pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

जनकल्याणमा गड्यौला मल उत्पादन गर्न तालिम सुरु।

FB_IMG_1684506268230-1684506289.jpg

थाहा नगरपालिका ३ स्थित जनकल्याण माध्यमिक विद्यालयले विद्यार्थी र स्थानीय किसानलाई अर्गानिक खेतीतर्फ आकर्षित गर्न जैविक मल बनाउने गड्यौला मल उत्पादन र प्रयोग सम्बन्धि  ४ दिने  कार्यशाला गोष्ठी तथा तालिम ५ जेठ बाट सुरु भएको छ।

किसानले खेती गर्ने समयमा मल खरिद गर्नसमेत नपाएर समस्या व्यहोर्नुपरेकाले नगर कृषि शाखाको आर्थिक सहयोगमा विद्यालयले जैविक मल गड्यौला मल  उत्पादन गरी खेतीमा उत्पादन बढाउन प्रोत्साहन गर्ने उद्देश्यले सो तालिमको आयोजना गरेको विद्यालयका अध्यक्ष राजिव कुमार स्याङ्तानले बताए ।

तालिमको उद्घाटन गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले किसानको पक्षमा थाहा नगरले  नवीनतम योजना बनाएर अघि बढिरहेको बताए। ‘कृषि क्षेत्रको विकासको निम्ति प्राङ्गारिक, जैविक र गड्यौला मल उत्पादन गर्न यो आर्थिक बर्ष बजेटको व्यवस्थापन गर्ने  उपप्रमुख गोपालीले बताए। 

कृषि कार्यमा नै निर्भर रहेका किसानलाई उत्पादनमा व्यवसायीकरण गर्न नसकिरहेको अवस्थामा अब त्यसलाई व्यवसायीकरण गर्दै उत्पादनमा जोड दिने विषयमा पालिकाले योजना बनाएर अघि बढिसकेको उपप्रमुख भरत गोपालीको भनाइ छ। 

अहिले गाउँघरमा स्थानीयस्तरमा नै उत्पादन भएका शुद्ध कृषिउपज पाउन गाह्रो भइरहेको अवस्थामा स्वस्थ जीवन बाँच्न आवश्यक अर्गानिक कृषि उत्पादनमा जोड दिन यस्ता तालिमको आवश्यकता रहेको प्रशिक्षक डाक्टर उत्तम खनालले बताए । 

कृषि बिषय समेत अध्यापन हुने विद्यालयका विद्यार्थी ,कृषि समुहका सदस्यहरु,नगरमा कार्यरत कृषि प्राविधिक हरु समेत ६० जनाको सहभागिता रहेको तालिममा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा गड्यौलाको मल उत्पादन गर्ने विधि सिकाइने आयोजक विद्यालयका शिक्षक मनोज रायमाझीले जानकारी दिए।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन सत्रमा विद्यालयका सहायक प्रधानाध्यापक कृष्ण बहादुर बिष्ट ,नगर कृषि शाखाका प्राविधिक सहायक ज्ञान कुमारी भट्टराई ,प्रशिक्षक डाक्टर उत्तम खनाल लगायत शिक्षक ,विद्यार्थीहरुको उपस्थिति रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg