pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा ८ मोरियामा ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

FB_IMG_1707744428106-1707744480.jpg

थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्यायो । कृषकहरुलाई यान्त्रिकरण र आधुनिक खेतीतर्फ उन्मुख गराउन पालिकाले ल्याएको कार्यक्रम हो–‘ तरकारी खेती प्रवर्द्धन कार्यक्रम’ । यहि कार्यक्रम अन्तर्गत पालिकाको ८ नम्बर वडामा किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । 

नगरपालिकाले आव्हान गरेको सूचनाका आधारमा मापदण्ड पुगी छनोट भएको आग्रा कृषि सहकारी संस्था  थाहा–८  अन्तर्गतका किसानहरुलाई २९  माघमा ७ एच.पि. क्षमताको पेट्रोल प्रयोग हुने ३२ वटा पेट्रोल प्रयोग हुने मिनिटिलर,२ वटा डिजल मिनिटिलर  स्प्रेयर २०थान,३ सय प्याकेट ह्वाइट टप काउलिको बीउ,३ सय पाकेट अकवरे खुर्सानीको बीउ,३ सय किलो बीउ छोप्ने प्लास्टिक,३ सय मिटर बीउ छोप्ने जाली वितरण गरिएको कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत  कार्यक्रम स्वरुप ५० प्रतिशत अनुदानमा कार्यक्रम सञ्चालन गरिएको शाखा प्रमुख तिवारीले जानकारी दिए ।
 संघिय ससर्त कार्यक्रम  निर्देशिका अनुसार सञ्चालन भएकोे तरकारी खेती प्रवर्द्धन  कार्यक्रमबाट वडामा पहिलो पटक   किसानहरुले अनुदानमा कृषि उपकरण र बीउ पाएपछि नगरपालिकाप्रति आभार व्यक्त गरेका छन् । दैनिक जीवनशैली नै कृषिमा आधारित भएपश्चात् प्राप्त उपकरणले कृषि कर्ममा लाग्न थप उत्साह थपिएको प्रतिक्रिया दिए ।

थाहा नगरपालिकाका प्रमुख विष्णु बहादुर बिष्टले वडाको आग्रा मोरिया क्षेत्रलाई तरकारी खेती प्रवर्दन गरी विकास गर्न पाउनु नगरको लागि ठूलो अवसर भएको उल्लेख गरे । ‘हाम्रो नगर कृषि र पर्यटनमा आधारित नगर हो’, प्रमुख विष्टले भने “किसानको हितका निम्ति हुने कामलाई नगरपालिका एकचित्त भएर सहयोग गर्न तयार छ ।’
तेसैगरी कृषि शाखा प्रमुख संजय तिवारीले अब परम्परागत कृषि प्रणाली त्यागी आधुनिक खेती तर्फ उन्मुख हुन र उत्पादन बढाउनको लागि यस्ताखालको कार्यक्रम प्रभावकारी हुने बताउदै कृषकहरुको हितमा कार्यगर्न कृषि शाखा सधै तत्पर रहेको उल्लेख गरे।
आग्रा कृषि सहकारीका अध्यक्ष रमेश बिश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थाहा नगर प्रमुख बिष्णु बिष्टका साथै अतिथिहरु आर्थिक विकास समिति संयोजक हिरेन्द्र कुमार रायमाझी ८ नम्बर वडा अध्यक्ष हेम कुमार थिङ, कृषि विकास शाखा प्रमुख संजय तिवारी,कृषि शाखा अधिकृत विकास बिक ,पशु प्राविधिक रुपेश कुमार मिश्र ,पुर्व वडा अध्यक्ष टिकाराम रुम्बा,वडा जनप्रतिनिधिहरु तथा किसानहरुको उपस्थिति रहेको थियो।

FB_IMG_1707744394905-1707744480.jpg
FB_IMG_1707744377856-1707744763.jpg
FB_IMG_1707744428106-1707744763.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg