pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा नगरपालिकामा बाँदर भगाउने यन्त्र आयो, ५० प्रतिशत अनुदानमा वितरण गरिने

banduk-1599448296.jpg

बाँदरले बालीनाली सखाप पार्न थालेको किसानहरुको गुनासो व्यापक भएपछि थाहा नगरपालिका आफैले बाँदर थपाउने यन्त्र खरिद गरी ल्याएको छ । ‘बाँदर भगाउने बन्दुक’ भनेर चिनिने यो यन्त्र नगरपालिकाको कृषि शाखाले राष्ट्रिय आविष्कार केन्द्र, काठमाण्डौंबाट खरिद गरी ल्याएको हो । 
राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महाविर पुनसँग सम्पर्क गरी नगरपालिकाको सिफारिसमा हाललाई ४० वटा यन्त्र खरिद गरी ल्याएको नगर कृषि शाखाका प्रमुख सञ्जय तिवारीले बताउनुभयो । 

नगरपालिकामा बाँदर भगाउने यन्त्र आएपछि अब कार्यविधि बनाएर तुरुन्तै पीडित कृषकहरुलाई वितरणको प्रक्रिया शुरु गर्ने नगरपालिकाका प्रमुख लवशेर विष्टले बताउनुभयो । वडाको सिफारिसमा आवश्यकता अनुसार बढी प्रभावित टोलका लागि एउटा दिने गरी कार्यविधि बनाउन लागेको उहाँको भनाइ छ । 

१२ वटा वडा रहेको थाहानगरमा प्रत्येक वडाका लागि ३ वटाका दरले वितरण गरिने कृषि शाखा प्रमुख तिवारीले बताउनु भयो । उहाँका अनुसार नगरको सबै वडाका कृषकहरु बाँदरको व्यवहारले पीडित हुँदै आएका छन् । 

उक्त यन्त्रमा बारुद भरेर पड्काउने र त्यसबाट भयंकर आवाज आउने हुँदा बाँदरहरु तुरुन्तै नफर्किने गरी भाग्ने प्राविधिकहरुको दाबी रहेको छ । करिब २० वटा भरुवा बन्दुक पड्काएजति आवाज आउने भएकोले बाँदरहरु आतंकित भएर भाग्ने र तत्काललाई कृषकहरुले बाँदरको दुःखबाट मुक्ति पाउने नगरपालिकको कृषि शाखाको भनाइ रहेको छ । 

नगरपालिकाले आफ्नै श्रोतबाट प्रतिगोटा रु. दुई हजार ५ सयका दरले खरिद गरी ल्याएकोमा कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिने नगरपालिकाले योजना बनाएको छ । वडाको सिफारिसमा बाँदर प्रभावित टोललाई नै सहयोग पुग्ने गरी कृषक वा कृषक समूहका प्रतिनिधिलाई यन्त्र वितरण गरिने र वितरण गर्नु अघि यन्त्र संचालनबारे अभिमुखीकरण गरिने कृषि शाखा प्रमुख तिवारीको भनाइ रहेको छ । 

१२ वटै वडामा वितरण गर्दा एउटा वडाबाट अर्को वडामा भागेर जाने सम्भावना नरहेकोले तत्कालका लागि थाहानगर बाँदरको आतंकबाट मुक्त हुने नगरपालिकाको विश्वास रहेको छ । ‘तर यो अल्पकालीन समस्या हो, यो नगरबाट भागे पनि तिनीहरुले अरु क्षेत्रमा दुःख दिने सम्भावना त रहन्छ नै’, उहाँले भन्नु भयो ।  

केही वर्षदेखि सयौंको संख्यामा रहेको बाँदरहरुको दर्जनभन्दा बढी समूहले थाहा नगरका कृषकहरुले लगाएको नगदे तथा अन्नबाली नष्ट गर्दै आएको छ । 
 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg