himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहा नगरपालिकाको३ सय ३७ माटोको नमुना परीक्षण

FB_IMG_1742471247903-1742471449.jpg

थाहा नगरपालिकामा माटोको गुणस्तर सुधार र कृषि उत्पादन वृद्धिका लागि माटो परीक्षण कार्यक्रम सम्पन्न भएको छ। 
कृषि विकास शाखा थाहा नगरपालिका र माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। 
आर्थिक बर्ष २०८२/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप थाहा नगरपालिका भित्र रहेका १ देखि १२ नम्बर वडा बाट संकलित ३ सय ३७ वटा माटोको नमुना परिक्षण गरिएको कृषि बिकाश शाखा थाहाका अधिकृत सन्जय तिवारीले जानकारी दिए।

तिवारीका अनुसार थाहा नगरपालिकाको खेतबारीको माटोमा प्राङ्गारिक पदार्थ र नाइट्रोजनको मात्रा कमि पाइएको छ।

माटोको पिएच ४ देखि ८.४ सम्म पाइएको छ जबकी माटोमा पिएचको मात्रा ६.५ देखि ७.५ सम्म उपयुक्त मानिन्छ।

रिपोर्टले थाहा नगरको माटोमा फस्फोरस र पोटासको मात्रा पनि प्रयोगशालाको रिपोर्टले देखाएको छ।
 कार्यक्रममार्फत माटोको पोषण तत्व, आवश्यक मलको मात्रा परिक्षण गरिएको थियो।
माटो परिक्षणको निम्ति माटो तथा मल परिक्षण प्रयोगशाला हेटौंडाका प्रमुख डाक्टर जनार्दन खड्का सहितको प्राविधिक टोली खटिएका थिए।
माटो परीक्षण कार्यक्रमबाट किसानहरूले आफ्नो खेतीयोग्य जमिनको उपयुक्तता थाहा पाउने र आवश्यक मल तथा सुधारात्मक उपाय अवलम्बन गर्न सक्ने विश्वास लिइएको छ।नगर कृषि शाखाका अनुसार आगामी दिनमा यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाइने योजना रहेको छ।

परिक्षणको लागि वडा न १ बाट १४, वडा न २ बाट ७६,वडा न ३ बाट २८,वडा न ४ बाट १८ ,वडा न ५ बाट २५,वडा न ६ बाट २५ किसानको खेतबारीको माटो परिक्षण गरिएको थियो।तेसैगरी वडा न ७ का २७,वडा न ८ को २४ र वडा न ९ को १५ किसानको माटो परिक्षण परिक्षण गरिएकोमा वडा न १० को २५,वडा न ११ को ३८ र वडा न १२ को १२ किसानको खेतबारीको माटो परिक्षण गरिएको कृषि शाखाका प्रमुख तिवारीले जानकारी दिए।

 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg