Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

राष्ट्रिय कृषि गणना, २०७८ को नतिजा सार्वजनिक

agricultire-poppulation_g-1694165289.jpg

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय कृषि गणना २०७८ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज एक कार्यक्रमकाे आयोजना गरेर हरेक १० वर्षमा हुने गणनाको नतिजा सार्वजनिक गरेकाे हाे ।
नतिजा सार्वजनिक कार्यक्रममा कृषि गणना २०७८ अनुसार कृषक परिवारले १२ लाख ९ हजार २ सय ६५ दशमलव ५ हेक्टर जग्गामा सिचाई सुविधा लिएको र प्रत्येक कृषक परिवार अन्तर्गतको ५४ दशमलव ५ प्रतिशतमा सिँचाइ सुविधा उपलब्ध भएको जानकारी दिइएको छ । यस्तै ३९ लाख ९९ हजार खेतीपाती आवद्ध भएको देखिएको छ, भने, १ लाख ३२ हजार ले पशुपंक्षी मात्र पाल्ने गरेको पाइएको छ । २०६८ को विवरण अनुसार ३७ लाख १६ हजार परिवार खेितपातिमा र १ लाख १६ हजार पशुपंक्षी पालनमा थिए ।
उक्त सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले १६ औँ योजना तर्जुमा गर्दा उत्पादन र रोजगारी वृद्धि गर्ने कार्यक्रम तर्जुमा गर्ने भन्नुहुँदै कृषि क्षेत्रमा सुधार गर्ने योजना तर्जुमा गर्न राष्ट्रिय कृषि गणना २०७८ को नतिजा फलदायी हुने बताउनुभयो । उहाँले कृषिको रूपान्तरण गरी कच्चा पदार्थ र उपभोग्य पदार्थ उत्पादन गरी कृषिमा आधारित उद्योग विकास गर्नुपर्ने बताउनुभयो ।
नतिजा सार्वजनिक कार्यक्रममा विगतको गणना भन्दा यस गणनामा सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न वाली र गत वर्ष भन्दा यस पटक फलफूल बाली पनि बढेको देखिएको जानकारी दिइएको छ । उक्त कार्यक्रममा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवारमा पनि वृद्धि भएको भन्दै उन्नत गाई र भैँसी पालनको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको जानकारी दिइएको थियो ।
कृषि गणना २०७८ का अनुसार ४२ हजार ८ कृषक परिवारले ४८ हजार ७ सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ भने पुष्प तथा नर्सरी खेती, मौरी पालन र च्याऊँ खेतीमा पनि कृषकहरूमा आर्कषण बढेको जनाइएको छ ।
कृषि गणना २०७८ का अनुसार ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषि कार्यबाट भएको आम्दानीले खान पुग्ने बताएका छन् भने जम्मा कृषक परिवार मध्ये २६ प्रतिशत परिवारले कृषि कार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप सञ्चालन गर्ने गरेको पनि नतिजामा जनाइएको छ ।
कृषि गणना २०७८ का अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो वर्षका गणनाले कृषक परिवार ७१ प्रतिशत देखाएको थियो । आज सार्वजनिक नतिजा अनुसार ३ लाख ८ हजार ५ सय १२ कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने अनुदान पाएका मध्ये सबैभन्दा बढी कृषकले रासायनिक मल खरिद गरेको जनाएका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg