Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।

IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त शिपको व्यवहारिक प्रयोगमा सरोकारीहरुको भुमिका" विषयक एक दिवसिय गोष्ठीको आयोजना गरेको छ।
जनकल्याण माबिका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा इकोनोमिस्ट एन्ड एग्रो-ईकोलोजिस्टका अनुसन्धान बिज्ञ डाक्टर उत्तम खनालले गड्यौला खेतिको बारेमा प्रष्ट पारेका थिय।डाक्टर खनालका अनुसार  अन्य कम्पोष्ट मलभन्दा पोषक तत्व तथा प्राङ्गारिक पदार्थ बढी हुने र मलमा हुने सुक्ष्म जीवहरुले माटोको उर्बरा शक्ति (मलिलोपना) र अन्य गुणहरु पनि वृद्धि गर्ने भएकाले भर्मिकम्पोष्टलाई एक उत्कृष्ट प्राङ्गारिक मल मानिने बताउनुभयो।वहाँका अनुसार पछिल्लो समय खेतीमा अनधिकृत रुपमा प्रयोग भइरहेको रसायनिक मल तथा विषादीका कारण माटोमा पाउने सुक्ष्म जीवको संख्यामा कमी आइ माटोको उर्वरा शक्तिमा ह्रास आइरहेकोले पनि यसको आवश्यकता बढेको बताउदै  माटोको पाकृतिक गुण कायम राख्नुका साथसाथै माटोको मलिलोपना बढाउन भर्मिकम्पोष्टएकदमै उपयोगी हुने  गड्यौला बिज्ञ डाक्टर खनालको भनाइ छ ।

रसायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्यमा देखिइरहेका अनेकन् समस्याका कारण प्राङ्गारिक उत्पादन तर्फ आर्कषण बढिरहेका बेला प्राङ्गारिक खेती गर्न खोज्ने किसानका लागि भने यो सबैभन्दा उत्तम र सजिलो विकल्प हो । यसका अतिरिक्त घर तथा खेतबारीबाट उत्पादन हुने जैविक फोहोर व्यवस्थापनका लागि पनि अत्यन्तै उपयोगी प्रविधि रहेको प्रशिक्षक बिकास अधिकारीको भनाइ रहेको छ।

प्रशिक्षक अधिकारीका अनुसार गड्यौलाबाट तीन महिनामा मल निस्कन्छ । 'अरू बस्तु पालेजस्तो गड्यौला पाल्न दुःख छैन, 'थोरै मेहनतबाट कमाइ राम्रो गर्न सकिने भएकाले धेरैभन्दा धेरै किसानलाई गड्यौला खेतीतर्फ आकर्षित गर्नुपर्ने' अधिकारीको  सुझाव छ । कम्पोस्ट मलको व्यावसायिक खेती गर्न सके रासायनिक मलको प्रयोगलाई शून्यमा झार्न सकिने अधिकारीले बताए । गड्यौलाको प्रयोगबाट माटो खुकुलो हुनुका साथै चिस्यान पनि रहिरहने भएकाले सुख्खा ठाउँका किसानलाई व्यावसायिक
गड्यौला पालनतर्फ आकर्षित गराउनु उपयुक्त हुने अधिकारीले  बताए ।
गोष्ठीमा आफ्नो भनाइ राख्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले रासायनिक मलको बढ्दो प्रयोगलाई कम गर्दै यस्ता खालका प्राङ्गारिक मलको उत्पादनमा सबै स्थानिय तह लाग्नुपर्नेमा जोड दिदै रासायनिक मललाई विस्तापित गर्न र अर्ग्यानिक खेती उन्मुख हुनको निम्ति कृषि अध्ययन गर्ने विद्यार्थी हरुले सामुहिक खेती तर्फ लाग्नुपर्ने बताउदै तेसको लागि नगरपालिकाले जग्गा उपलब्ध र आधुनिक यान्त्रिकिकरणमा सहयोग गर्न सक्ने बताउनुभयो।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै सीप विकासमा प्रवर्द्धन र टेवा दिन पालिका स्तरले विभिन्न नीति ,योजना र कार्यक्रम लागुगर्नुपर्ने बताउदै स्थानिय सरकारले उत्पादनको क्षेत्र पहिचान गरि लगानी योग्य वातावरण बनाउन सके स्थानीय बस्तुको आपूर्ति बढाउन र कृषि लाई प्राथमिकतामा राखी प्रभावकारी योजना बनाउन सके नगरको भुमिकालाइ बढाउन सक्ने जनशक्ति उत्पादन गर्नु विद्यालयको उद्देश्य रहेको प्रष्ट पार्नुभयो।
गोष्ठीमा थाहा नगरपालिका वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,४ का सदस्य सुन्दरराज केसी,७ का अध्यक्ष शिवराज थिङ,थाहा नगर कृषि शाखाका ज्ञानु भट्टराई ,बागवानी केन्द्र दामनका गोविन्द शाही,लभग्रीन नेपालका अन्जु श्रेष्ठ ,थाहा नगरपालिका भित्र रहेका कृषि सहकारीका प्रतिनिधिहरु,कृषि समुहका प्रतिनिधिहरु ,विद्यालयमा कृषि बिषय अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक हरुको उपस्तिथि रहेको थियो।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...