Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

कृषि

मुख्यमन्त्री जम्कट्टेलद्वारा कृषि फार्मको शिलान्यास

Bagamati-CM-News-Photo@-M-1694535000.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल मकवानपुरगढी गाउँपालिका ५ स्थित सानोसुकौरामा एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्रको शिलान्यास गर्नुहुँदै । तस्बिर : राममणि दाहाल

मकवानपुरगढी गाउँपालिका –५ स्थित सानोसुकौरामा एकीकृत कृषि फार्म तथा पशुपालन तालिम केन्द्र निर्माण हुनेभएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले माइती नेपालले निर्माण र सञ्चालन गर्ने एकीकृत कृषि फार्म तथा तालिम केन्द्र भवनको मङ्गलबार मकवानपुरको मकवानपुरगढी गाउँपालिका –५ सानोसुकौरामा शिलान्यास गर्नुभयो ।

माइती नेपालले द कोकाकोला फाउण्डेशनसँगको सहकार्यमा ६५ रोपनी जग्गामा एक करोड ९२ लाख रुपियाँको लागतमा आवासीय सुविधासहितको तालिम केन्द्र, कृषि तथा पशुपालन फार्म निर्माण गर्न लागिएको हो । 

भवन शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले केन्द्र निर्माणले मानव बेचबिखन रोकथाम र महिला अधिकार प्रबर्धनसँगै ग्रामीण, कृषि र आर्थिक विकासमा सहयोग गर्ने बताउनुभयो । 

कार्यक्रममा प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बाँनिया र माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले एकीकृत कृषि फार्म तथा तालिम केन्द्रले एकीकृत खेती, कृषि तालिम र कृषि पर्यटनको संयोजन गरेर महिलालाई आर्थिक रूपमा सशक्तिकरण गर्न सहयोग पुग्ने बताउनुभयो । 

मानव बेचबिखनमा परेका र पर्न सक्ने सम्भावित समुदाय, क्षेत्रका जोखिम उन्मुखलाई तालिम दिइ समाजमा पुनस्र्थापना गर्ने उद्देश्यसहित एकीकृत कृषि फार्म तथा पशुपालन तालिम केन्द्र स्थापना गर्न लागेको माइती नेपालले जनाएको छ ।

आवासीय सुविधासहितको तालिम केन्द्र निर्माण गर्न सुकौरा एग्रो प्रालिले माइती नेपाललाई सो जग्गा १० वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ । एकीकृत कृषि फार्ममा तालिम हलसहित ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा र गाईपालन गरिने जनाइएको छ ।गोरखापत्र अनलाइन 

mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...