Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहा नगरपालिकाको३ सय ३७ माटोको नमुना परीक्षण

FB_IMG_1742471247903-1742471449.jpg

थाहा नगरपालिकामा माटोको गुणस्तर सुधार र कृषि उत्पादन वृद्धिका लागि माटो परीक्षण कार्यक्रम सम्पन्न भएको छ। 
कृषि विकास शाखा थाहा नगरपालिका र माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। 
आर्थिक बर्ष २०८२/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप थाहा नगरपालिका भित्र रहेका १ देखि १२ नम्बर वडा बाट संकलित ३ सय ३७ वटा माटोको नमुना परिक्षण गरिएको कृषि बिकाश शाखा थाहाका अधिकृत सन्जय तिवारीले जानकारी दिए।

तिवारीका अनुसार थाहा नगरपालिकाको खेतबारीको माटोमा प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा कमि पाइएको छ।

माटोको पिएच ४ देखि ८.४ सम्म पाइएको छ जबकी माटोमा पिएचको मात्रा ६.५ देखि ७.५ सम्म उपयुक्त मानिन्छ।

रिपोर्टले थाहा नगरको माटोमा फस्फोरस र पोटासको मात्रा पनि प्रयोगशालाको रिपोर्टले देखाएको छ।
 कार्यक्रममार्फत माटोको पोषण तत्व, आवश्यक मलको मात्रा परिक्षण गरिएको थियो।
माटो परिक्षणको निम्ति माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडाका प्रमुख डाक्टर जनार्दन खड्का सहितको प्राविधिक टोली खटिएका थिए।
माटो परीक्षण कार्यक्रमबाट किसानहरूले आफ्नो खेतीयोग्य जमिनको उपयुक्तता थाहा पाउने र आवश्यक मल तथा सुधारात्मक उपाय अवलम्बन गर्न सक्ने विश्वास लिइएको छ।नगर कृषि शाखाका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने योजना रहेको छ।

परिक्षणको लागि वडा न १ बाट १४, वडा न २ बाट ७६,वडा न ३ बाट २८,वडा न ४ बाट १८ ,वडा न ५ बाट २५,वडा न ६ बाट २५ किसानको खेतबारीको माटो परिक्षण गरिएको थियो।तेसैगरी वडा न ७ का २७,वडा न ८ को २४ र वडा न ९ को १५ किसानको माटो परिक्षण परिक्षण गरिएकोमा वडा न १० को २५,वडा न ११ को ३८ र वडा न १२ को १२ किसानको खेतबारीको माटो परिक्षण गरिएको कृषि शाखाका प्रमुख तिवारीले जानकारी दिए।

 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg