Wednesday, 08 May, 2024
कृषि

थाहा किसानलाई सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह 
थाहामा आलु भित्र्याउने र अन्य तरकारी लगाउने सिजन शुरु

aalu-1622850073.jpg

फाेटाे - गणेश बिष्ट

कोरोना संक्रमणको जोखिमको अहिलेको अवस्थामा आलु नखनि नहुने र अन्य तरकारी पनि लगाउनु पर्ने भएकाले सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गरेर सुरक्षित बस्न नगर प्रमुख लबशेर बिष्टले आग्रह गर्नु भएको छ । 

 

थाहा नगरपालिकामा ऐले आलु खनेर तरकारी लगाउने सिजन हो  । यस क्षेत्रका किसानको मुख्य बाली आलु खन्न ऐले कृषकहरुलाई भ्याईनभ्याई छ  । 


आफुले मात्रै नभएर कृषकहरुले आफ्ना छरछिमेक र नगरबाहिरका समेत खेताला लगाउउने गरेको छन्न् ।
यो बर्ष पनि कोरोना भाइरसको दोस्रो चरणका कारण लकडाउन भएको छ भने कोरोना संक्रमणहुने दर समेत बढेको पनि छ ।


कोरोना संक्रमणको दर बढेको अवस्थामा आलु नखनि नहुने भएको र अन्य तरकारी पनि लगाउनु पर्ने भएकाले सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गर्न थाहा नगरपालिकाका प्रमुख लबशेर बिष्टले सुझाउनु भएको छ । 


थाहापाटी सँग कुरा गर्दै मेयर बिष्टले खेतबारीमा कामगर्दा पनि स्वास्थ्य मापदण्डको पालना गर्न कृषकहरुलाई आग्रह गर्नुभयो  ।
“सकेसम्म आफ्नै परिवार तथा  छिमेकीसंग मात्रै भारापर्म गरी नगरपालिका भन्दा बाहिरको कामदार नबोलाई खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गर्दछु ।” प्रमुख बिष्टले थाहापाटीसंगको कुराकानीमा बताउनुभयो ।

“सकेसम्म आफ्नै परिवार तथा  छिमेकीसंग मात्रै भारापर्म गरी नगरपालिका भन्दा बाहिरको कामदार नबोलाई खेतीको काम गर्न कृषकहरुलाई अनुरोध गर्दछु ।” 

फाेटाे - गणेश बिष्ट

आलु खन्ने तथा खेतिपातिको काम  सुरु भएसंगै कोरोना महामारी फैलन सक्ने सम्भावना पनि उत्तिकै बढेको छ ।
कृषकहरु बिना मास्क, सामाजिक दुरी कायम नगरी खेतबारी आउजाउ गर्दा, काम गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने सम्भावना रहेको छ ।

खेतबारीमा काम गर्दा मास्क लगाउन र दुरी कायम गर्ने संभावना कम हुने कृषकहरु बताउछन् । सरकारले लकडाउन घोषणा गरेतापनि बाली भित्र्याउने र नयाँ बाली लगाउने चटारो भइरहेको आफ्नो परिवारले मात्रै सो काम नभ्याउने भएकोले कृषकहरु समस्यामा छन् ।


साथै प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत चिकित्सक रिकेश कार्की पनि कृषकहरुलाई सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्डको पुर्ण पालना गरि कृषि कर्ममा लाग्नुहुन र व्यक्तिगत सरसफाईमा विषेश ध्यान दिनुहुन आग्रह गर्नुभएको छ । 


 थाहा नगरमा अहिले आलु बाहेक बन्दा , मुला , काउलीको उत्पादन उल्लेख्य  मात्रामा भैरहेको छ । तर किसानहरुले उत्पादित सामानको उचित बजारमूल्य पाएका छैनन् ।

 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
आज मातातीर्थ औंसी,आमाहरु सम्झदै
FB_IMG_1715134374098-1715134439.jpg

जन्म दिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै हरेक वैशाख कृष्णपक्षको औंसीका दिन मनाइने मातातीर्थ...

थाहा नगरपालिका प्रकाश दाहाल स्मृति प्रदेश स्तरीय भलिबलको सेमिफाइनलमा
FB_IMG_1715000151021-1715005892.jpg

घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौंडा उपमहानगरपालिका र थाहा नगरपालिका प्रथम प्रकाश दाहाल...

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण
1714837391155-1714837469.jpg

मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित मुसेधापमा शनिबार पुस्तकालय उदघाटन तथा शैक्षिक सामग्री र विद्यालय पोशाक...

चित्लाङ चन्द्रागिरी सडकमा लोडरले किच्दा एकजनाको ज्यान गयो।
FB_IMG_1714829160942-1714829186.jpg

थानकोट-चन्द्रागिरि-चित्लाङ सडकमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शनिबार दिउँसो सो सडकको...

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको ‘आमसञ्चारको परिचय’ विमोचन
1714801583089-1714801603.jpg

काठमाडौं । ‘आमसञ्चारको परिचय’ पुस्तक विमोचन भएको छ ।  शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस...

आगलागीबाट थाहा ७ नम्बर वडाको ११ लाखको क्षति
FB_IMG_1714644989932-1714741592.jpg

आगलागीबाट मकवानपुरको थाहा नगरपालिका ७ नं. वडा कार्यालयमा क्षति भएको छ । सल्लीभिर जंगलमा लागेको डढेलो सल्किएर...

गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...