pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

लकडाउनमा बाँझो खने अनुदान, खेती नगरे दण्ड

Makwanpur-Gadi-1589020156.jpg

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले लकडाउनमा बाँझो जग्गालाई खनजोत गरी कृषि उत्पादन र पशुपालन गर्नेलाई अनुदान दिने भएको छ ।

लकडाउनको प्रभावले गाउँपालिकामा खाद्यसंकट उत्पन्न हुन सक्ने परिस्थितीलाई मध्यनजर गर्दै ५ वर्षदेखि बाँझो जग्गा उपयोग गरी कृषि पेसा गर्नेलाई मल, बिउ र खनजोतको लागि प्रोत्साहन स्वरुप अनुदान दिने निर्णय कार्यपालिकाले गरेको हो । गाउँपालिकाभित्र ६० प्रतिशत जग्गा बाँझो रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले भू–उपयोग कार्यविधि २०७७ (संशोधनसहित) कार्यान्वयनमा ल्याउँदै कृषि उत्पादन बढाउनको लागि बाँझो जग्गामा खेती गर्न गाउँपालिकाबासीलाई सूचित गरेको कार्यालयले जनाएको छ । गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले खेतियोग्य जग्गा बाँझो नराख्न तथा आवश्यक अनुदान उपलब्ध गराउनका लागि आवश्यक निर्णय लिइएको बताए ।

गाउँपालिकाले विभिन्न शिर्षकमा १५ सय देखि ५ हजारसम्म प्रति रोपनीका दरले अनुदान दिने व्यवस्था गरेको छ । बाँझो जग्गामा फलफूल खेती गरेमा प्रति रोपनी २ हजार, अन्नबाली, तरकारीवाली, नगदेवाली र मसलेदार खेती गरेमा २ हजार ५ सय, गाउँपालिका भन्दा बाहिर बस्ने विपन्न तथा मजदुरले निजी वा भाडामा लिएर खेती गरेमा ३ हजारका दरले अनुदान दिने गाउँपालिकाले जनाएको छ ।

आफ्नो स्वामित्वमा रहेको वा भाडामा लिएर बाँझो जग्गामा सुधारिएको गोठ वा खोर निर्माण गरी घाँस लगाउँदै व्यवसाायिक पशुपालन गरेमा प्रति रोपनी ३ हजार, बाँझो जग्गामा ३० वटा बाख्रा, ५ वटा गाई र १० वटा बंगुर पाल्ने गरी गोठ वा खोर निर्माण गर्न मुल्याङ्कनको आधारमा बढीमा १ लाख सम्म अनुदान दिने व्यवस्था गाउँपालिकाले गरेका छ ।

यसैगरी माछापालन गर्नका निम्ति पोखरी निर्माण गरी प्रयोगमा ल्याएमा १५ हजार, मौरीपालन गर्ने कृषकलाई प्रति घार ५ हजार, व्यवसायिक जडिबुटी खेती गर्नका लागि प्रति रोपनी ५ हजारसम्म अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष हुमागाईंले जानकारी दिए ।

गाउँपालिकाको निर्णय अटेर गर्ने कृषकलाई दण्डको व्यवस्था पनि गरिएको छ । खेतीयोग्य जग्गा बाँझो राखेमा गाउँसभाबाट अनुमोदन हुने गरी भूमिकरमा बृद्धि गरिने, जग्गाधनीलाई अनुदानका कार्यक्रमबाट बञ्चित गरिने र गाउँपालिकाले प्रदान गर्ने सेवाबाट समेत बञ्चित गर्न सकिने जनाइएको छ ।

गाउँपालिकाकाले निर्णय विपरित बाँझो जग्गा राखेमा कुनै जग्गा नभएको मोहीले कमाउन चाहेमा गाउँपालिकाले उपलब्ध गराउने सक्ने बताइएको छ । कृषकले खेती गर्न नसकेको खण्डमा त्यस्तो बाँझो जग्गा गाउँपालिकाको भूमि बैंकमा जग्गा गर्नुपर्ने नियम छ ।

अध्यक्ष हुमागाईंका अनुसार विदेशबाट फर्किएका वा जाने तयारीमा रहेका विपन्न समुदायका एकसय जना युवालाई तालिमसहित कृषि तथा पशुपालनका लागि प्रोत्साहन गर्न बीउ पुँजी सहयोग गर्ने गाउँपालिकाको योजना छ । शिलापत्रबाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...