Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

कृषि

मेयर तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहा ७ मा कृषि सामाग्री बितरण

FB_IMG_1740392413863-1740394528.jpg

आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न ७ मा रहेको दुई समूह लाई कृषि सामाग्री वितरण गरिएको छ।
थाहा नगरपालिका वडा न ७ राम्चेमा रहेको पारिजात  कृषक समुह र डाडाबासमा रहेको सुन्दरीदेवी कृषि समूह लाई कृषि सामाग्री वितरण गरिएको हो।

सुन्दरी देवी कृषक समुहलाई मिनिटिलर ७ एच पि १५ थान,मिनि टिलर डिजल २ थान,स्पे पम्प ४८ थान,मल्चिङ पाल्स्टिक ३०रोल,डिजिटल काटा ९ थान,सिम्पोलिन ४ थान,हिलटेक २ हजार लिटरको १ थान,हिलटेक १ हजार लिटरको २ थान,हिलटेक ५ सय लिटरको ५ थान,गार्डेन पाइप ८६ केजी,हजारी १० लिटरको २६ थान,स्पृङ्कक ठूलो ५ थान सानो १ थान को कृषि सामाग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिएको कृषि शाखा प्रमुख सन्जय तिवारीले जानकारी दिए।
तेसै गरि पारिजात कृषि समुहलाइ मिनिटिलर पेट्रोल १७ थान,मिनिटिलर डिजल २ थान,स्प्रे पम्प ४० थान,युभी प्लास्टिक १ सय माइक्रोनको २ रोल,मल्चिङ प्लास्टिक २० रोल,बायोटिक चुन २ सय ८० केजी,हिलटेक १ हजार लिटरको २ थान,डिजिटल काटा ३ थान,स्प्रीङकल ठूलो सानो १२० थान,एचडिइपि २० एम एम को पाइप ३ सय ४ मिटर र एप्रोन सेट ३० थान प्रदान गरिएको हो।
कार्यक्रममा थाहा नगरपालिकाका आर्थिक बिकास समिती संयोजक हिरेन्द्र रायमाझीले नगरलाई तरकारीको पकेट क्षेत्रका रुपमा विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको बताए । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, उनले भने "किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार रहेको बताए "।
कृषक समुहका अध्यक्ष इमान सिं तामाङ र राजकुमार मोक्तानको सभापतित्वमा भएको कार्यक्रममा ७ न वडा अध्यक्ष शिवराज थिङ,वडा सदस्य देवेन्द्र थापा,कृषि शाखाका सहायक राजकुमार श्रेष्ठ ,वडा कृषि प्राविधिक उत्तम धिमाल,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।
यस कार्यक्रमको लागि पालिकाले १२ लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

स्वीकृत कार्यक्रमका लागि पालिकाको कृषि विकास शाखाले २७ साउनमा सूचना प्रकाशन गरी किसानहरुबाट प्रस्ताव माग गरेको थियो । तरकारी पकेट कार्यक्रम संचालन निर्देशिका अनुसार गरिने कार्यक्रम थाहा नगरपालिका क्षेत्रमा ३ वटा कार्यक्रम कम्तीमा १४० रोपनी क्षेत्रफलका दरले संचालन गरिने कृषि शाखा प्रमुख सन्जय तिवारीले बताउनुभयो।

FB_IMG_1740392424546-1740394528.jpg
FB_IMG_1740392435799-1740394563.jpg
FB_IMG_1740392420115-1740394563.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...