pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

२० हजार टन युरिया मल भित्रियो।

FB_IMG_1678432024678-1678432195.jpg

कृषि सामग्री कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको ३० हजार टन युरिया मलमध्ये २० हजार टन भित्रिएको छ । कम्पनीको मधेस प्रादेशिक कार्यालय वीरगन्जका सूचना अधिकृत आलोक कुमारका अनुसार वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र वीरगन्जको सिमावर्ती भारतीय सहर रक्सौल रेल्वे स्टेसनमा गरी ८ रेल्वे र्‍याकमा मल आइपुगेको हो । सामान्यतया एक रेल्वे र्‍याकले २ हजार ५ सय टन मल बोक्ने गर्छ । 

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको उक्त मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीले पाएको छ । उसले मलेसियाबाट खरिद गरी भारतको कोलकता बन्दरगाह हुँदै नेपालमा मल ल्याइरहेको छ । कुल ३० हजार टन मध्ये १२ हजार टन वीरगन्ज, १० हजार ५ सय टन भैरहवा र बाँकी ७ हजार ५ सय टन मल कम्पनी विराटनगर प्रादेशिक कार्यालयले पाउने छन् ।

वीरगन्ज र भैरहवाको मल वीरगन्ज नाका हुँदै भित्रिन्छ भने बिराटनगरको मल कोलकताबाट सोझै ट्रकमा बिराटनगर ल्याइँदै छ । चैते धान बाली सिजनका लागि ल्याइएको मल माग भएका जिल्लाहरुमा परिचालन समेत भइरहेको कुमारले जानकारी दिए । यसअघि ‘जीटूजी’ प्रक्रियाबाट भित्रिएको युरिया मल माग भएका जिल्लाहरुमा परिचालन समेत भइसकेको उनले बताए ।

२० हजार टन डीएपी कोलकता आइपुग्यो

कम्पनीले ग्लोबल टेण्डरबाट खरिद गरेको २० हजार टन डीएपी मल पनि कोलकता बन्दरगाह आइसकेको कुमारले जानकारी दिए । स्विस सिंगापुर कम्पनी नै आपूर्तिकर्ता रहेको सम्झौताको मल शुक्रबार कोलकता बन्दरगाह आइपुगेको उनले बताए । ‘कोलकाता आइपुगेको मल अहिले त्यहाँ रि प्याकिङको काम भइरहेको छ,’ उनले भने, ‘फागुन २८ पछि नेपाल आइपुग्न थाल्छ ।’ यो मल पनि चैते धान बाली सिजनकै लागि ल्याइएको उनले बताए ।

इकान्तिपुर 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg