Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहामा उपभोक्ता व्यवसायि सचेतना गोष्ठि सम्पन्न

tha-1560162069.jpg


मकवापुर २७ जेठ,
गुणस्तरिय बस्तु र सेवामा उपभोक्ता अधिकार, हामि सबैको सरोकार भन्ने नारा सहित उपभोक्ता व्यवसायि सचेतना गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । आज सोमबार  थाहानगरपालिका वडा नं. ३ विकास घरमा भएको हो ।  
वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका निर्देशक शोभाकर रेग्मिको सभाध्यक्षमा थाहा नगर पालिकाका कार्यकारि अधिकृत हरिलाल पुरिको प्रमुख अथिति भएको  कार्यक्रममा वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत हरि प्रसाद दाहालले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा तिनवटा कार्यपत्र प्रस्तुत गरिएका थिए । उपभोक्ताका तर्फबाट राष्ट्रिय उपभोक्ता मञ्च थाहानगर कमिटिका अध्यक्ष प्रमोद जोशिले मकवानपुरको उत्तरि क्षेत्र थाहानगरिपालिकामा अत्याधिक मात्रामा व्यमौसमि तरकारि उत्पादन हुनेगरेको भएता पनि कृषकहरुले आफ्नो बस्तुको उचित मुल्य नपाएको, उत्पादन गरिएको बस्तुले उचित मुल्य नपाउदा कृषकहरु आफुले गरेको लगानि समेत नउठ्दा निराश भई व्यवसाय छोड्न बाध्य भएका छन् । यसतर्फ आपुर्ति विभाग लगायतका सस्थांहरुले ध्यान दिनु जरुरि छ । थाहानगर एक प्रतिनिधि पात्र मात्रै भएकोले देशैभरका विभिन्न क्षेत्रमा यस्ता विषयहरुमा आपुर्ति विभागको ध्यान जाओस भनि पहिलो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 
विभागका तर्फबाट वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत रमेश प्रसाद रिजालले उपभोक्ताका अधिकार, दायित्व, पैठारिकर्ताको दायित्व, बिक्रेताको दायित्व, सञ्चयकर्ताको दायित्व, सेवा प्रदायकको दायित्व लगायतका बिषयहरुमा जानकारि राख्दै दोश्रो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका शाखा अधिकृत हरि प्रसाद दाहालले उपभोक्ताका अधिकार सरंक्षणका लागि सस्थांगत व्यवस्थाहरु, उपभोत्ता सरंक्षण परिषद, केन्द्रिय वजार अनुगमन समिती, प्रदेश वजार अनुगमन समिती, स्थानिय वजार अनुगमन समिती, वजार अनुगमन टोलिहरुको भुमिकाको बारेमा प्रष्ट पार्दै तेश्रो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्र सुनिसकेपछि उपस्थित मध्यबाट केहि ब्यतिहरुले आफ्नो धारणा सहित जिज्ञासा पनि राख्नुभएको थियो । 
कार्यक्रममा थाहानगर उद्योग वाण्ज्यि सघंका अध्यक्ष कविराज खत्रि, थाहानगर उपभोक्ता हित सरंक्षण मञ्चका अध्यक्ष गणेशमान श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियो । 
कार्यक्रममा वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका निर्देशक शाखा प्रमुख हरि प्रसाद दाहाल, रमेश प्रसाद रिजाल, थाहा नगर पालिकाका प्रशासन प्रमुख अनिल लामिछाने, स्वास्थ्य शाखा प्रमुख मेघराज वलामी, थाहा नगरपालिका ३ का वडा अध्यक्ष राजेश के सि, थाहा नगरपालिका ४ का कार्यवहाक वडा अध्यक्ष नारायण लामा, थाहा नगरपालिका ६ का वडा अध्यक्ष शशिधर सुवेदि, थाहानगर उद्योग वाण्ज्यि सघंका अध्यक्ष कविराज खत्रि, राष्ट्रिय उपभोक्ता मञ्च थाहानगर कमिटिका अध्यक्ष प्रमोद जोशि, थाहानगर उपभोक्ता हित सरंक्षण मञ्चका अध्यक्ष गणेशमान श्रेष्ठ, ईलाका प्रहरि कार्यालयका प्रमुख लोकबहादुर गरुङ, थाहानगरका उपभोक्ता व्यवसायि कृषक बिद्याथर््िा लगायत १५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम उद्योग वाण्ज्यि तथा आपुर्ति मन्त्रालय वाणिज्य आपुर्ति तथा उपभोक्ता सरंक्षण विभाग बबरमहल काठ्माडौको आयोजनामा भएको थियो । 
 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...