pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

थाहाका अगुवा कृषकहरु सम्मानित

FB_IMG_1720103614535-1720103629.jpg

थाहा नगरपालिकाको कृषि विकास शाखाले  कुटो कोदालो खेलाउने थाहाका अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय ६५ दिन खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाई कार्यलयले सम्मान गरेको हो ।
थाहाका १५ जना अगुवा तरकारी तथा फलफुल किसानहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो ।
सम्मानको लागि शाखाले विभिन्न अगुवा कृषक मुल्यांकनका आधारहरु तय गरेको थियो।
शाखाले गुणस्तरीय तथा बढी उत्पादन,कृषि प्रविधि प्रसारण,भुगोल,समावेशी,नयाँ जातको खेती,फलफूल बालीमा क्षेत्र विस्तार,नर्सरीबाट बिरुवा प्रसारण,महत्वपूर्ण कार्य तथा कृषिमा समाज सेवा आधारहरु तोकेको थियो।
सोही मुल्यांकनको आधारमा समूह संचालन व्यवस्थापनकको रुपमा उत्कृष्ट कृषकको रुपमा थाहा १ का कृष्ण मान प्रधान,नयाँ तरकारी जातको खेतीको लागि थाहा २ कि सविता प्रधान,र थाहा ३ का कुमार घिसिङ,बढी तथा गुणस्तरीय आलु उत्पादनको लागि थाहा ३ का हरेराम उपाध्याय,फलफुल नर्सरी तर्फ थाहा ४ का भलराम कार्की,अगुवा कृषक थाहा ५ का कृष्ण बहादुर गुरुङ,किवि उत्पादनमा प्रकृति अर्गानिक कृषि फर्म थाहा ६ का माधव सुवेदी,हाइब्रीड गोलभेडा र अकबरे खुर्सानीको बीउ उत्पादन गरेबापत थाहा सिड बज्रवाराहीका देवेन्द्र महर्जन,बढी गोलभेडा उत्पादनमा थाहा ६ बाटै श्याम लामिछाने,बढि कागती उत्पादनमा थाहा ७ का गुप्त सिं ठकुरी,अगुवा कृषकको रुपमा थाहा ८ का रमेश बिक,टनेलमा गोलभेडा खेती गरि उत्कृष्ट उत्पादन गर्ने थाहा ९ का पुरुषोत्तम लामिछाने र १० कि रिता गोपाली,टनेलमा तरकारी र अकबरे तथा अदुवा खेती गर्दै आइरहेका थाहा ११ का चन्द्र कुमार भोम्जन र एभोकाडो फलफुल खेती गरि थाहा १२ का छत्र बहादुर आले मगर लाई सम्मान गरिएको थियो।

कृषकहरूलाई सम्मान गर्दै नगर उपप्रमुख भरत गोपालीले कृषक सम्मानले थाहामा उत्कृष्ट  सुरुवात   भएको टिप्पणी गरे । ‘थाहा नगरपालिका पूर्वाधार विकाससँगै कृषिमा क्रान्ति ल्याउन चाहन्छ’ उपप्रमुख गोपालीले भने, ‘अब थाहा नगर कृषि क्रान्तिमा अगाडि बढेको छ । कृषि क्रान्तिले मात्रै आम नागरिकको दैनिक जीवनयापनमा परिवर्तन ल्याउन सक्ने हुँदा यसको विकल्प नभएको पनि उपप्रमुखले दाबी गरे ।
उनले प्रांगारिक खेतीमा विशेष जोड दिन सके मात्रै नगदेवालीले स्थान पाउने बताए । थाहा लाई  कृषिको हब बनाउन सकिने आधारहरु रहेको उप प्रमुखको ठम्याइ रहेको छ ।
थाहा नगरपालिकाका आर्थिक विकास समिती संयोजक हिरेन्द्र कुमार रायमाझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थाहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण गिरी,प्रशासन महाशाखा प्रमुख नवीन खालिङ,कृषि शाखाका प्रमुख सन्जय तिवारी,रोजगार शाखा प्रमुख कुमार नेगी,नगरपालिकाका कृषि प्राविधिकहरु लगायतका उपस्थिति रहेको थियो।

सम्मान कार्यक्रमले कृषकहरुमा आत्मसम्मान बढ्नुका साथै कृषि पेशा गर्नमा थप प्रेरणा मिलेको प्रतिक्रिया कृषकहरुले दिएका छन् ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg