pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहा ८ मोरियामा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

FB_IMG_1707744428106-1707744480.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरण र आधुनिक खेतीतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘ तरकारी खेती प्रवर्द्धन कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको ८ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । 

नगरपालिकाले आव्हान गरेको सूचनाका आधारमा मापदण्ड पुगी छनोट भएको आग्रा कृषि सहकारी संस्था  थाहा–८  अन्तर्गतका किसानहरुलाई २९  माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३२ वटा पेट्रोल प्रयोग हुने मिनिटिलर,२ वटा डिजल मिनिटिलर  स्प्रेयर २०थान,३ सय प्याकेट ह्वाइट टप काउलिको बीउ,३ सय पाकेट अकवरे खुर्सानीको बीउ,३ सय किलो बीउ छोप्ने प्लास्टिक,३ सय मिटर बीउ छोप्ने जाली वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत  कार्यक्रम स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
 संघिय ससर्त कार्यक्रम  निर्देशिका अनुसार सञ्चालन भएकोे तरकारी खेती प्रवर्द्धन  कार्यक्रमबाट वडामा पहिलो पटक   किसानहरुले अनुदानमा कृषि उपकरण र बीउ पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले वडाको आग्रा मोरिया क्षेत्रलाई तरकारी खेती प्रवर्दन गरी विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको उल्लेख गरे । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, प्रमुख विष्टले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार छ ।’
तेसैगरी कृषि शाखा प्रमुख संजय तिवारीले अब परम्परागत कृषि प्रणाली त्यागी आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि यस्ताखालको कार्यक्रम प्रभावकारी हुने बताउदै कृषकहरुको हितमा कार्यगर्न कृषि शाखा सधै तत्पर रहेको उल्लेख गरे।
आग्रा कृषि सहकारीका अध्यक्ष रमेश बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टका साथै अतिथिहरु आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझी ८ नम्बर वडा अध्यक्ष हेम कुमार थिङ, कृषि विकास शाखा प्रमुख संजय तिवारी,कृषि शाखा अधिकृत विकास बिक ,पशु प्राविधिक रुपेश कुमार मिश्र ,पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

FB_IMG_1707744394905-1707744480.jpg
FB_IMG_1707744377856-1707744763.jpg
FB_IMG_1707744428106-1707744763.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...