Monday, 20 May, 2024
कृषि

बाँदर आतङ्कले थाहाका कृषक हैरान

badar-1598271179.jpg

बाँदरले हुर्कदै गरेको बालीनाली सखाप पार्न थालेपछि मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु हैरान भएका छन् । थाहाको चित्लाङ, बज्रवाराही, टिस्टुङ, पालुङ, घर्तिखोला, दामन लगायत क्षेत्रका किसानहरु ‘बाँदर आतङ्क’ ले हैरान भएका हुन् ।

सैयौंको संख्यामा रहेका बाँदरहरुको समूहले बालीनाली सखाप पारेर आफूहरु आतङ्कित भएको थाहा नगरपालिका वडा नं. ४ का राजु भुजेलले बताउनु भयो । लकडाउनको बेला मेहनत गरेर लगाएको बन्दा विक्री गर्ने बेलामा जङ्गलबाट बाँदरको बथान आएर सिनित्तै हुने गरी खाइदिएको उहाँले बताउनुभयो । 

थाहाका १२ वटै वडाहरुमा धेरथोर बाँदर आतङ्क रहेको स्थानीयहरुले बताएका छन् । गाउँमा बाँदरले मकै, भटमास, बन्दा, मूला, गाँजर लगायत फलफूल, तरकारी र अन्नबाली सखाप पारेको थाहा नगरपालिका वडा नं. ३ का सुरज मोक्तानले बताउनुभयो । 
बालीनालीलाई बाँदरबाट जोगाउन विहान उज्यालो भएदेखि साझ नपरुन्जेलसम्म खेतीमै बस्ने गरेको किसानहरु बताउँछन् । २४ सै घण्टा बालीनाली कुरेर बस्नु पर्ने बाध्यता भएकोले परिवारका सदस्यहरु आलोपालो गरी बाली छेउमै बस्ने गरेको उनीहरुको भनाइ छ । 

पछिल्लो समयमा बाँदरले टेर्न समेत छाडेको किसानहरु बताउँछन् । हत्तपत्त नभाग्ने  र भागीहाले पनि तुरुन्तै बाली खान फर्किने गरेको किसानहरुको गुनासो छ । 

थाहानगरको ठाउँठाउँबाट बाँदरले आतङ्क मच्चाएको खबर आएपछि थाहा नगरपालिका कृषि शाखा पनि चिन्तित बनेको छ । ‘कानुन अनुसार बाँदर मार्न पाईदैन, भगाउने नै हो तर त्यसो पनि गर्न सकिएको छैन,’ कृषि शाखा प्रमुख संजय तिवारीले भन्नु भयो, ‘नगरपालिकामा बाँदर भगाउने यन्त्र ल्याउने विषयमा छलफल चलिरहेको छ ।’ 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...