udhog-1721203328.jpg
Saturday, 27 Jul, 2024
jkmv-1721483934.jpg

कृषि

मेयर वडास्तरीय तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहा १२ मा कृषि सामाग्री वितरण

421715938_130128186056131-1705925497.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरणतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको १२ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । थाहा नगरपालिकाले १ भाद्रमा सूचना प्रकाशित गरी मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम सञ्चालनका लागि निवेदन आव्हान गरेको थियो ।

नगरपालिकाले आव्हान गरेको सूचनाका आधारमा मापदण्ड पुगी छनोट भएको सुन्तलाबारी कृषक सहकारी थाहा–१२ अन्तर्गतका किसानहरुलाई ८ माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३९  वटा मिनिटिलर, स्प्रेयर २२ थान,डिजिटल काँटा तराजु १० थान,पाइप ३ सय मिटर २० एमएम २५ थान,मल्चिङ प्लास्टिक १० रोल ,ग्राडेन पाइप १५ केजि,सिल्पोलिन प्लास्टिक ७ थान,स्प्रीङकल १०० थान,एप्रोन सेट १५ थान, वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत  कार्यक्रम अन्तर्गत स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
 तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार सञ्चालन भएकोे मेयर वडास्तरीय तरकारी पकेट प्याकेज कार्यक्रमबाट नगरको कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले तीन स्थानमा कार्यक्रम सञ्चालन गर्ने पालिकाको योजना छ । किसानहरुले कृषि उपकरण पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको उल्लेख गरे । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, प्रमुख विष्टले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार छ ।’
तेसैगरी प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले अब परम्परागत कृषि प्रणाली त्यागी आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि नगरपालिकाले यस्ताखालको कार्यक्रम ल्याएको बताउदै कृषकहरुको हितमा कार्यगर्न नगरपालिका सधै तत्पर रहेको उल्लेख गरे।
सुन्तलाबारी कृषि सहकारीका अध्यक्ष क्षेत्र बहादुर आले मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, १२ नम्बर वडा अध्यक्ष टिकाराम स्याङ्तान ११ न वडाका अध्यक्ष दिनेश बल, कृषि विकास अधिकृत विकास विक, कृषि प्राविधिक ज्ञानु भट्टराई , वडा सचिव ओबजंग रोकाया,पशु शाखा प्रमुख निकास ब्लोन ,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।
थाहाको तीन वटा वडामा लागू भएको मेयर वडा स्तरीय तरकारी पकेट कार्यक्रम थाहा ९ र १२ मा वितरण भैसकेको छ भने केही दिनमा वडा न ११ मा बितरण गरिने थाहा नगरपालिका कृषि शाखाले जनाएको छ।


world-link-1690434568.jpg
युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन
1722006128102-1722006203.jpg

हेटौंडा, ११ साउन/हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले...

राक्सिराङका २३ विद्यार्थीलाई क्रान्तिकारीको सम्मान
1722000156334-1722000226.jpg

हेटौंडा, ११ साउन/अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) र एकीकृत अखिल नेपाल शिक्षक  सङ्गठन...

मनोरञ्जन क्षेत्रमा सम्मानपूर्वक काम गर्ने वातावरण बनाउन माग, पालेर्मो प्रोटोकलको घरेलुकरणमा जोड
452997603_122174066402056-1721999854.jpg

 ११ साउन, काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई दिन नसकेको...

कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने परिक्षा बोर्डको तयारी
FB_IMG_1719452511697-1719-1721984811.jpg

साउन ११, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल...

डकुड्रामा हामी छौ को भव्य प्रिमियर
1721974581108-1721974771.jpg

सलोन सलिना फिल्सस्को प्रस्तुतीमा निर्माण भएको डकुड्रामा ‘हामी छौं (सिजन १)’ को प्रिमियर काठमाडौंको...

अब सरकारमा जाने होइन, जनतामा जाने र पार्टी सुदृढ गर्नेतिर ध्यान दिइनेछ : प्रचण्ड
IMG-20240724-WA0000-1721970075.jpg

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब सरकारमा जाने भन्दा जनतामा...

अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम अन्तर्गत दुर्गादेवीका विद्यार्थीहरुलाई सहयोग
FB_IMG_1721840337594-1721840358.jpg

थाहा नगरपालिका वडा नम्बर ५ को दुर्गादेवी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।...

थाहामा गरिब परिचयपत्र पाएकाले मात्र जटिल रोगको मासिक उपचार खर्च पाउने,
1721838805270-1721838838.jpg

नेपाल सरकारले विभिन्न जटिल प्रकृतिका रोगको उपचारको लागि उपलब्ध गराउने मासिक खर्च अब गरिब परिचयपत्र पाएकाहरुलाई...

दुर्घटनामा परेका सौर्य एयरलाइन्सका क्याप्टेनको उद्धार, लगियो अस्पताल
FB_IMG_1721807346674-1721807678.jpg

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ। सौर्यको ९...