himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

मेयर तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहा ७ मा कृषि सामाग्री बितरण

FB_IMG_1740392413863-1740394528.jpg

आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न ७ मा रहेको दुई समूह लाई कृषि सामाग्री वितरण गरिएको छ।
थाहा नगरपालिका वडा न ७ राम्चेमा रहेको पारिजात  कृषक समुह र डाडाबासमा रहेको सुन्दरीदेवी कृषि समूह लाई कृषि सामाग्री वितरण गरिएको हो।

सुन्दरी देवी कृषक समुहलाई मिनिटिलर ७ एच पि १५ थान,मिनि टिलर डिजल २ थान,स्पे पम्प ४८ थान,मल्चिङ पाल्स्टिक ३०रोल,डिजिटल काटा ९ थान,सिम्पोलिन ४ थान,हिलटेक २ हजार लिटरको १ थान,हिलटेक १ हजार लिटरको २ थान,हिलटेक ५ सय लिटरको ५ थान,गार्डेन पाइप ८६ केजी,हजारी १० लिटरको २६ थान,स्पृङ्कक ठूलो ५ थान सानो १ थान को कृषि सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिए।
तेसै गरि पारिजात कृषि समुहलाइ मिनिटिलर पेट्रोल १७ थान,मिनिटिलर डिजल २ थान,स्प्रे पम्प ४० थान,युभी प्लास्टिक १ सय माइक्रोनको २ रोल,मल्चिङ प्लास्टिक २० रोल,बायोटिक चुन २ सय ८० केजी,हिलटेक १ हजार लिटरको २ थान,डिजिटल काटा ३ थान,स्प्रीङकल ठूलो सानो १२० थान,एचडिइपि २० एम एम को पाइप ३ सय ४ मिटर र एप्रोन सेट ३० थान प्रदान गरिएको हो।
कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र रायमाझीले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने "किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए "।
कृषक समुहका अध्यक्ष इमान सिं तामाङ र राजकुमार मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा ७ न वडा अध्यक्ष शिवराज थिङ,वडा सदस्य देवेन्द्र थापा,कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ ,वडा कृषि प्राविधिक उत्तम धिमाल,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रमको लागि पालिकाले १२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले २७ साउनमा सूचना प्रकाशन गरी किसानहरुबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने कृषि शाखा प्रमुख सन्जय तिवारीले बताउनुभयो।

FB_IMG_1740392424546-1740394528.jpg
FB_IMG_1740392435799-1740394563.jpg
FB_IMG_1740392420115-1740394563.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg