pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

मन्त्रीहरुले रोपेका बिरुवा सबै मरे ।

49937880_358574008291752_-1547532344.jpg

-शम्भु अधिकारी

गत असोज ११ गते सेप्टेम्बर २७ तारीखका दिन बिश्व पर्यटन दिबसको अबसर पारेर प्रदेश ३ को सरकारले भिमफेदी गाउपालिका ९ स्थित मैत्री बगैचामा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल सहितको प्रदेशका सबै मन्त्रीहरु, भिमफेदी गाउँ पालिकाका अध्यक्ष हिदम लामा , थाहा नगर प्रमुख लबशेर बिस्ट, इन्द्र्सरोबर गा पा प्रमुख जीवन लामा, प्रदेश साम्सद, मन्त्रालयका सचिबहरुको जम्बो टोलिले एक मन्त्री एक बिरुवा भन्दै मैत्री बगैँचालाई स्मारक बनाउन्र भन्दै बिक्षारोपण गरि मनायो। जस अन्तरगत भिमफेदी गाउपालिका थाहा नगरपालिका र इन्द्रसरोबर गाउपालिकालाई समेत समेटेर प्रदेश ३ को पर्यटन बिकासकोलागि भन्दै , मैत्री बगैंचाको स्तरोन्नति , दामन घुम्न जाउ बर्ष, चन्द्रागिरीमा भ्यु टावर लगाएतका कार्यक्रमहरुको सुभारम्भ, सिलान्यास गरि भब्य रुपमा मनायो । तर सो कार्यक्रमहरु केबल शुभारम्भ र शिलान्यासमा मात्र सिमित हुन पुगेको होकि भनी हाल आएर आभास हुन थालेको छ । जस्को उदाहरण हो मैत्री बगैचा ।

जहाँ एक मन्त्री एक बिरुवा मुख्य मन्त्री डोरमणी पौडेल , पर्यटन मन्त्री अरुण नेपाल लगाएतका प्रदेस मन्त्रीहरुले तामझामका साथ रोपेका थिए । हाल बिरुवा सुकेर दाउरा भैसक्यो जस्को संरक्षकत्व गर्न न स्थानीयको ध्यान गएको छ न गाउपालिकाको मैत्री बगैचालाई स्मारक बनाउनको लागि गुरुयोजना तयार भैरहेको गाउपालिका अध्यक्ष हिदम लामाले थाहापाटीलाई बताउनु हुन्छ

अध्यक्ष लामाले सो काम प्रदेस सरकारले गरेको र स्थानीय तहलाइ हस्तान्तरण नगर्दा समस्या आएको बताउनु हुन्छ । वहाँले मैत्री बगैचाको स्तरोन्नतिकोलागि प्रदेश सरकारले पच्चीस लाख र गाउँ पालिकाले बीस लाख रकम बिनियोजित गरेको भन्दै डि पि आर तयार गर्न लागेको बताउनुभयो ।पहिला तेहा रहेको अनाधिकृत बस्ती हटाउने पहल भैरहेको भन्दै भुकम्प पछि बन कब्जागरि बसेकाहरुले फोहोर गर्ने प्राकृतिक सम्पदा संरक्षण नगर्ने गरेकोले समस्या आएको बताउनुहुन्छ ।

यस्को संरक्षणको लागि सबै भन्दा बढी भुमिका स्थानीयकाे हुनुपर्ने बताउनु हुन्छ लेकालि बसिफाट मा बि का अध्यक्ष बिनोद कुमार लामा । वहाँले स्थानीय सरकारले अभिभाबकत्वको भुमिका खेल्नुपर्ने र यहिकै स्थानीयले स्वामित्व र अपनत्व ग्रहण गरेमात्र बगैंचाको संरक्षण हुने बताउनु हुन्छ।

स्थानीय शिक्षक तथा साहित्यकार एश लामाले मैत्री बगैचामा बिरुवा रोप्नको लागि मात्र रोपिएको देखिएको बताउदै मरिसकेको बिरुवाले नेपालीको मनोदशाको संकेत गरेको बताउनुहुन्छ। जिम्मेवार ब्यक्तिहरु आफ्नो जिम्मेवारीबाट पन्छिनु र जस्लेजे गरेपनि हुन्छ भन्ने परिपाटीले गाजेको दुखेसो पोख्नु हुन्छ। साथै वहाँले यहाँका जनताले यश बिषयमा गम्भीरताका साथ सोचेर आफ्नो ठाउँ आफै बनाउनुपर्ने बिकल्प नभएको र अरुको मुख ताक्ने बानी हटाउदै भएका प्राकृतिक सम्पदा संरक्षणमा जुट्नुको बिकल्प नभएको बताउनु हुन्छ ।

49342220_465900880607331_-1547532391.jpg
50454646_375335709691713_-1547532392.jpg
50496131_1013385728869046-1547532392.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...