Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

४९ जना कृषकलाई पुरस्कार 

janamukhi-1541415331.jpg

कार्तिक १८, २०७५
     तेस्रो थाहा महोत्सवमा ४९ जना कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

     मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा गत १० कार्तिकदेखि १८ सम्म कृषि, पर्यटन र पूर्वाधार, आर्थिक विकासको मूल आधार भन्ने मूल नारासहित सञ्चालित महोत्सवमा प्रदर्शनीमा ल्याइएका ५ सय बढी बालीहरुमध्ये मूल्याङ्कन गरी ४९ जनालाई पुरस्कार प्रदान गरिएको हो ।
प्रदर्शनीबाट खाद्यान्न बालीतर्फ भवानी हमाल, हिरालाल श्रेष्ठ र रिता कार्की क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन् भने हरेराम उपाध्याय, मनमाया थोकर र सुमलाल गोपालीले तरकारी बालीतर्फ क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार पाएका छन् । 
त्यस्तै, मसलाबाली अन्तर्गत उत्कृष्ठ ठहरिएर सृजना महर्जन, संग्राम विष्ट र भीमबहादुर गोलेले  क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार प्राप्त गरे । आलु बालीमा विवेक विष्ट प्रथम, केदार विष्ट द्वितीय र कविराज ढकाल तृतीय भएका छन् । फलफूलमा मात्रवप्रसाद सुवेदी, क्षेत्र बहादुर आले र गोपाल चन्हराले क्रमशः प्रथम, द्वितीय र तृतीय पुरस्कार हात पारेका छन् । विविध बालीअन्तर्गत शंकर महर्जनले प्रथम, चन्द्रमान महर्जनले द्वितीय र रश्मी श्रेष्ठले तृतीय पुरस्कार प्राप्त गरे । 
     प्रदर्शनीमा ल्याइएका बालीहरुलाई सात समूहमा विभाजन गरी प्रत्येक समूहबाट प्रथम, द्धितीय, तृतीय, सान्त्वना र प्रोत्साहनस्वरुप अन्य २१ वटा सान्त्वना स्थान निर्धारण गरिएको थियो । प्रदर्शनीमा राखिएका देउती मकै, खुमल–४ धान, सुपर ह्वाइट टप काउली, ग्रीन कोरनेट बन्दा, मूला, अकबरे खुर्सानी, पिरो खुर्सानी, बोसे अदुवा, धनिया, डेजिरे आलु, टिपिएस आलु, जनकदेव आलु, कार्डिनल आलु, मौरी, च्याउ, सिमी, कफी, किवी, सुन्तला, कागती, भेडे खुर्सानी, गोलभेडा, फर्सी, लौका, काँक्रो, ब्रोकाउली, भुई स्याउ, करेला, भण्टा, केराउ लगायतका बालीहरु पुरस्कृत भएका छन् । बाली अनुसार हुनुपर्ने भौतिक शुद्धता, रोगकिरा रहित, आकार–प्रकार, बजार अवस्था आदिका आधारमा बालीहरुको मूल्याङ्कन गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय पालुङका बरिष्ठ कृषि अधिकृत सुजन अंगाईले बताउनु भयो ।  
     महोत्सवमा समापन समारोहका अवसरमा कृषिकहरुलाई मञ्चबाट पुरस्कार प्रदान गरिएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई, तरकारी जोन कार्यालय पालुङका बरिष्ठ कृषि अधिकृत सुजन अंगाई, थाहा नगरपालिका कृषि शाखाका प्रमुख कृषि अधिकृत सञ्जय तिवारी र तरकारी जोन सञ्चालक समितिका संयोजक सुदर्शन विष्टले कृषकहरुलाई पुरस्कार प्रदान गरेका थिए । प्रत्येक बाली समूहमा प्रथम हुनेलाई इलेक्ट्रिक पम्प सहित ५ हजार रुपियाँको बीउ, द्वितीयलाई इण्डियन पम्प १६ लि. र ३ हजार रुपियाँ बराबरको बीउ, तृतीय हुनेलाई चाइनिज पम्प र २ हजार रुपियाँ बराबरको बीउ पुरस्कार प्रदान गरिएको कृषि प्रदर्शनी कार्यक्रम संयोजक निरोज प्रधानले बताए ।  
प्रतियोगिताका लागि आर.आर.एग्रो. एण्ड जनरल सप्लायर्सले प्रथम पुरस्कारका लागि ७ वटा इलेक्ट्रिक पम्प,  नेपाल सिड कम्पनीले १ लाख रुपैया बराबरको विउविजन तथा अन्नपूर्ण बीज भण्डारले प्रमाण–पत्र(फ्रेमसहित)को खर्च व्यहोर्ने गरी सहयोग उपलब्ध गराएको थियो  । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना तरकारी जोन कार्यालय, पालुङ, शिखरकोट, थाहा नगरपालिका कृषि विकास शाखा तथा व्यक्तिगत रुपमा नेत्र केसी, सुरज प्रधान, कृष्णकाजी प्रधान, नवराज विष्ट, गौतम प्रधान र सुदर्शन विष्टले प्रतियोगिताका लागि सहयोग गरेका थिए । 
     आयोजक थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा कृषि पर्दशनी संयोजक निरोज प्रधानले मायाको चिनो प्रदान गरेका थिए ।
 

janamukhi-1541415364.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg