pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ बितरण

FB_IMG_1735733862293-1735733872.jpg

आलु खेतीको लागि थाहा नगरपालिकाको कृषि बिकास शाखाले ५० प्रतिशत अनुदानमा नगरको वडा न ३ मा बीउ आलु बितरण गरेको छ।
थाहा नगरपालिकाको ५० प्रतिशत अनुदान लागत र वडामा रहेको अविरल कृषि समुहको ५० प्रतिशत लागतमा आलुको उन्नत जातको बीउ बितरण गरिएको हो।
थाहा नगरपालिकाको २ लाख ९३ हजार र कृषि समुहको २ लाख ९३ हजार गरि ५ लाख ८६ हजारको ६ हजार पचास किलो साजिटा जातको उन्नत आलुको बीउ बितरण गरिएको थाहा नगरपालिका कृषि शाखा प्रमुख संजय तिवारीले बताए।
थाहा नगरपालिकालाई आलुको बिउमा आत्मनिर्भर बनाउनको लागि यस्ता कार्यक्रम लेराएको बताउदै होटल रेष्टुरेन्ट तथा उद्योगको निम्ति यो आलुको माग उच्च रहेकोले बजारीकरणमा समस्या नरहेको बताए।
अबिरल कृषि समुहका सदस्य तथा अगुवा कृषक श्याम बिष्टले साजिटा जातको आलु अहिले नेपालको धेरै स्थानमा बीउ बिकासको लागि उच्च माग रहेको हुँदा भारतको हिमान्चल बाट यो बीउ आएको बताउदै नेपाल सरकारले सिफारिस गरेको बीउ भएको हुँदा ढुक्क भएर लगाउदा हुने बताए।
कृषक नवराज बर्तौलाले थाहा नगरले आलु उत्पादन राम्रो गर्न सिचाइ सुबिधा लाई पनि व्यवस्थापन गर्नुपर्ने बताए।
थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले कृषकले उत्पादन गरेको आलुमा बजारको समस्या नरहेको हुँदा गुणस्तरिय उत्पादनमा ध्यान दिन कृषकलाइ आग्रह गरे ।
थाहा नगर प्रमुख बिष्टले नगरपालिकाले सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा बिनियोजन गरेको उल्यख गर्दै संघिय सरकार र प्रदेश सरकारको रासायनिक मल बितरण प्रणालीले भने थाहाका कृषकहरुलाई मारमा पारेको बताउदै मल बितरणमा थाहा नगरपालिकालाई उच्च प्राथमिकतामा राख्न अनुरोध गरे।
समुहका जेष्ठ सदस्य सानोकाजी कार्कीको अध्यक्षतामा सम्पन्न बीउ आलु बितरण कार्यक्रममा थाहा ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी,विभिन्न कृषि समुहका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg