Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

दुग्ध विकास बोर्ड खारेज नगर्न सरकारलाई अनुरोध

FB_IMG_1686140832519-1686140950.jpg

राज कुमार के.सी. 
हेटौंडा, २४ जेठ÷सरकारले बिना अध्ययन राष्ट्रिय दुग्ध विकास बोर्डलाई आगामी आर्थिक बर्षदेखि खारेजी गर्ने प्रस्ताव बजेट भाषण मार्फत गरेकोमा सो बोर्डलाई खारेजी नगर्न केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले सरकारलाई अनुरोध गरेका छन् ।
मंगलबार केन्द्रीय दुग्ध सहकारी संघ लगायत दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरु नेपाल डेरी एशोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी तथा मत्स्य सहकारी संघ, नेपाल भेटेरीनरी एशोसिएसन, नेपाल एनिमल साइन्स एशोसिएसनले रिपोर्टस क्लवमा पत्रकार सम्मेलन अयोजना गरी बोर्डलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नुपर्ने अवस्थामा बोर्डकै खारेजीको प्रस्ताव गरी समग्र दुग्ध क्षेत्रलाई नै धरासयी बनाउन गरिएको निर्णय प्रति आपत्ति जनाएको छ । 
संघ लगायत दुग्ध क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुले राष्ट्रिय दुग्ध विकास बोर्ड यथावत् अवस्थामा कायम गरी सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ ।
पत्रकार सम्मेलन पश्चात संयुक्त रुपमा एक बिज्ञप्ती जारी गर्दै राष्ट्रिय दुग्ध विकास बोर्डभित्र सरकार, सहकारी, कृषक, उद्योग र उपभोक्ता समेतको सहभागिता रहेको तथा कृषकको उन्नति र उत्पादन बृद्धिलगायत दुग्धक्षेत्र विकास र बृद्धिमा छलफल गर्ने निकाय भएको तथा अन्तर्राष्ट्रियस्तरमा बोर्डले प्रभावकारी काम गरिरहेको अवस्थामा बोर्डको विघटनले देशमा रहेका दुग्ध क्षेत्रका कृषक सहकारी, उद्योगी, संघसंस्था मर्माहत भएको जानकारी गराउँदै राष्ट्रिय दुग्ध विकास बोर्ड कृषक, दुग्ध उद्योग र सहकारी संस्थाहरुका लागि अपरिहार्य भएको हुँदा बोर्ड खारेज नगर्न अनुरोध गरिएको छ ।
बिज्ञप्तीमा दुग्ध क्षेत्रको नीतिनिर्माण गर्न, दूधको मूल्य निर्धारण गर्न, दुग्ध उत्पादक र उद्योगीबीच समन्वय गराउन र दुग्धक्षेत्रको अध्ययन, विश्लेषण गर्ने बोर्डले यस क्षेत्रको विकास, प्रवद्र्धन गरेको हुँदा बोर्डको आवश्यक्ता भएको उल्लेख छ ।
साथै नेपाल सरकारलाई संघका साथै अन्य सरोकारवाला निकायले बोर्डको आवश्यकताका लागि दिइएको सुझाव बेवास्ता गर्दै यस क्षेत्रको अध्ययन नगरी जेठ १५ गतेको बजेट नीति तथा कार्यक्रममा बोर्ड खारेजको प्रस्तावप्रति आपत्ति जनाएको छ ।
सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डलाई खारेजी गर्दा नेपालमा रहेका १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दूध संकलन गर्दै दैनिक करिव १२ लाख लिटर दूध उत्पादन गरी दैनिक ६ करोडको हाराहारीमा शहरको पुँजी गाउँ पु¥याई विपन्न किसानको आयआर्जनमा टेवा पु¥याउने कार्यमा प्रत्यक्ष असर पर्ने बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्तीमा दुग्ध क्षेत्रले कुल ग्राहस्त उत्पादनमा समेत ९ प्रतिशत् योगदान दिएको अवस्थामा लाखौंको संख्यामा आवद्ध कृषकको दैनिक जीविकोपार्जन र हजारौ रोजगारी सिर्जना गर्न र दुग्ध क्षेत्रको विकासमा राष्ट्रिय दुग्ध विकास बोर्डको ठूलो योगदान रहेको उल्लेख छ । गठन भएको ३ दशकमा दुग्ध क्षेत्रमा उल्लेख्य विकास गर्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डको महत्वपूर्ण भूमिका भएको दुग्ध क्षेत्रको एकमात्र अभिभावक निकाय राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धक्षेत्रको प्रवद्र्धन गर्न र कृषक र उद्योगीको हकहितका लागि सदैंव उल्लेख्य भूमिका निभाएको बिज्ञप्तीमा उल्लेख छ ।
दुग्ध उत्पादक सहकारी संस्था कृषकहरु आफैले गठन गरी दूध संकलन गरिरहेको र वैदेशिक रोजगारमा गएका युवा पनि हाल दुग्ध उत्पादन पेशामा लागिरहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धरासयी नबनाइ देशलाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन प्रचुर मात्रामा रहेको दूध विदेशमा समेत निर्यात गर्नसक्ने अवस्थामा रहेको र हाल दूधबाट बनेका छुर्पी र घ्युसमेत वाह्य मुलुकमा निर्यात भइरहेको अवस्थामा राष्ट्रिय दुग्ध विकास बोर्डलाई निरन्तरता दिन केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्बर बहादुर कुवँरले सरकारलाई आग्रह गर्नुुभयो ।

FB_IMG_1686140835585-1686140953.jpg
FB_IMG_1686140838278-1686141046.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg