Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

थाहाका अगुवा कृषकहरु सम्मानित

FB_IMG_1720103614535-1720103629.jpg

थाहा नगरपालिकाको कृषि विकास शाखाले  कुटो कोदालो खेलाउने थाहाका अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय ६५ दिन खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाई कार्यलयले सम्मान गरेको हो ।
थाहाका १५ जना अगुवा तरकारी तथा फलफुल किसानहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
सम्मानको लागि शाखाले विभिन्न अगुवा कृषक मुल्यांकनका आधारहरु तय गरेको थियो।
शाखाले गुणस्तरीय तथा बढी उत्पादन,कृषि प्रविधि प्रसारण,भुगोल,समावेशी,नयाँ जातको खेती,फलफूल बालीमा क्षेत्र विस्तार,नर्सरीबाट बिरुवा प्रसारण,महत्वपूर्ण कार्य तथा कृषिमा समाज सेवा आधारहरु तोकेको थियो।
सोही मुल्यांकनको आधारमा समूह संचालन व्यवस्थापनकको रुपमा उत्कृष्ट कृषकको रुपमा थाहा १ का कृष्ण मान प्रधान,नयाँ तरकारी जातको खेतीको लागि थाहा २ कि सविता प्रधान,र थाहा ३ का कुमार घिसिङ,बढी तथा गुणस्तरीय आलु उत्पादनको लागि थाहा ३ का हरेराम उपाध्याय,फलफुल नर्सरी तर्फ थाहा ४ का भलराम कार्की,अगुवा कृषक थाहा ५ का कृष्ण बहादुर गुरुङ,किवि उत्पादनमा प्रकृति अर्गानिक कृषि फर्म थाहा ६ का माधव सुवेदी,हाइब्रीड गोलभेडा र अकबरे खुर्सानीको बीउ उत्पादन गरेबापत थाहा सिड बज्रवाराहीका देवेन्द्र महर्जन,बढी गोलभेडा उत्पादनमा थाहा ६ बाटै श्याम लामिछाने,बढि कागती उत्पादनमा थाहा ७ का गुप्त सिं ठकुरी,अगुवा कृषकको रुपमा थाहा ८ का रमेश बिक,टनेलमा गोलभेडा खेती गरि उत्कृष्ट उत्पादन गर्ने थाहा ९ का पुरुषोत्तम लामिछाने र १० कि रिता गोपाली,टनेलमा तरकारी र अकबरे तथा अदुवा खेती गर्दै आइरहेका थाहा ११ का चन्द्र कुमार भोम्जन र एभोकाडो फलफुल खेती गरि थाहा १२ का छत्र बहादुर आले मगर लाई सम्मान गरिएको थियो।

कृषकहरूलाई सम्मान गर्दै नगर उपप्रमुख भरत गोपालीले कृषक सम्मानले थाहामा उत्कृष्ट  सुरुवात   भएको टिप्पणी गरे । ‘थाहा नगरपालिका पूर्वाधार विकाससँगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ’ उपप्रमुख गोपालीले भने, ‘अब थाहा नगर कृषि क्रान्तिमा अगाडि बढेको छ । कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जीवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उपप्रमुखले दाबी गरे ।
उनले प्रांगारिक खेतीमा विशेष जोड दिन सके मात्रै नगदेवालीले स्थान पाउने बताए । थाहा लाई  कृषिको हब बनाउन सकिने आधारहरु रहेको उप प्रमुखको ठम्याइ रहेको छ ।
थाहा नगरपालिकाका आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,प्रशासन महाशाखा प्रमुख नवीन खालिङ,कृषि शाखाका प्रमुख सन्जय तिवारी,रोजगार शाखा प्रमुख कुमार नेगी,नगरपालिकाका कृषि प्राविधिकहरु लगायतका उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रमले कृषकहरुमा आत्मसम्मान बढ्नुका साथै कृषि पेशा गर्नमा थप प्रेरणा मिलेको प्रतिक्रिया कृषकहरुले दिएका छन् ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...