pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

दुग्ध उत्पादक किसानलाई थाहा नगरपालिकाको अनुदान

FB_IMG_1688656972772-1688656990.jpg

थाहा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो।

नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान प्रदान गरेको छ। किसानलाई पालिकाले प्रतिलिटर एक रुपैयाँ पचहत्तर पैसाका दरले गाइको दुधमा र भैंसी पकेट क्षेत्रमा २ रुपैयाँ ५० पैसाको दरले अनुदान उपलब्ध गराएको थाहा नगरपालिका पशु विकास शाखाका प्रमुख राघवेन्द्र मिश्रले बताए।

चालु आर्थिक वर्ष २०७९/८० मा पालिकाभित्रका तीन डेरी र एक सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको हो । 


यस वर्ष थाहा १२को सुन्तलाबारी कृषि  सहकारीमार्फत् २८ किसानको संकलित भैंसीको सत्ताइस हजार उनान्साट्ठी  लिटर दूधका लागि दुई रुपैयाँ पचास पैसाको दरले ६६ हजार ६ सय तेत्तीस रुपैयाँ ,थाहा ६ बज्रवाराहिमा अवस्थित नन्दिकेशरी डेरी मार्फत ८५ जना किशानको १ लाख ३ हजार ४ सय ५८ लिटर दुधका लागी १ लाख ७८ हजार ३ सय ३६ रुपैयाँ ,तेसैगरी देव दर्शन निष्ठा डेरी थाहा शिखरकोटको १ सय ५३ जना किसानको २ लाख २६ हजार ४ सय ९२ लिटर दुधको लागि ३ लाख ९० हजार ४ सय १७ रुपैयाँ र थाहा ३ घर्तिखोलामा रहेको नवदुर्गा ट्रेडसको ३३ जना किसानको ९१ हजार ६३ लिटर दुधको लागि १ लाख ५६ हजार ९ सय ७९ रुपैयाँ  अनुदान उपलब्ध गराएको थाहा नगरपालिकाका पशु प्राविधिक रुपेस कुमार मिश्रले  बताए। 


मिश्रका अनुसार डेरी बिकास दुग्ध उत्पादनमा थाहाका  तीन उत्कृष्ट किसानहरुलाई प्रोत्साहन सहित सम्मानित गरिने छ।
सम्मानित हुने किसानहरुमा थाहा २ का माधव कार्की ,थाहा १२ का भिम बहादुर गोले,र थाहा ६ का पार्वती ढुंगाना रहेका छन भने ४ वटा पशु फार्म  समेत सम्मानित भएका छन ।सम्मानित हुने पशु फार्ममा थाहा १ को लामिछाने गाइ तथा कृषि फार्म ,थाहा २ को डाडाघरे बा को कृषि तथा पशुपंछी फार्म ,थाहा ३ को मंजिल कृषि तथा पशुपंछी फार्म र थाहा ६ को पि पि कृषि तथा पशुपालन फार्म रहेको छ भने किसान मार्फत दूध संकलन गर्ने चार वटा डेरीलाइ पनि प्रोत्साहन बापत सम्मान गरिएको पशु शाखाले जनाएको छ।

थाहा नगरपालिकाले चार वर्षदेखि किसानलाई दूधमा अनुदान प्रदान गर्दै आएको छ। 

नगरप्रमुख विष्णु बिष्टले अनुदानबाट किसानलाई उत्पादनमा जोड दिन मद्दत पुग्ने बताए। 
 किसानलाई उत्पादन लागत घटाउन, थप अनुदान, आवश्यक सहयोगसहित बजारीकरण सहज बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ।

‘दूधको लागि दुहुनो गाई भैंसी पकेट क्षेत्र समेत बिस्तार गर्ने  नगरको नीति तथा कार्यक्रममा समेत समेटेका छौँु, नगरप्रमुख बिष्टले भने।
 चालु आवमा उत्पादनका आधारमा दूधमा उपलब्ध गराएको अनुदानबाट  २ सय ९९ सय  किसान लाभान्वित भएका छन्।
असार २१ गते थाहाको घर्तिखोला ,जगडाडा र अंगारेको किसानलाई अनुदान वितरण गरिएको छ भने बाकी स्थान शिखरकोट,थानाबजार र बज्रबाराहीमा २२ गते बितरण गरिने कार्यक्रम रहेको छ ।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg