bipad-1691926127.jpg
Monday, 02 Oct, 2023
368434171_615037517201311-1692942851.jpg

कृषि

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।

FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका रोग देखा पर्न थालेसंगै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाको आयोजना तथा थाहा नगर पशु बिकास शाखाको समन्वयमा बिहिवार नगरको जनकल्याण माबिमा कृषि बिषय अध्ययन गर्ने ९ र १०का विद्यार्थीहरु संग जुनोटिक रोग सम्बन्धि कार्यशाला सम्पन्न भएको छ।

पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट कसरी सर्ने गरेका छन् र यसवाट बच्न कसरी सकिन्छ भनेर कृषि विद्यार्थी हरुलाइ जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका समन्वयकर्ता तथा नगरका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए।नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ । 


पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने रोगको बारेमा विद्यार्थीलाई जानकारी दिएको जिल्ला पशु बिज्ञ सेवा केन्द्रका प्रमुख  डा प्रभात न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् । यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । 

काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् । छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको प्रमुख न्यौपानेले बताउनुभयो । 


रेबिजबाट मात्रै विश्वमा ५५ हजार मानिसले वर्षेनी ज्यान गुमाउनु परेको छ । जसमध्ये एशियामा मात्रै ९५ प्रतिशतले ज्यान गुमाउने गरेका छन् । 
हात नियमित सफा गर्ने, व्यवस्थित पशु पालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएर मात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटके (एक्कासि मरेको) मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउं सफा गर्ने र खोप लगाउने गरे जुनोटिक रोगबाट केही हदसम्म बच्न सकिने पशु चिकित्सकको डा आभाष कोइरालाको भनाइ रहेको छ ।

shambhu-1691912419.jpg

368434311_148744266206599-1692942989.jpg
world-link-1690434568.jpg
थाहापाटीका सम्पादक शम्भु अधिकारीलाई सिर्जनशील पत्रकारीता पुरस्कार
FB_IMG_1696260119499-1696261078.jpg

निकास साप्ताहिक,रेडियो सन्देश,र थाहा नेपालको वार्षिक उत्सवको अवसरमा थाहाका पत्रकार शम्भु अधिकारी रामचन्द्र...

निश्चित मापदण्ड निर्धारण गरेर मात्र पदक दिनेछौं :- गृहमन्त्री श्रेष्ठ
FB_IMG_1696243472248-1696243495.jpg

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले बर्तमान सरकारले देशका युवालाई देशमा नै रोजगार दिनसक्ने...

राजा बन्न आवेदन खुल्यो,असोज २५ सम्म फारम भरिसक्नुपर्ने।
FB_IMG_1696170483584-1696170509.jpg

  गोरखामा दाैडिएर राजा बनेको इतिहास हामीले विद्यालयका पुस्तकमा पढेका छाैं । जुन इतिहासको विम्बात्मक रूपमा...

आयल निगमद्वारा पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता
FB_IMG_1696156716863-1696156728.jpg

नेपाल आयल निगम लिमिटेडले शनिबार रातिबाट लागू हुने गरी वृद्धि गरेको पेट्रोलियम पदार्थको भाउ फिर्ता लिएको छ। यो...

एसियन गेम क्रीकेटमा नेपाल क्वाटर फाइनलमा प्रवेश
FB_IMG_1696137498891-1696137510.jpg

माल्दिभ्सलाई पराजित गर्दै नेपाल १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरेको छ...

कस्तो छ आजको मौसम ?
FB_IMG_1691910023736-1693-1696129640.jpg

हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको...

आजको तरकारीको बजार भाउ,
tarkari-bazar-29092076-16-1696129310.jpg

कृषि उपज न्यूनतम     गोलभेडा ठूलो(भारतीय) (केजी) रू ४० गोलभेडा ...

नेपाल सिएमए संघ मकवानपुरमा अमर लामा स्याङतान
FB_IMG_1696129000381-1696129091.jpg

नेपाल सि.एम.ए संघ मकवानपुर को चौथो अधिबेशनले अमरलामा स्याङतानको अध्यक्षतामा १३ सदस्य कार्यसमिती चयन गरेको छ । आज...

चौघडा बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार र उद्यमी सदस्य बनाउने
FB_IMG_1696128742166-1696128787.jpg

हेटौंडा, १३ असोज  हेटौंडा उपमहानगरपालिकामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारीका...