himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहामा व्यावसायिक खेति तर्फ बढ्दोे आकर्षण 
निति अनुसार सरकारले जिम्मेवारी चाँहि कहिले लिने ?

cover-1630125300.jpg

आफ्ना पुर्खाले गर्दै आएको पेसा गर्न हामि लजाउछौ तर थाहा नगर २ पालुङका किसान उमेश श्रेष्ठ सँग फरक अनुभव छ, कृषी पेशा आफ्नो पुर्खेयली पेशा हो यही अंगालेको छु,सुखी,खुसी र सन्तुष्ट छु पेशा गर्न कहिल्यै लजाइन । 
कृषीलाई पुर्खेउली पेशा ठान्ने श्रेष्ठ लामो समय देखि कृषी पेशामा आबद्ध  भए पनि व्यावसायिक खेतिमा लाग्नु भएकोे भने ५ वर्ष भयो । व्यावसायिक खेती शुरु गरे देखि अन्य पेशा व्यावसाय भन्दा कृषी वाटै राम्रो आम्दानी भईरहेका कारण कृषीमै आकर्षित भएको बताउनु हुन्छ । 
थाहा २ फाँटबजारमा १२ रोपनी जग्गामा खे ितगर्दै आउनु भएका श्रेष्ठले व्यावसायिक खेतीको विषयमा बुझपछि अहिले यसैमा आफुसहित परिवार  दृढताको साथ लागिपरेको बताउनु हुन्छ । कृषीकै आम्दानीबाट ६ जनाको परिवार सन्तुष्ट सँग बसेको अनुभव उहाँ सँग छ । 


श्रेष्ठको दृढता कृषीमा व्यावसायिकिकरण 
कृषीमा व्यावसायिकिकरण गर्न सके आम्दानी राम्रो लिन सकिने देखेर श्रेष्ठले टनेलमा खेती गर्न थाल्नु भएको ५ वर्ष भयो । १२ रोपनी जग्गामा अहिले १९ वटा टनेल हालेर खेति गरिरहनु भएकोे छ । टनेलको खेति सामान्य भन्दा राम्रो हुने अनुभव  उहाँ सँग छ । अहिले रातो पहेलो जातका र हरियो भेडे खोर्सानिले राम्रो आम्दानी दिने भएकाले करिव ८ हजार ५ सय विरुवा हुर्किएका छन् । एउटा बोटबाट सामान्य अवस्थामा २ देखि ३ के.जी. फल्ने भएकाले यस वर्ष १५ लाख भन्दा बढी नाफा हुनेमा ढुक्क भएको बताउनु हुन्छ । 


टनेलमा यो वर्ष रायो साग फस्टाएको छ । काउली,बन्दा, पिरो खोर्सानी, करेला लटरम्मै छन् । त्यसबाट पनि राम्रै आम्दानी हुने विश्वास छ । 


कृषि क्षेत्रको आधुनिकीकरण भन्ने कुरा सरकारको नीति तथा कार्यक्रम अनि पार्टीका घोषणापत्र र नेताहरुको भाषणमा सीमित भएको छ । कृषि क्षेत्रको विकासको गति ओरालो लाग्ने क्रममा बढिरहेकाले ठूलो संख्यामा युवाहरु कामको खोजीमा बिदेशिरहेका छन् । जसको कारण कृषी पेशामा आकर्षण जुट्न सकेको छैन । 

कृषी पेशा सन्तुष्टि र रोजगार 
उमेश श्रेष्ठको ६ जनाको परिवार कृषीमा आवद्ध छ । श्रीमती सर्मिला श्रेष्ठ पनि वैदेशिक रोजगार र अन्यत्रको रागिर भन्दा सँगै बसेर गरेको यही पेशा बाट सन्तुष्ट हुनुहुन्छ । कक्षा ११ र कक्षा ८ मा अध्ययनरत २ छोरा पनि व्यवसायिक कृषीमा आकर्षित छन् । पढाई बाहेकको समय खेतवारीमै हुन्छन्  यो अहिलेका पुस्तालाई सिक्ने सिकाई पनि हो । यस सँगै अन्य ३÷४ जानलाई नियमित रोजगारी पनि दिनु भएको छ । 


