Thursday, 09 May, 2024
कृषि

थाहा विसि‌ङखेलमा हावाले टनेल भत्कायाे : लाखाै‌काे क्षती हुँदा किसान चिन्तित

tannel-2-1622272697.jpg

बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातका कारण देशैभर हावाहुरीसँगै वर्षा भईरहेको छ । हावाहुरी र वर्षाका कारण अन्य क्षेत्रमा झै कृषि क्षेत्रमा पनि भारी मात्रामा असर पु¥याईरहेको छ । यसैक्रममा तरकारीको पकेट क्षेत्र मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको पूर्वी क्षेत्रमा उच्च वेगको हावाहुरीबाट धेरै क्षति पुगेको छ ।

शुक्रबार करिव विहान ५ बजे र दिउँसो १२ बजेतिर आएको हावाहुरीले तरकारी खेतीको टनेल उडाएको छ । खेतबारीमा बाँस, फलामे डण्डी र प्लाष्टिकबाट बनाएको टनेल उडाएपछि किसानहरु चिन्तित भएका छन् । टनेलसँगै उत्पादन भईरहेको काउली, गोलभेंडा, खुर्सानी लगायतका तरकारी समेत नष्ट भएका छन् । थाहा नगरपालिका १० बिसिङ्खेलमा लगभग सबै टनेलमा क्षति पुगेको कृषक कर्णकुमार गोपालीले बताए । उनका अनुसार अहिल्यै सबै जानकारी नभएपनि बाँसबाट निर्मित टनेलहरुमा पूर्ण रुपमा क्षति पुगेको छ । यसअघि बैशाख महिनामा परेको असिना पानीले पनि थाहा नगरपालिका क्षेत्रमा तरकारी खेतीमा क्षति पुगेको थियो । पटकपटक तरकारी खेतीमा क्षति पुगेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर किसानलाई राहत दिनुपर्ने किसान अगुवाहरुको माग छ । उच्च पहाडी क्षेत्रमा रहेको थाहा नगरपालिकामा बर्षैभर चिसो हावापानी हुने भएकाले बेमौसमी तरकारीका लागि समेत चर्चित छ ।

थाहा नगरपालिकाको दामन, पालुङ, बज्रबाराही, चित्लाङ लगायतका स्थानमा उत्पादित तरकारी काठमाडौं, हेटौंडासहित देशमा विभिन्न स्थानमा निर्यात गरेर किसानहरुले राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com


world-link-1690434568.jpg
कुमारी तितुङको अध्यक्षतामा ब्युटिसियन श्रमिक संघ
1715184225774-1715184349.jpg

हेटौंडा २६ बैशाख /अखिल नेपाल ब्युटिसियन श्रमिक संघ मकवानपुरको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । बुधबार...

आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...