Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023
shambhu-1691912419.jpg

कृषि

दामनको फलफूल बजारमा !

FB_IMG_1693152067546-1693153082.jpg

 

 मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित बागवानी नर्सरी केन्द्रमा यतिखेर स्याउलगायतका फलफूल लटरम्म फलेका छन्। फलफूलका बिरुवाहरू उत्पादन गरी बिक्री वितरण गर्ने उद्देश्यले स्थापना भएको बागवानी नर्सरी केन्द्रमा फलफूलका बिरुवा मात्र होइन मौसमअनुसारका फलफूल उत्पादन हुँदै आएको छ। 

केन्द्रमा गोल्डेन, डेलिसियस, रेड डेलिसियस, फुजीलगायतका जातका स्याउसँगै आरुबखाडा, नास्पाती, आरु, किबीफल लगायतका फलमा विभिन्न जातका फलफूलका बोट छन्।

केन्द्रबाट हाल स्याउ, आरुबखडा, नास्पाती र आरु उत्पादन गरी बजारमा बिक्री भइरहेको छ। केन्द्रका प्राविधिक समीर मगरका अनुसार किवीफल, हलुवावेद, ओखर र कटुस भने दशैँताका निस्कनेछ। 

उहाँले केन्द्रका उत्पादित फलफूल नर्सरीमा भ्रमणमा आउने र स्थानीयलाई बिक्री गर्दै आएको बताउँदै व्यावसायिक प्रयोजनका लागि भन्दा पनि कटिङ गरी बिरुवा बनाएर बिक्री गर्न संरक्षण गरिएका बोटबाट उत्पादन हुने फलफूल बिक्री गर्ने गरिएको बताउनुभयो। 

बागवानी केन्द्रमा उत्पादित किवी

यो वर्ष स्याउ छ सय केजी, आरुबखडा दुई हजार पाँच सय केजी, नास्पाती दुई सय केजी उत्पादन हुने अनुमान छ। यस्तै पछि निस्कने किवीफल चार सय केजी, हलुवावेद दुई सय केजी, ओखर पाँच सय केजी र कटुस सय केजी उत्पादन हुने अनुमान गरिएको छ। 

केन्द्रमा उत्पादन भएको आरुबखडा मकवानपुरकै चित्लाङस्थित गट चिज होमस्टेमा वाइन बनाउन लगिएको छ। केन्द्रका प्राविधिक मगरले स्याउ सुरुमा प्रति केजी सय रुपियाँमा बिक्री गरिएकोमा पछिल्लो समयमा प्रति केजी १५० रुपियाँमा बिक्री हुँदै आएको छ। 

आरुबखडा प्रति केजी २०, नास्पाती प्रतिकेजी ३० र आरु प्रतिकेजी ३० रुपियाँमा केन्द्रले बिक्री गरेको प्राविधिक मगरले जानकारी दिनुभयो। केन्द्रबाट खरिद गरिएको स्याउ स्थानीय बजारमा प्रति केजी दुई सयदेखि तीन सय रुपियाँसम्ममा बिक्री हुने गरेको जनाइएको छ। 

दामनमा फलेको स्याउ,

दामन क्षेत्रमा बढी पानी पर्ने र हुस्सु बढी लाग्ने भएकोले अन्यत्रको भन्दा फलफूल कम स्वादिष्ट हुने बताउँदै उहाँले गत वर्षभन्दा यो वर्ष फलफूल बढी उत्पादन भएको सुनाउनुभयो। गत आवमा केन्द्रले विभिन्न जातका गरी २६ हजार फलफूलका बिरुवा उत्पादन गर्ने लक्ष्य राखेकोमा २० हजार वटा उत्पादन भएर १० हजार मात्र बिक्री गरेको छ। 

केन्द्रले गत आवमा फलफूल र फलफूलका बिरुवा बिक्रीबाट १२ लाख रुपियाँ आम्दानी गरेको थियो। 

दामनमा उत्पादित फलफूल बागवानी संग खरिद गरेर बिक्री गर्दै दामनका सिवकुमार खत्री

गोरखापत्र अनलाइन बाट,

mahotsab123-1701100059.jpg
mahotsab123-1701100250.jpg

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...