अहिले कृषि पेशामा लागेका कृषकको कृषिप्रति रुचि घट्दै गएको पाइन्छ । धेरैको लागि बाध्यात्मक पेशा जस्तो बनेको छ । जमिनको स्वामित्व हुनेहरु खेती गरेर लगानी नउठ्ने देखेर खेती गर्न छोडेका छन् । जसले गर्दा जमिन हुने मात्र होइन जमिन नहुनेहरु पनि अर्काको जमिनमा खेती गरेर फाइदा नहुने देखी विस्तारै वैदेशिक रोजगारीमा जान थालेपनि कोरोनाको कहरले बेरोजगारी भएकाहरु खेति गरेर राम्रै आम्दानी गर्न सकिन्छ भनेर हौसियका छन् यसलाई राज्यले व्यवस्थापन गर्न सके हामी कृषीमा आत्मनिर्भर बन्न सक्छौं ।


मल खाद र बिउ बिजन सुलभ कहिले पाईएला ? 
गत साल मलका लागि बोरा बोकेर लाईन बसेको अनि काउली रोपेर नफुलेको ईतिहाँस झल्झली सम्झदै अब त्यो न दोहोरिय हुन्थ्यो भन्ने सम्झदै उन्नत जातको बीउ पाइन्न, आवश्यक पर्दा मल पनि  यो आफु जस्ता सबै किसानको दुर्भाग्य  भएको श्रेष्ठ बताउनु हुन्छ । आवश्यक्ता अनुसार मल र बिउविजन नपाउनु किसानका लागि सबै भन्दा दुःखको कुरा भएको भन्दै यसको सुनिश्चितता भए लगानिको प्रतिफल सुनिश्चित हुने बताउनु हुन्छ । 


नेपाल कृषिप्रधान देश त हो, यहाँ कृषिका अनेकौ सम्भावनाहरु छन् तर नामका मात्र हल्लाल्ला सरकारी निकायका नीति कार्यक्रम अनि अभिलेखमा मात्र सीमित भैरहेका छन् ।

सरकारले निति अनुसार जिम्मेवारी चाँहि कहिले लिने ?  
बजार नपाउदा यो वर्ष मात्र श्रेष्ठले १० टन मुला फाल्नु प¥यो । यस्ता समस्या यो वर्ष मात्र पनि होईन । यो वर्षको सुरुवातमा काउली खेरै गयो । जीवनभरको कमाई र श्रमलाई चुनौति मोलेर खेतिमा लगानी ग¥यो विक्री नभएर चुर्लुम्म हुँदा किसान रोयर बस्नु पर्ने अनि राज्य रमिते बनिरहने परम्परा कहिले हट्छ भन्ने उनको मनमा सधै आँउछ तर सरकारले उत्पादनमा जस लिने बजार र क्षयमा जिम्मेवारी नलिदा सम्म किसान कृषीमा आकर्षित नहुने अनुभव बताउनु हुन्छ । 
१९ वटा टनेल निर्माण गर्दा करिब प्रति टनेल निर्माण लागत ३० हजार लाग्छ तर त्यस मध्ये ५ वटा टनेल कृषी आधुनिकिरण परियोजान जोन बाट ५० प्रतिशत अनुदान पाएको र अन्य कुनै सहयोग नपाएको अनुभव पनि उहाँ सँग छ । 


कृषिबाट उत्पादन भएका बस्तुहरु व्यवस्थित बजारको अभावले सस्तोमा बेच्न बाध्य हुनु परेको छ भने तरकारीहरु विक्री नभएर कुहिएर फाल्नु परिरहेको अवस्था छ । व्यवसायिक कृषि गर्ने किसानहरु ऋणमा डुविरहेका छन् । आयातित तरकारी र फलफूल निर्वाध रुपमा बजारमा विक्री भइरहदा स्वदेशी उत्पादनको बजार व्यवस्थापन कमजोर छ । यसको व्यवस्थापन सरकारले गरे कृषीमा सबै हौसिन्छन् । 
‘नेपालमा सरकारको पक्षबाट कृषि कै लागि भनेर कृषि कर्जा उपलब्ध गराइए पनि लागु भने नभएको उनकै अनुभवले बताउछ । कृषिको लागि आएको अनुदान आफ्नाले मात्र पाउनेमा उनी गुनासो गर्छन्। । जो असली किसान हो उनीहरुले अनुदानको ‘अ’ पनि पाउदैनन् । कृषि क्षेत्रमा यस्ता राम्रा भन्दा हाम्रालाई कृषि अनुदान दिन नहुने उनको भनाई छ ।

https://thahapati.com/public/images/users/311472678_776667630106071-1677912015.jpg
रबी जिम्बा
rabitamang2076@gmail.com

रबी जिम्बा. थाहापाटी अनलाईनका रिपोर्टर हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - 9861612718

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg