janmadarta-1744810195.jpg
Tuesday, 13 May, 2025
krishi2-1744123294.jpg

कृषि

पालुङमा आलु उत्पादन सुरु, असिनाको असरले उत्पादन भने कमी

186452205_102229718935598-1621416062.jpg

आलु उत्पादनको भण्डारण कहलिएको मकवानपुरको उत्तरी क्षेत्र पालुङमा यो वर्षको आलु उत्पादन सुरु भएको छ । सोमबार सम्भवत यस वर्षकै पहिलो चोटि करिव ४ हजार किलो आलु निर्यात गरिएको छ ।

थाहा १ ओखरबजारस्थित हरिशरण एण्ड सन्स भेजिटेवल सप्लायर्सले बुटवलमा करिव २ हजार ५ सय र बिराटनगरमा करिव १ हजार ७ सय किलो सेतो आलु निर्यात गरेको हो ।

सप्लायर्सका राजन लामिछानेका अनुसार सोमबार सेतो कुखुरेज्योती ग्रेडिङ अनुसार १८ रुपियाँदेखि २० रुपियाँसम्ममा खरिद गरि २१-२२ रुपियाँमा बिक्री गरिएको हो । गत वर्ष जेठ १८ गते पहिलो पटक प्रति किलो २१ रुपियाँमा निर्यात गरिएको थियो । यसैगरी, रातो कार्डिनल आलु २६-२७ रुपियाँमा खरिद गरिएको छ भने गत वर्ष जेठ १८ गते प्रति किलो २८ रुपियाँमा निर्यात गरिएको थियो । गत पौषको अन्तिम सातादेखि माघको पहिलो साता खेती सुरु गरिएको ओखरबजार र बशन्तका खेतका आलु उत्पादन सुरु भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष धेरै फलेको भएपनि गत बैशाख ३ र १६ गते परेको असिनाले आलु बोटमा क्षति पुर्याएका कारण आकार भने सानो भएको किसानहरुको अनुभव छ । उत्तरी मकवानपुरमा उत्पादित आलु काठमाडौं, हेटौंडा, बीरगन्ज, नारायणघाट, बुटवल, पोखरा, बिराटनगर लगायत भारतको सिलगुडीसमेतका सहरमा निर्यात हुने गरेको छ ।

बैशाखमा परेको असिनाले बोट नै सखाप पारेपछि कतिपय कृषकले बालीमै ट्राक्टर जोतेर अरु बाली लगाइसकेका छन् ।

chayerog-1733658794.png

world-link-1690434568.jpg
वडा र समुदाय तह बाटै मेलमिलाप कर्ताले विवादको टुङ्गो लगाउनु:- नगर प्रमुख बिष्ट
FB_IMG_1747064924327-1747064944.jpg

स्थानीय तहमा आउने विवादलाई वडा र समुदाय स्तरमै समाधान गर्ने, मेलमिलाप गर्ने लक्ष्यले वडा तहमा सामुदायिक...

संघीयताको पक्षमा बजेट निर्माणका गर्न एफएलसीको सुझाव
1747063819375-1747063930.jpg

राजकुमार के.सी. मकवानपुर २९ बैशाख । फेडरलिज्म ए‌ण्ड लोकलाइजेसन सेन्टर (एफएलसी) ले नेपाल सरकारका उपप्रधान एवं...

आरके मेटल ह्यान्डिक्राफ्ट्स सुरु गरे,जसबाट मासिक ८० हजार कमाउछु :-केशव सुनार
1746898366225_1-1746898525.jpg

  “व्यवसाय दर्ता गर्नु आफ्नो उत्पादनलाई कानुनी रूपमा स्थापित गर्नु र बजारमा विश्वसनीयता कायम गर्नु...

थाहामा एग्रो,पर्यावरण पर्यटन बिकासमा जोड दिनुपर्छ:-ईन्द्र बानियाँ
FB_IMG_1746892643813-1746895331.jpg

नेपाली काङ्ग्रेस बागमती प्रदेशका सभापति तथा पुर्व राज्यमन्त्री इन्द्र बहादुर बानियाँले थाहा नगरपालिका एग्रो...

कालोपत्रे गर्न भन्दै तीन देखि बन्द चित्लाङ थानकोट सडक खुल्यो
FB_IMG_1746891965575-1746891985.jpg

थानकोट–चित्लाङ सडक खण्डमा सडक कालोपत्रेका लागि रोकिएको यातायात आवागमन खुल्ला भएको छ । २५ बैशाखदेखि ३ दिन सडक...

थाहाका मेलमिलाप कर्तालाई तीन दिने पुनर्ताजगी तालिम सुरु
FB_IMG_1746887880763-1746887905.jpg

न्यायिक समिति क्षमता अभिवृद्धि गर्ने उदेश्य ले थाहा नगरपालिकामा तीन दिने न्यायिक समितिलाई क्षमता अभिबृद्दी...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य
1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले...

पालुङ बहुउद्देश्यीयको समूह प्रमुख गोष्ठी तथा बित्तीय साक्षरता सम्पन्न
FB_IMG_1746798446089-1746799681.jpg

पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले संस्थामा आवद्ध लघुबित्त महिला आयआर्जन समुह प्रमुख गोष्ठी तथा...

पालुङ जेसीजको क्यालेण्डर बिमोचन
1746798209537-1746798328.jpg

थाहा बैशाख २६/ पालुङ जेसीजको २०८२ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार थाहा ३ मा रहेको गंगा होटलमा...