pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

४९ जना कृषकलाई पुरस्कार 

janamukhi-1541415331.jpg

कार्तिक १८, २०७५
     तेस्रो थाहा महोत्सवमा ४९ जना कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

     मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा गत १० कार्तिकदेखि १८ सम्म कृषि, पर्यटन र पूर्वाधार, आर्थिक विकासको मूल आधार भन्ने मूल नारासहित सञ्चालित महोत्सवमा प्रदर्शनीमा ल्याइएका ५ सय बढी बालीहरुमध्ये मूल्याङ्कन गरी ४९ जनालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रदर्शनीबाट खाद्यान्न बालीतर्फ भवानी हमाल, हिरालाल श्रेष्ठ र रिता कार्की क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने हरेराम उपाध्याय, मनमाया थोकर र सुमलाल गोपालीले तरकारी बालीतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार पाएका छन् । 
त्यस्तै, मसलाबाली अन्तर्गत उत्कृष्ठ ठहरिएर सृजना महर्जन, संग्राम विष्ट र भीमबहादुर गोलेले  क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे । आलु बालीमा विवेक विष्ट प्रथम, केदार विष्ट द्वितीय र कविराज ढकाल तृतीय भएका छन् । फलफूलमा मात्रवप्रसाद सुवेदी, क्षेत्र बहादुर आले र गोपाल चन्हराले क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार हात पारेका छन् । विविध बालीअन्तर्गत शंकर महर्जनले प्रथम, चन्द्रमान महर्जनले द्वितीय र रश्मी श्रेष्ठले तृतीय पुरस्कार प्राप्त गरे । 
     प्रदर्शनीमा ल्याइएका बालीहरुलाई सात समूहमा विभाजन गरी प्रत्येक समूहबाट प्रथम, द्धितीय, तृतीय, सान्त्वना र प्रोत्साहनस्वरुप अन्य २१ वटा सान्त्वना स्थान निर्धारण गरिएको थियो । प्रदर्शनीमा राखिएका देउती मकै, खुमल–४ धान, सुपर ह्वाइट टप काउली, ग्रीन कोरनेट बन्दा, मूला, अकबरे खुर्सानी, पिरो खुर्सानी, बोसे अदुवा, धनिया, डेजिरे आलु, टिपिएस आलु, जनकदेव आलु, कार्डिनल आलु, मौरी, च्याउ, सिमी, कफी, किवी, सुन्तला, कागती, भेडे खुर्सानी, गोलभेडा, फर्सी, लौका, काँक्रो, ब्रोकाउली, भुई स्याउ, करेला, भण्टा, केराउ लगायतका बालीहरु पुरस्कृत भएका छन् । बाली अनुसार हुनुपर्ने भौतिक शुद्धता, रोगकिरा रहित, आकार–प्रकार, बजार अवस्था आदिका आधारमा बालीहरुको मूल्याङ्कन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय पालुङका बरिष्ठ कृषि अधिकृत सुजन अंगाईले बताउनु भयो ।  
     महोत्सवमा समापन समारोहका अवसरमा कृषिकहरुलाई मञ्चबाट पुरस्कार प्रदान गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय पालुङका बरिष्ठ कृषि अधिकृत सुजन अंगाई, थाहा नगरपालिका कृषि शाखाका प्रमुख कृषि अधिकृत सञ्जय तिवारी र तरकारी जोन सञ्चालक समितिका संयोजक सुदर्शन विष्टले कृषकहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्ट्रिक पम्प सहित ५ हजार रुपियाँको बीउ, द्वितीयलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको बीउ, तृतीय हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको बीउ पुरस्कार प्रदान गरिएको कृषि प्रदर्शनी कार्यक्रम संयोजक निरोज प्रधानले बताए ।  
प्रतियोगिताका लागि आर.आर.एग्रो. एण्ड जनरल सप्लायर्सले प्रथम पुरस्कारका लागि ७ वटा इलेक्ट्रिक पम्प,  नेपाल सिड कम्पनीले १ लाख रुपैया बराबरको विउविजन तथा अन्नपूर्ण बीज भण्डारले प्रमाण–पत्र(फ्रेमसहित)को खर्च व्यहोर्ने गरी सहयोग उपलब्ध गराएको थियो  । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले प्रतियोगिताका लागि सहयोग गरेका थिए । 
     आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कृषि पर्दशनी संयोजक निरोज प्रधानले मायाको चिनो प्रदान गरेका थिए ।
 

janamukhi-1541415364.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...