pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

जनकल्याणमा गड्यौला खेती सम्बन्धि अभिमुखिकरण ।

IMG_20230320_121941_095-1679323693.jpg

थाहा नगरपालिका स्थित जनकल्याण माबिले "फोहोर व्यवस्थापनमा गड्यौला पालन,कृषि अध्ययनको अपरिहार्यता र प्राप्त शिपको व्यवहारिक प्रयोगमा सरोकारीहरुको भुमिका" विषयक एक दिवसिय गोष्ठीको आयोजना गरेको छ।
जनकल्याण माबिका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राजिव कुमार स्याङ्तानको अध्यक्षता तथा थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न गोष्ठीमा इकोनोमिस्ट एन्ड एग्रो-ईकोलोजिस्टका अनुसन्धान बिज्ञ डाक्टर उत्तम खनालले गड्यौला खेतिको बारेमा प्रष्ट पारेका थिय।डाक्टर खनालका अनुसार  अन्य कम्पोष्ट मलभन्दा पोषक तत्व तथा प्राङ्गारिक पदार्थ बढी हुने र मलमा हुने सुक्ष्म जीवहरुले माटोको उर्बरा शक्ति (मलिलोपना) र अन्य गुणहरु पनि वृद्धि गर्ने भएकाले भर्मिकम्पोष्टलाई एक उत्कृष्ट प्राङ्गारिक मल मानिने बताउनुभयो।वहाँका अनुसार पछिल्लो समय खेतीमा अनधिकृत रुपमा प्रयोग भइरहेको रसायनिक मल तथा विषादीका कारण माटोमा पाउने सुक्ष्म जीवको संख्यामा कमी आइ माटोको उर्वरा शक्तिमा ह्रास आइरहेकोले पनि यसको आवश्यकता बढेको बताउदै  माटोको पाकृतिक गुण कायम राख्नुका साथसाथै माटोको मलिलोपना बढाउन भर्मिकम्पोष्टएकदमै उपयोगी हुने  गड्यौला बिज्ञ डाक्टर खनालको भनाइ छ ।

रसायनिक मल तथा विषादीका कारण मानव स्वास्थ्यमा देखिइरहेका अनेकन् समस्याका कारण प्राङ्गारिक उत्पादन तर्फ आर्कषण बढिरहेका बेला प्राङ्गारिक खेती गर्न खोज्ने किसानका लागि भने यो सबैभन्दा उत्तम र सजिलो विकल्प हो । यसका अतिरिक्त घर तथा खेतबारीबाट उत्पादन हुने जैविक फोहोर व्यवस्थापनका लागि पनि अत्यन्तै उपयोगी प्रविधि रहेको प्रशिक्षक बिकास अधिकारीको भनाइ रहेको छ।

प्रशिक्षक अधिकारीका अनुसार गड्यौलाबाट तीन महिनामा मल निस्कन्छ । 'अरू बस्तु पालेजस्तो गड्यौला पाल्न दुःख छैन, 'थोरै मेहनतबाट कमाइ राम्रो गर्न सकिने भएकाले धेरैभन्दा धेरै किसानलाई गड्यौला खेतीतर्फ आकर्षित गर्नुपर्ने' अधिकारीको  सुझाव छ । कम्पोस्ट मलको व्यावसायिक खेती गर्न सके रासायनिक मलको प्रयोगलाई शून्यमा झार्न सकिने अधिकारीले बताए । गड्यौलाको प्रयोगबाट माटो खुकुलो हुनुका साथै चिस्यान पनि रहिरहने भएकाले सुख्खा ठाउँका किसानलाई व्यावसायिक
गड्यौला पालनतर्फ आकर्षित गराउनु उपयुक्त हुने अधिकारीले  बताए ।
गोष्ठीमा आफ्नो भनाइ राख्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले रासायनिक मलको बढ्दो प्रयोगलाई कम गर्दै यस्ता खालका प्राङ्गारिक मलको उत्पादनमा सबै स्थानिय तह लाग्नुपर्नेमा जोड दिदै रासायनिक मललाई विस्तापित गर्न र अर्ग्यानिक खेती उन्मुख हुनको निम्ति कृषि अध्ययन गर्ने विद्यार्थी हरुले सामुहिक खेती तर्फ लाग्नुपर्ने बताउदै तेसको लागि नगरपालिकाले जग्गा उपलब्ध र आधुनिक यान्त्रिकिकरणमा सहयोग गर्न सक्ने बताउनुभयो।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै जनकल्याण माबिका प्रधानाध्यापक सानोभाइ कार्कीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै सीप विकासमा प्रवर्द्धन र टेवा दिन पालिका स्तरले विभिन्न नीति ,योजना र कार्यक्रम लागुगर्नुपर्ने बताउदै स्थानिय सरकारले उत्पादनको क्षेत्र पहिचान गरि लगानी योग्य वातावरण बनाउन सके स्थानीय बस्तुको आपूर्ति बढाउन र कृषि लाई प्राथमिकतामा राखी प्रभावकारी योजना बनाउन सके नगरको भुमिकालाइ बढाउन सक्ने जनशक्ति उत्पादन गर्नु विद्यालयको उद्देश्य रहेको प्रष्ट पार्नुभयो।
गोष्ठीमा थाहा नगरपालिका वडा न १ का अध्यक्ष हेरमान गोपाली,३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी ,४ का सदस्य सुन्दरराज केसी,७ का अध्यक्ष शिवराज थिङ,थाहा नगर कृषि शाखाका ज्ञानु भट्टराई ,बागवानी केन्द्र दामनका गोविन्द शाही,लभग्रीन नेपालका अन्जु श्रेष्ठ ,थाहा नगरपालिका भित्र रहेका कृषि सहकारीका प्रतिनिधिहरु,कृषि समुहका प्रतिनिधिहरु ,विद्यालयमा कृषि बिषय अध्ययन गर्ने विद्यार्थी तथा शिक्षक हरुको उपस्तिथि रहेको थियो।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg