kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

कृषि

थाहाको ३ नम्बर वडा कृषिलाई प्रविधिमैत्री बनाउन उन्मुख

1708004468068-1708005327.jpg

थाहा नगरपालिका वडा नम्वर ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु खुसी भएका छन् ।

थाहा नगरपालिका वडा नं। ३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताए । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा उमारमा समस्या, उम्रेपनि जोगाउन हम्मे हम्मे हुने बताए ।

खुल्ला ठाँउमा तरकारी बालीको बिउ राख्न भन्दा टनेलमा निकै सहज हुने अर्का कृषक प्रदिप उप्रेती बताउछन् । समयको बचतसंगै बिउको उमार र हुकाईका लागि टनेल निकै उपयोगी हुने उप्रेतीले बताए ।

तरकारीको बिरुवा उत्पादन गर्नका साथै १२ महिना नै तरकारी उत्पादन हुने भएकोले टनेल निकै प्रभावकारी हुने कृषक दिपक बिष्टले बताए । बिष्टले वडाका कृषकहरुलाई टनेल निर्माण लगायतका कृषि सामग्री सहयोग गरेकोमा वडा कार्यलय र जनप्रतिनिधिहरुलाई धन्यवाद दिए ।

वडा कार्यालयले ७२ बर्ग मिटरको टनेल निर्माणका लागि आवश्यक बाँस र प्लाष्टिक निशुल्क उपलब्ध गराएको छ भने कृषकले निर्माण र अन्य खर्च गर्नुपर्ने हुन्छ ।

एउटा टनेल निर्माणको लागि आवश्यक पर्ने २० वटा बाँस र टनेललाई प्लाष्टिक वडा कार्यालयले उपलब्ध गराउने वडा सदस्य सबिता सुनारले बताइन् ।
एक घर एक टनेल को अवधारणा अन्तरगत वडाका कृषकहरुलाई तरकारीको बिउ उत्पादनमा आत्मनिर्भर बनाउन टनेल निर्माणका लागि कृषकहरुलाई प्रोत्सहान गरिएको वडा अध्यक्ष हिरेन्द्र कुमार रायमाझीले बताए ।
१ हजार ४६ घरधुरी रहेको वडा नं। ३ मा कृषकहरुको मागको आधारमा गत बर्ष ४५ वटा टनेल निर्माणको लागि वडा कार्यालयले सहयोग गरेको थियो भने यसवर्ष ९० वटा टनेल निर्माणको लागि सहयोग गरेको छ ।
वडाको मूख्य पेशा कृषि भएकोले कृषिमा युवाहरुलाई आकर्षित गरी ब्यवशायिक बनाउनको लागि टनेल निर्माणकालागि सहयोग गरिएको र आगामी बर्षमा समेत टनेल निर्माणका लागि सहयोग गरिने अध्यक्ष रायमाझीले बताए।
कृषि पेशालाई प्रबिधिमैत्री बनाउन यस बर्ष कृषकको मागको आधारमा ५० प्रतिशत लागत साझेदारीमा ७३ वटा ईलेक्ट्रिक स्प्रेयर पम्प र २१ वटा मिनिटिलर पनि बितरण गरिएको अध्यक्ष रायमाझीले बताए।

chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबल :- सेमिफाइनल समीकरण पुरा
FB_IMG_1738674794703-1738858801.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ३,७ र१, ४ सेमिफाइनल भिड्ने भएका...