jkmv-english-1784299234.jpg
Tuesday, 21 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

बाँदर आतङ्कले थाहाका कृषक हैरान

badar-1598271179.jpg

बाँदरले हुर्कदै गरेको बालीनाली सखाप पार्न थालेपछि मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु हैरान भएका छन् । थाहाको चित्लाङ, बज्रवाराही, टिस्टुङ, पालुङ, घर्तिखोला, दामन लगायत क्षेत्रका किसानहरु ‘बाँदर आतङ्क’ ले हैरान भएका हुन् ।

सैयौंको संख्यामा रहेका बाँदरहरुको समूहले बालीनाली सखाप पारेर आफूहरु आतङ्कित भएको थाहा नगरपालिका वडा नं. ४ का राजु भुजेलले बताउनु भयो । लकडाउनको बेला मेहनत गरेर लगाएको बन्दा विक्री गर्ने बेलामा जङ्गलबाट बाँदरको बथान आएर सिनित्तै हुने गरी खाइदिएको उहाँले बताउनुभयो । 

थाहाका १२ वटै वडाहरुमा धेरथोर बाँदर आतङ्क रहेको स्थानीयहरुले बताएका छन् । गाउँमा बाँदरले मकै, भटमास, बन्दा, मूला, गाँजर लगायत फलफूल, तरकारी र अन्नबाली सखाप पारेको थाहा नगरपालिका वडा नं. ३ का सुरज मोक्तानले बताउनुभयो । 
बालीनालीलाई बाँदरबाट जोगाउन विहान उज्यालो भएदेखि साझ नपरुन्जेलसम्म खेतीमै बस्ने गरेको किसानहरु बताउँछन् । २४ सै घण्टा बालीनाली कुरेर बस्नु पर्ने बाध्यता भएकोले परिवारका सदस्यहरु आलोपालो गरी बाली छेउमै बस्ने गरेको उनीहरुको भनाइ छ । 

पछिल्लो समयमा बाँदरले टेर्न समेत छाडेको किसानहरु बताउँछन् । हत्तपत्त नभाग्ने  र भागीहाले पनि तुरुन्तै बाली खान फर्किने गरेको किसानहरुको गुनासो छ । 

थाहानगरको ठाउँठाउँबाट बाँदरले आतङ्क मच्चाएको खबर आएपछि थाहा नगरपालिका कृषि शाखा पनि चिन्तित बनेको छ । ‘कानुन अनुसार बाँदर मार्न पाईदैन, भगाउने नै हो तर त्यसो पनि गर्न सकिएको छैन,’ कृषि शाखा प्रमुख संजय तिवारीले भन्नु भयो, ‘नगरपालिकामा बाँदर भगाउने यन्त्र ल्याउने विषयमा छलफल चलिरहेको छ ।’ 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...