jkmv-english-1784299234.jpg
Monday, 27 Jul, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

दुग्ध उत्पादक किसानलाई थाहा नगरपालिकाको अनुदान

FB_IMG_1688656972772-1688656990.jpg

थाहा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो।

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान प्रदान गरेको छ। किसानलाई पालिकाले प्रतिलिटर एक रुपैयाँ पचहत्तर पैसाका दरले गाइको दुधमा र भैंसी पकेट क्षेत्रमा २ रुपैयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराएको थाहा नगरपालिका पशु विकास शाखाका प्रमुख राघवेन्द्र मिश्रले बताए।

चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो । 


यस वर्ष थाहा १२को सुन्तलाबारी कृषि  सहकारीमार्फत् २८ किसानको संकलित भैंसीको सत्ताइस हजार उनान्साट्ठी  लिटर दूधका लागि दुई रुपैयाँ पचास पैसाको दरले ६६ हजार ६ सय तेत्तीस रुपैयाँ ,थाहा ६ बज्रवाराहिमा अवस्थित नन्दिकेशरी डेरी मार्फत ८५ जना किशानको १ लाख ३ हजार ४ सय ५८ लिटर दुधका लागी १ लाख ७८ हजार ३ सय ३६ रुपैयाँ ,तेसैगरी देव दर्शन निष्ठा डेरी थाहा शिखरकोटको १ सय ५३ जना किसानको २ लाख २६ हजार ४ सय ९२ लिटर दुधको लागि ३ लाख ९० हजार ४ सय १७ रुपैयाँ र थाहा ३ घर्तिखोलामा रहेको नवदुर्गा ट्रेडसको ३३ जना किसानको ९१ हजार ६३ लिटर दुधको लागि १ लाख ५६ हजार ९ सय ७९ रुपैयाँ  अनुदान उपलब्ध गराएको थाहा नगरपालिकाका पशु प्राविधिक रुपेस कुमार मिश्रले  बताए। 


मिश्रका अनुसार डेरी बिकास दुग्ध उत्पादनमा थाहाका  तीन उत्कृष्ट किसानहरुलाई प्रोत्साहन सहित सम्मानित गरिने छ।
सम्मानित हुने किसानहरुमा थाहा २ का माधव कार्की ,थाहा १२ का भिम बहादुर गोले,र थाहा ६ का पार्वती ढुंगाना रहेका छन भने ४ वटा पशु फार्म  समेत सम्मानित भएका छन ।सम्मानित हुने पशु फार्ममा थाहा १ को लामिछाने गाइ तथा कृषि फार्म ,थाहा २ को डाडाघरे बा को कृषि तथा पशुपंछी फार्म ,थाहा ३ को मंजिल कृषि तथा पशुपंछी फार्म र थाहा ६ को पि पि कृषि तथा पशुपालन फार्म रहेको छ भने किसान मार्फत दूध संकलन गर्ने चार वटा डेरीलाइ पनि प्रोत्साहन बापत सम्मान गरिएको पशु शाखाले जनाएको छ।

थाहा नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। 

नगरप्रमुख विष्णु बिष्टले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताए। 
 किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ।

‘दूधको लागि दुहुनो गाई भैंसी पकेट क्षेत्र समेत बिस्तार गर्ने  नगरको नीति तथा कार्यक्रममा समेत समेटेका छौँु, नगरप्रमुख बिष्टले भने।
 चालु आवमा उत्पादनका आधारमा दूधमा उपलब्ध गराएको अनुदानबाट  २ सय ९९ सय  किसान लाभान्वित भएका छन्।
असार २१ गते थाहाको घर्तिखोला ,जगडाडा र अंगारेको किसानलाई अनुदान वितरण गरिएको छ भने बाकी स्थान शिखरकोट,थानाबजार र बज्रबाराहीमा २२ गते बितरण गरिने कार्यक्रम रहेको छ ।

 

ev-motar-1784299318.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
लायन्स क्लव थाहामा निरज र लियाे क्लवमा स्मिता चयन
InShot_20260726_185851493-1785071657.jpg

थाहा नगर/ १० श्रावण - लायन्स क्लव अफ थाहा पिसकाे अध्यक्षमा निरज रायमाझी चयन भएका छन् । आज भएको १० औ वार्षिक...

शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक तथा महागंगा आरती हुने।
FB_IMG_1785057117464-1785057229.jpg

थाहा, मकवानपुर। थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा साउन ११ गते १०८ शंखधारा जलअभिषेक,...

पालुङ बहुउद्देश्यीयद्वारा नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष र सचिव सम्मानित
FB_IMG_1785057025376-1785057040.jpg

थाहा, मकवानपुर।पालुङ बहुउद्देश्यीय सहकारी संस्था ले नारायणी यातायात व्यावसायिक संघका नवनिर्वाचित अध्यक्ष...

थाहा–३ घट्टेखोला मरिनघाट निर्माणमा योगदान पुर्‍याउने श्रमदाता तथा सहयोगी सम्मानित
FB_IMG_1784986125563-1784986394.jpg

थाहा नगरपालिका–३ स्थित हिमगंगा धार्मिक स्थल संरक्षण समितिले जेष्ठ नागरिक, एकल महिला तथा सहयोगी दातालाई सम्मान...

जनप्रिय क्याम्पस पुगे इजरायली राजदूत
FB_IMG_1784903289888-1784903490.jpg

इजरायलका राजदूत श्मुलिक एरी बासले हेटौंडास्थित जनप्रिय क्याम्पसको भ्रमण गर्दै कृषि शिक्षा, आधुनिक प्रविधि र...

चित्लाङको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि ६ दिनमै जुट्यो करिब ७ लाख
1784815904409-1784815948.jpg

थाहा नगरपालिका–९ स्थित ऐतिहासिक चित्लाङमा रहेको नाट्यश्वरी मन्दिर पुनर्निर्माणका लागि सञ्चालन गरिएको सहयोग...

मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...