरु बिस्तारवादी र साम्राज्यवादीका दलाल भएर निस्किए पछि के नै लाग्दोरहेछ ।सन १८९८ मा रसियाली सामाजिक जनवादी पार्टीको प्रथम महाधिवेशन भई पार्टी निर्माण भएको थियोे ।तर त्यो एउटा सच्चा क्रान्तिकारी मार्क्सवादी पार्टीका रुपमा स्थापित हुनसकिरहेको थिएन ।पहिलो महाधिवेशनले चुनेको सम्पुर्ण केन्द्रीय समिति जारशाहीको गिरफ्तारीमा परेपछि बिचाधारात्मक भ्रम र संगठनात्मक एकताको अभाव प्रयाप्त मात्रामा भयो।
एकातिर यो अवस्था थियोे भने अर्काेतिर उन्नाइसौं शताब्दीको अन्तमा युरोपमा शुरु भएको औधौगिक संकटको भेलबाट रुस पनि अछुतो रहन सकेन ।सन १९०० देखि १९०३ को ३ बर्षको अवधिमा मात्र ३००० कलकारखाना बन्द भए भने १००० जना त्यहा कार्यरत मजदुरहरु बेरोजगार भए ।बेरोजगार मजदुरहरुले आफ्नो पेशागत माग भन्दा पनि राजनीतिक माग सहितका आम हडतालको प्रारम्भ गर्न थाले । परिस्थिति जारशाहीका निम्ति प्रतिकुल र क्रान्तिकारीहरुका निम्ति अनुकुलताका रुपमा अंकुरित भईरहेका थिए ।यस्तो अवस्थामा जारशाहीले मजदुर आन्दोलन दबाउन सशस्त्र सैनिक तैनाथ गर्याे । राजनीति चेतना समेतले सम्पन्न रुसको मजदुर आन्दोलन एउटा ज्वारभाट जस्तै अगाडि बढ्न थालेपछि जारशाही मुर्दावाद भन्दै अगाडि बढ्दा यसका पछाडि संघर्षको दीक्षाले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियोे ।सरकारले लाठी र गोली कोर्राले बर्साउदै जेल निर्वासनका खाली ठाउँहरु क्रान्तिकारीहरुले भरिभराउ हुनु थाल्यो ।यसै सिलसिलामा लेनिनका बिचारहरुलाई बिजय गराउन र अर्थवादी सोचाइलाई पछार्नका निम्ति महत्त्वपूर्ण भुमिका निर्वाह गरेको थियोे । रसियन सामाजिक जनवादी पार्टी दोस्रो महाधिवेशन तयारीमा जुट्यो ।कार्यक्रमको मस्यौदा तयार पार्ने पारिरहदा इष्काको सम्पादकीय मण्डलमा एकातिर लेनिन र अर्कातिर प्लेखानोभ तथा अन्य बोर्डका सदस्यहरुका बीच गम्भीर मतभेदको स्थिति देखा पर्याे ।
लेनिनले मस्यौदा कार्यक्रममा सर्वहारा बर्गको अधिनायकत्व तथा क्रान्तिमा मजदुर बर्गको नेतृत्वदायी भुमिकाका बिषयमा प्रस्तुत गरेको बिचारमा सहमति कायम भयो । तर समाजवादी क्रान्ति पश्चात् जमिनको राष्ट्रियकरण गर्नुपर्ने लेनिनको बिचारका बिरुद्धमा प्लेखानोभ खडा भए जसको परिणाम मस्यौदा दस्तावेजमा लेनिन र प्लेखानोभका बीचमा स्पस्ट मतभेद देखा पर्याे ।रसीयाली सामाजिक जनवादी मजदुर पार्टी भाबी बोल्सेभिक र मेन्सेभिक बिचारधाराका रुपमा बिभाजित हुदै अगाडि बढ्यो ।अनेकौं उत्तरचढाब बीच रसियन जनवादी क्रान्तिले फ्रान्सेली क्रान्तिपछिको आधुनिक बिश्वको एउटा महान र निर्मम क्रान्तिका रुपमा रुसको अक्टोबर समाजवादी क्रान्तिले बिश्व इतिहासमा अनुपम महत्त्व राख्दछ ।राज्यक्रान्तिले मुख्यत पुँजीपति बर्गको हितको प्रतिनिधित्व गरेको थियोे भने सन १९१७ मा सम्पन्न रुसको यो क्रान्तिले समाजको सभन्दा शोषित अवस्थामा रहेको मजदुर बर्गको हितको प्रतिनिधित्व गरेको थियो ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...