pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

दुग्ध विकास बोर्ड खारेज नगर्न सरकारलाई अनुरोध

FB_IMG_1686140832519-1686140950.jpg

राज कुमार के.सी. 
हेटौंडा, २४ जेठ÷सरकारले बिना अध्ययन राष्ट्रिय दुग्ध विकास बोर्डलाई आगामी आर्थिक बर्षदेखि खारेजी गर्ने प्रस्ताव बजेट भाषण मार्फत गरेकोमा सो बोर्डलाई खारेजी नगर्न केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले सरकारलाई अनुरोध गरेका छन् ।
मंगलबार केन्द्रीय दुग्ध सहकारी संघ लगायत दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरु नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघ, नेपाल भेटेरीनरी एशोसिएसन, नेपाल एनिमल साइन्स एशोसिएसनले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन अयोजना गरी बोर्डलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने अवस्थामा बोर्डकै खारेजीको प्रस्ताव गरी समग्र दुग्ध क्षेत्रलाई नै धरासयी बनाउन गरिएको निर्णय प्रति आपत्ति जनाएको छ । 
संघ लगायत दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले राष्ट्रिय दुग्ध विकास बोर्ड यथावत् अवस्थामा कायम गरी सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
पत्रकार सम्मेलन पश्चात संयुक्त रुपमा एक बिज्ञप्ती जारी गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डभित्र सरकार, सहकारी, कृषक, उद्योग र उपभोक्ता समेतको सहभागिता रहेको तथा कृषकको उन्नति र उत्पादन बृद्धिलगायत दुग्धक्षेत्र विकास र बृद्धिमा छलफल गर्ने निकाय भएको तथा अन्तर्राष्ट्रियस्तरमा बोर्डले प्रभावकारी काम गरिरहेको अवस्थामा बोर्डको विघटनले देशमा रहेका दुग्ध क्षेत्रका कृषक सहकारी, उद्योगी, संघसंस्था मर्माहत भएको जानकारी गराउँदै राष्ट्रिय दुग्ध विकास बोर्ड कृषक, दुग्ध उद्योग र सहकारी संस्थाहरुका लागि अपरिहार्य भएको हुँदा बोर्ड खारेज नगर्न अनुरोध गरिएको छ ।
बिज्ञप्तीमा दुग्ध क्षेत्रको नीतिनिर्माण गर्न, दूधको मूल्य निर्धारण गर्न, दुग्ध उत्पादक र उद्योगीबीच समन्वय गराउन र दुग्धक्षेत्रको अध्ययन, विश्लेषण गर्ने बोर्डले यस क्षेत्रको विकास, प्रवद्र्धन गरेको हुँदा बोर्डको आवश्यक्ता भएको उल्लेख छ ।
साथै नेपाल सरकारलाई संघका साथै अन्य सरोकारवाला निकायले बोर्डको आवश्यकताका लागि दिइएको सुझाव बेवास्ता गर्दै यस क्षेत्रको अध्ययन नगरी जेठ १५ गतेको बजेट नीति तथा कार्यक्रममा बोर्ड खारेजको प्रस्तावप्रति आपत्ति जनाएको छ ।
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेजी गर्दा नेपालमा रहेका १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दूध संकलन गर्दै दैनिक करिव १२ लाख लिटर दूध उत्पादन गरी दैनिक ६ करोडको हाराहारीमा शहरको पुँजी गाउँ पु¥याई विपन्न किसानको आयआर्जनमा टेवा पु¥याउने कार्यमा प्रत्यक्ष असर पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा दुग्ध क्षेत्रले कुल ग्राहस्त उत्पादनमा समेत ९ प्रतिशत् योगदान दिएको अवस्थामा लाखौंको संख्यामा आवद्ध कृषकको दैनिक जीविकोपार्जन र हजारौ रोजगारी सिर्जना गर्न र दुग्ध क्षेत्रको विकासमा राष्ट्रिय दुग्ध विकास बोर्डको ठूलो योगदान रहेको उल्लेख छ । गठन भएको ३ दशकमा दुग्ध क्षेत्रमा उल्लेख्य विकास गर्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डको महत्वपूर्ण भूमिका भएको दुग्ध क्षेत्रको एकमात्र अभिभावक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धक्षेत्रको प्रवद्र्धन गर्न र कृषक र उद्योगीको हकहितका लागि सदैंव उल्लेख्य भूमिका निभाएको बिज्ञप्तीमा उल्लेख छ ।
दुग्ध उत्पादक सहकारी संस्था कृषकहरु आफैले गठन गरी दूध संकलन गरिरहेको र वैदेशिक रोजगारमा गएका युवा पनि हाल दुग्ध उत्पादन पेशामा लागिरहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धरासयी नबनाइ देशलाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन प्रचुर मात्रामा रहेको दूध विदेशमा समेत निर्यात गर्नसक्ने अवस्थामा रहेको र हाल दूधबाट बनेका छुर्पी र घ्युसमेत वाह्य मुलुकमा निर्यात भइरहेको अवस्थामा राष्ट्रिय दुग्ध विकास बोर्डलाई निरन्तरता दिन केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुवँरले सरकारलाई आग्रह गर्नुुभयो ।

FB_IMG_1686140835585-1686140953.jpg
FB_IMG_1686140838278-1686141046.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...