pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

मन्त्रीहरुले रोपेका बिरुवा सबै मरे ।

49937880_358574008291752_-1547532344.jpg

-शम्भु अधिकारी

गत असोज ११ गते सेप्टेम्बर २७ तारीखका दिन बिश्व पर्यटन दिबसको अबसर पारेर प्रदेश ३ को सरकारले भिमफेदी गाउपालिका ९ स्थित मैत्री बगैचामा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल सहितको प्रदेशका सबै मन्त्रीहरु, भिमफेदी गाउँ पालिकाका अध्यक्ष हिदम लामा , थाहा नगर प्रमुख लबशेर बिस्ट, इन्द्र्सरोबर गा पा प्रमुख जीवन लामा, प्रदेश साम्सद, मन्त्रालयका सचिबहरुको जम्बो टोलिले एक मन्त्री एक बिरुवा भन्दै मैत्री बगैँचालाई स्मारक बनाउन्र भन्दै बिक्षारोपण गरि मनायो। जस अन्तरगत भिमफेदी गाउपालिका थाहा नगरपालिका र इन्द्रसरोबर गाउपालिकालाई समेत समेटेर प्रदेश ३ को पर्यटन बिकासकोलागि भन्दै , मैत्री बगैंचाको स्तरोन्नति , दामन घुम्न जाउ बर्ष, चन्द्रागिरीमा भ्यु टावर लगाएतका कार्यक्रमहरुको सुभारम्भ, सिलान्यास गरि भब्य रुपमा मनायो । तर सो कार्यक्रमहरु केबल शुभारम्भ र शिलान्यासमा मात्र सिमित हुन पुगेको होकि भनी हाल आएर आभास हुन थालेको छ । जस्को उदाहरण हो मैत्री बगैचा ।

जहाँ एक मन्त्री एक बिरुवा मुख्य मन्त्री डोरमणी पौडेल , पर्यटन मन्त्री अरुण नेपाल लगाएतका प्रदेस मन्त्रीहरुले तामझामका साथ रोपेका थिए । हाल बिरुवा सुकेर दाउरा भैसक्यो जस्को संरक्षकत्व गर्न न स्थानीयको ध्यान गएको छ न गाउपालिकाको मैत्री बगैचालाई स्मारक बनाउनको लागि गुरुयोजना तयार भैरहेको गाउपालिका अध्यक्ष हिदम लामाले थाहापाटीलाई बताउनु हुन्छ ।

अध्यक्ष लामाले सो काम प्रदेस सरकारले गरेको र स्थानीय तहलाइ हस्तान्तरण नगर्दा समस्या आएको बताउनु हुन्छ । वहाँले मैत्री बगैचाको स्तरोन्नतिकोलागि प्रदेश सरकारले पच्चीस लाख र गाउँ पालिकाले बीस लाख रकम बिनियोजित गरेको भन्दै डि पि आर तयार गर्न लागेको बताउनुभयो ।पहिला तेहा रहेको अनाधिकृत बस्ती हटाउने पहल भैरहेको भन्दै भुकम्प पछि बन कब्जागरि बसेकाहरुले फोहोर गर्ने प्राकृतिक सम्पदा संरक्षण नगर्ने गरेकोले समस्या आएको बताउनुहुन्छ ।

यस्को संरक्षणको लागि सबै भन्दा बढी भुमिका स्थानीयकाे हुनुपर्ने बताउनु हुन्छ लेकालि बसिफाट मा बि का अध्यक्ष बिनोद कुमार लामा । वहाँले स्थानीय सरकारले अभिभाबकत्वको भुमिका खेल्नुपर्ने र यहिकै स्थानीयले स्वामित्व र अपनत्व ग्रहण गरेमात्र बगैंचाको संरक्षण हुने बताउनु हुन्छ।

स्थानीय शिक्षक तथा साहित्यकार एश लामाले मैत्री बगैचामा बिरुवा रोप्नको लागि मात्र रोपिएको देखिएको बताउदै मरिसकेको बिरुवाले नेपालीको मनोदशाको संकेत गरेको बताउनुहुन्छ। जिम्मेवार ब्यक्तिहरु आफ्नो जिम्मेवारीबाट पन्छिनु र जस्लेजे गरेपनि हुन्छ भन्ने परिपाटीले गाजेको दुखेसो पोख्नु हुन्छ। साथै वहाँले यहाँका जनताले यश बिषयमा गम्भीरताका साथ सोचेर आफ्नो ठाउँ आफै बनाउनुपर्ने बिकल्प नभएको र अरुको मुख ताक्ने बानी हटाउदै भएका प्राकृतिक सम्पदा संरक्षणमा जुट्नुको बिकल्प नभएको बताउनु हुन्छ ।

49342220_465900880607331_-1547532391.jpg
50454646_375335709691713_-1547532392.jpg
50496131_1013385728869046-1547532392.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg