himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहा विसि‌ङखेलमा हावाले टनेल भत्कायाे : लाखाै‌काे क्षती हुँदा किसान चिन्तित

tannel-2-1622272697.jpg

बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातका कारण देशैभर हावाहुरीसँगै वर्षा भईरहेको छ । हावाहुरी र वर्षाका कारण अन्य क्षेत्रमा झै कृषि क्षेत्रमा पनि भारी मात्रामा असर पु¥याईरहेको छ । यसैक्रममा तरकारीको पकेट क्षेत्र मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको पूर्वी क्षेत्रमा उच्च वेगको हावाहुरीबाट धेरै क्षति पुगेको छ ।

शुक्रबार करिव विहान ५ बजे र दिउँसो १२ बजेतिर आएको हावाहुरीले तरकारी खेतीको टनेल उडाएको छ । खेतबारीमा बाँस, फलामे डण्डी र प्लाष्टिकबाट बनाएको टनेल उडाएपछि किसानहरु चिन्तित भएका छन् । टनेलसँगै उत्पादन भईरहेको काउली, गोलभेंडा, खुर्सानी लगायतका तरकारी समेत नष्ट भएका छन् । थाहा नगरपालिका १० बिसिङ्खेलमा लगभग सबै टनेलमा क्षति पुगेको कृषक कर्णकुमार गोपालीले बताए । उनका अनुसार अहिल्यै सबै जानकारी नभएपनि बाँसबाट निर्मित टनेलहरुमा पूर्ण रुपमा क्षति पुगेको छ । यसअघि बैशाख महिनामा परेको असिना पानीले पनि थाहा नगरपालिका क्षेत्रमा तरकारी खेतीमा क्षति पुगेको थियो । पटकपटक तरकारी खेतीमा क्षति पुगेको भन्दै स्थानीय, प्रदेश र संघीय सरकार मिलेर किसानलाई राहत दिनुपर्ने किसान अगुवाहरुको माग छ । उच्च पहाडी क्षेत्रमा रहेको थाहा नगरपालिकामा बर्षैभर चिसो हावापानी हुने भएकाले बेमौसमी तरकारीका लागि समेत चर्चित छ ।

थाहा नगरपालिकाको दामन, पालुङ, बज्रबाराही, चित्लाङ लगायतका स्थानमा उत्पादित तरकारी काठमाडौं, हेटौंडासहित देशमा विभिन्न स्थानमा निर्यात गरेर किसानहरुले राम्रो आम्दानी समेत गर्दै आएका छन् ।

https://thahapati.com/public/images/users/simu-1609137209.jpg
सिम्रन खड्का
rjsimran888@gmail.com

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg