himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

मकवानपुरका पशुमा नाम्ले रोगको समस्या

FB_IMG_1699094782124-1699094797.jpg

मकवानपुरको पशुहरुमा नाम्ले जुका रोगको समस्या देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरमा पशुको गोवर परिक्षण गर्दा अधिकांश पशुहरुमा नाम्ले रोग देखा परेको हो ।

गोवर परिक्षणबाट पशुको कलेजो, आन्द्रामा लाग्ने रोग, नाम्ले, माटे, गोलो जुका, फित्ते जुका, चेप्टे जुकाबारे थाहा हुने र सोही अनुसार आवश्यक औषधि प्रदान गर्ने गरिएको पशुसेवा विज्ञ केन्द्र पशुस्वास्थ्य प्राविधिक विनिता राईले बताइन् । ‘विज्ञ केन्द्रमा पशुको गोवर परिक्षण गर्दा धेरैमा माटे जुकाको रोग देखियो, बर्षायामको समयमा पशुलाई चिसो र शंखे किरा लागेको घाँसपात खुवाउँदा माटे जुका रोग लाग्ने गरेको छ,’ पशुस्वास्थ्य प्राविधिक राईले भनिन् ।

गाईले घाँस, पानी नखाने समस्या आएपछि हेटौँडा–९, लामसुरेधापकी सावित्री भट्टराई पशुको गोवर परिक्षण गराउन विज्ञ केन्द्र आइपुगेकी थिइन् । उनले अर्धबार्षिक रुपमा गोवरको परिक्षण गराउने र पशुलाई औषधि खुवाउने गर्नुभएको छ । उनीजस्तै अर्का पशुपालक किसानपनि पशुको समस्या लिएर विज्ञ केन्द्र पुगेका थिए ।

गाई ब्याउन डेढ महिना बाँकी रहदा नाम्ले जाँच गराउन हेटौँडाको बसामाडी–३ की लिला ढुंगेल गोवर लिएर विज्ञ केन्द्र आईपुग्नुभएको थियो । उहाँहरु जस्तै विज्ञकेन्द्रमा गाई, भैंसी, बाख्रा र सुंगुरको गोवर लिएर पशुपालक किसान परिक्षणका लागि आउने गरेका छन ।

चालु आर्थिक बर्षको साउनदेखि कार्तिक दोश्रो सातासम्म भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरले ७६५ गोवरको नमुना परिक्षण गरेको छ । विज्ञ केन्द्रका अनुसार साउनमा २५३, भदौंमा २१५, असोजमा २८५ र कार्तिक दोश्रो सातासम्म १२ वटा गोवरको नमुना परिक्षण गरिएको हो ।

विज्ञ केन्द्रमा हेटौँडा, मनहरी, गढी, बकैया, बागमती, भीमफेदी र बारा जिल्लाबाट पनि पशुको गोवर लिएर परिक्षण गराउन पशुपालक किसान आउने गर्नुभएको विज्ञ केन्द्रकी सहायक स्तर पाँचौ सुस्मिता अधिकारीले जानकारी दिइन् । विज्ञ केन्द्रले गोवर परिक्षण, एक्स्रे सेवा र नाम्ले जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg