Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहाको ३ नम्बर वडा कृषिलाई प्रविधिमैत्री बनाउन उन्मुख

1708004468068-1708005327.jpg

थाहा नगरपालिका वडा नम्वर ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु खुसी भएका छन् ।

थाहा नगरपालिका वडा नं। ३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताए । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा उमारमा समस्या, उम्रेपनि जोगाउन हम्मे हम्मे हुने बताए ।

खुल्ला ठाँउमा तरकारी बालीको बिउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदिप उप्रेती बताउछन् । समयको बचतसंगै बिउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेतीले बताए ।

तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दिपक बिष्टले बताए । बिष्टले वडाका कृषकहरुलाई टनेल निर्माण लगायतका कृषि सामग्री सहयोग गरेकोमा वडा कार्यलय र जनप्रतिनिधिहरुलाई धन्यवाद दिए ।

वडा कार्यालयले ७२ बर्ग मिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लाष्टिक निशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ ।

एउटा टनेल निर्माणको लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लाष्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सबिता सुनारले बताइन् ।
एक घर एक टनेल को अवधारणा अन्तरगत वडाका कृषकहरुलाई तरकारीको बिउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकहरुलाई प्रोत्सहान गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए ।
१ हजार ४६ घरधुरी रहेको वडा नं। ३ मा कृषकहरुको मागको आधारमा गत बर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ ।
वडाको मूख्य पेशा कृषि भएकोले कृषिमा युवाहरुलाई आकर्षित गरी ब्यवशायिक बनाउनको लागि टनेल निर्माणकालागि सहयोग गरिएको र आगामी बर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताए।
कृषि पेशालाई प्रबिधिमैत्री बनाउन यस बर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा ईलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि बितरण गरिएको अध्यक्ष रायमाझीले बताए।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg