bipad-1691926127.jpg
Tuesday, 03 Oct, 2023
379655816_154951827578763-1696297773.jpg

कृषि

लम्पी स्किन रोग बाट बच्ने एउटै उपाए:-गोठ वरपरको बाताबरण सफा राखौ।

FB_IMG_1694784413665_2-1694784821.jpg

लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिने पक्स भाइरस(विषाणु) समूहको लम्पी स्किन भाइरले लाग्ने रोग हो । अफ्रिकी महादेशमा मात्रै सिमित यो रोग सन् २०१२ पश्चात मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान लगायत बालकन्स क्षेत्र हुँदै सन् २०१९ जुलाईमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्ततिर भारतमा समेत देखापरेको थियो ।

नेपालमा वि.सं २०७७ साल असार महिनाको अन्त्मि सातातिर मोरङजिल्लामा केही गाईमा लम्पी स्किनसँग मिल्दो लक्षणहरु देखापरेपछि पशु सेवा विभागले आवश्यक नमुना संकलन गरी परिक्षण गर्दा नेपालमा २०७७ साल श्रावण महिनाको ११ गते यो रोग नेपालमा पहिलो पटक पुष्टि भएको छ । विश्व पशु स्वास्थय संगठनले पनि नेपाल लम्पी स्किन रोग देखापरेको प्रमाणीत भएको जनाएको छ ।

सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग नेपालमा रोगी पशु भित्रिएर फैलिएको अनुमान छ । रोग फैलिँदै जानुमा सीमा नाकाका पशु क्वारेन्टाइन कार्यालयको हेलचेक्रयाइँलाई पनि एउटा कारण मानिएको छ । पशु सेवा विभागका अनुसार हालसम्म मोरङ, रौतहत, चितवन र मकवानपुरमा यो रोगको संक्रमण भेटिएको छ ।

रोगको मुख्य लक्षणहरुमा : घाँटी, पुच्छर वरिवरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने, उच्च ज्वरो(१०५ फारेन्हाइट भन्दा माथि) आउने, कचेरा, सिंगान बग्ने तथा मुखबाट फिंज धेरै निकाल्ने, ८० प्रतिशत सम्म दूध उत्पादन घट्ने, बाँझेपना हुने, ४५ प्रतिशत सम्म गाईभैंसीहरु बिरामी पर्ने र १० प्रतिशतसम्म मृत्युदर हुने हुन्छ ।

यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाईबाट सर्ने गर्दछ । यसबाहेक संक्रमित गाईभैसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृतिम गर्भाधनमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि रोग सर्ने गर्दछ । यो रोग संक्रमित गाईंभैंसीबाट जन्मिएका बाच्चाबाच्छी/पाडापाडीमा समेत सर्ने गर्दछ ।

यो रोगको ठोस उपचार नभएकाले प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नुपर्दछ । यस रोगविरुद्धको खोप हाल नेपालमा उपलब्ध नभएको हुँदा रोग देखिएको क्षेत्रबाट गाईभैंसीको ओसारपसार नियन्त्रण गर्नु र गोठ वरिपरिको वातावरण सफा राख्नु नै हाललाई यो रोगविरुद्धको लडार्ईको मुख्य हतियार हो ।मिश्र थाहा नगरपालिका वडा न ३ र ४ का पशु प्राविधिक हुन।

FB_IMG_1694784643538-1694784845.jpg
FB_IMG_1694784641125-1694784845.jpg
368434171_615037517201311-1692942851.jpg
shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
नेपालगन्जमा कर्फ्युको बीच झडप,सेना परिचालन
1696334610311-1696334626.jpg

    रुपन्देही । बाँकेको नेपालगञ्जमा कर्फ्यूका बीच दुई समूहबीचको झडप भएपछि नेपाली सेना परिचालन गरिएको छ ।...

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प
1696332919703-1696332933.jpg

बझाङको चैनपुर केन्द्रविन्दु भएर ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । आज मङ्गलवार दिउँसो ३ बजेर ६ मिनेटमा...

धादिङमा पुलबाट त्रिशुली नदीमा हामफाली एकजना बेपत्ता
IMG-3905-1696316736.jpg

धादिङको गजुरी गाउपालिका वडा न.५ घाटबेशी स्थित नयाँपुलबाट त्रिशुली नदीमा हामफाली एक जना बेपत्ता भएका छन् । सोमबार...

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य
FB_IMG_1696296011995-1696301579.jpg

                  १६ असोज, हान्झाउ । १६ असोज, काठमाडौं । चीनको हान्झाउमा जारी १९औं एसियाली...

विधेयक नआउँदै कर्मचारी आन्दोलित
karmachari_nepal-1696297258.jpg

 । शिक्षक तथा चिकित्सकको आन्दोलन सेलाउन नपाउँदै स्थानीय तहमा कार्यरत कर्मचारीले पनि सङ्घीय निजामती सेवा...

ग्यासमा कर दक्षिण एसियाकै उच्च
FB_IMG_1696296926918-1696296938.jpg

ग्यासमा कर दक्षिण एसियाकै उच्च  अर्थ, कर्पाेरेट, ब्यानर, खुला, राष्‍ट्रिय   लक्ष्मी सापकोटा शेयर...

देशको एक दुई स्थानमा भारी बर्षाको सम्भावना
FB_IMG_1691910023736-1693-1696296620.jpg

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको दक्षिण–पश्चिम बिहार र उत्तर...

एसियाली खेलकुद : नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै भारत
FB_IMG_1696296011995-1696296027.jpg

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपालले भारतको सामना गर्दैछ ।...

थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...