jkmv-english-1784299234.jpg
Wednesday, 29 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

साना किसान मनहरीले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिदै ,

manahari-1692375045.jpg

मनहरी ८ सिम्पानीमा अवस्थित साना किसान कृषि सहकारी सस्था लिमिटेडले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
आर्थिक बर्ष २०८०/०८१ मा संस्थाका शेयर सदस्यहरुलाई पशुपालनतर्फ भब्य तब्य पर्दा पशु मरेर जादा पनि आर्थिक रुपमा सुरक्षित रहोस भन्ने उद्देश्यले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईएको सस्थाका अध्यक्ष बिमला कार्कीले जानकारी दिनुभयो । लम्की रोगका कारण स्थगन गरिएको पशु बिमा भदौ १ गते देखि शुरु गरेको हो ।

 

किसानहरुले पशु बिमा गराउदा पशुको मुल्यांकित रकमको १% जम्मा गरि पशु बिमा गर्न सकिने सस्थाको मुख्य प्रबन्धक ज्योती सुबेदिले बताउनुभयो । किसानहरुले पशु बिमा गरिसकेपछी पशु मरेको खण्डमा पशुको मुल्यको ८० प्रतिशत रकम प्राप्त गर्नेछन । सस्थाको पशु प्राबिधिक र मुल्यांकन समितीले गाई भैसिको मूल्य निर्धारण गरिने प्राबधान अनुसार किसानको गाई भैसिको मूल्य निर्धारण हुने समेत मुख्य प्रबन्धक सुबेदिले जानकारी दिनुभयो ।

 

नेपाल सरकारसङ्गको साझेदारीमा सरकारले दिने ८०% अनुदान सानाकिसान बिकास लघुबित्तिय सस्था मार्फत
नेपाल सरकारको पशु बिमा प्रिमियम अनुदान सस्थाले पाउने गरेकोछ ।

 

गत आर्थिक बर्षमा मात्रै सस्थाले २५९ वटा पशुको बिमा गरेको थियो । भने गत सालै १५ वटा पशुको मृत्यु भएको थियो । १५ वटा पशु धनिहरुलाई ८० प्रतिशत रकम बराबर हुन आउने रु ६ लाख १८ हजार रुपैया कृषकलाई भुक्तानी गरेको थियो ।

 

चालू आर्थिक बर्षमा २ वटा पशुको मृत्यु भएको र किसानलाई पशु बिमा कार्यक्रम अन्तर्गत साउन महिनामा बिमा प्रिमियम नगद ७२ हजार रुपैया हस्तान्तरण गरिसकेकोछ । यस बर्ष चन्द्र माया नेगि र सीता भण्डारी उप्रेती गरि दुईजनाले पशु बिमा प्रिमियम अन्तर्गत रकम प्राप्त गरिसकेकोछ ।

२ हजार तिनसय १५ जना शेयर सदस्य रहेको सस्थाले आफ्ना शेयर सदस्यहरुको मात्र बिमा गर्दै आईरहेको छ । सस्थाले आफ्ना शेयर सदस्यहरुलाई पशु बिमा गरि पशुपालनमा गरिएको लगानी सुरक्षित गर्नको लागि पनि बिमा कार्यक्रममा सहभागी हुन आग्रह गरेकोछ । सस्थाले आफ्नै लगानिमा कृषि तथा पशु प्राबिधिक नियुक्ति गरि किसानलाई सेवा दिदै आईरहेकोछ ।

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन
FB_IMG_1785209219695-1785209374.jpg

थाहा नगरपालिका वडा नम्बर ४ मा निर्माणाधिन दामन–नयाँगाउँ खानेपानी परियोजनाको अनुगमन गरिएको छ । मकवानपुरको...

लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...