himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

मेयर वडा स्तरीय तरकारी पकेट अन्तर्गत थाहा ११ का कृषकलाई कृषि सामाग्री प्रदान,

1707128509799-1707128938.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको ११ नम्बर वडाका किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना प्रकाशित गरी मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम सञ्चालनका लागि निवेदन आव्हान गरेको थियो ।

नगरपालिकाले आव्हान गरेको सूचनाका आधारमा मापदण्ड पुगी छनोट भएको नव प्रगतिशील पसुपंछी कृषि समुह थाहा–११ अन्तर्गतका किसानहरुलाई २१  माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३८ वटा मिनिटिलर, स्प्रेयर पम्प २५ थान,डिजिटल काँटा तराजु १० थान,पाइप १७ सय मिटर २० एमएम,१६ सय मिटर २५ एमएम र ३ सय मिटर ३२ एम एम,५० मिटर ४० एमएम, मल्चिङ प्लास्टिक २५ रोल ,ग्राडेन पाइप १०० थान,हजारी १० थान,स्प्रीङकल ५० थान सानो ८ थान ठुलो,हिलटेक ट्याङ्की ७ थान,वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत  कार्यक्रम अन्तर्गत स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
 तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । किसानहरुले कृषि उपकरण पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।
कृषि सामाग्री वितरण कार्यक्रममा वडा न ११ का अध्यक्ष अध्यक्ष दिनेश बल,थाहा नगरपालिका कृषि शाखा प्रमुख सन्जय तिवारी,कृषि शाखा सहायक अधिकृत ज्ञानु भट्टराई,कृषि सहायक राजकुमार श्रेष्ठ लगायतका उपस्थित रहेको थियो।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg