himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।

FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका रोग देखा पर्न थालेसंगै भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडाको आयोजना तथा थाहा नगर पशु बिकास शाखाको समन्वयमा बिहिवार नगरको जनकल्याण माबिमा कृषि बिषय अध्ययन गर्ने ९ र १०का विद्यार्थीहरु संग जुनोटिक रोग सम्बन्धि कार्यशाला सम्पन्न भएको छ।

पशुबाट मानिसमा र मानिसबाट पशुमा सजिलै सर्ने जुनोटिक रोग पशुको लसपस, दूध, दही, मासु र हावाको माध्यम बाट कसरी सर्ने गरेका छन् र यसवाट बच्न कसरी सकिन्छ भनेर कृषि विद्यार्थी हरुलाइ जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका समन्वयकर्ता तथा नगरका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए।नेपालमा जनावरबाट मानिसमा सर्ने ६९ प्रकारका रोग पत्ता लागेको छ । 


पटके, तुहिने, छारे, टाईफाईड, रेबिज, बर्डफ्लु, दाद, फिरफिरे, जापनिज इन्सेफलाइटिस, क्षयरोग, फिते जुका, इन्फुलन्जा, ट्राइकिभेला, ब्रसेल्ला, लिष्टेरिया, विएसइ सर्कोसिसलगायतका दर्जनौँ रोग पशुबाट मानिसमा सर्ने रोगको बारेमा विद्यार्थीलाई जानकारी दिएको जिल्ला पशु बिज्ञ सेवा केन्द्रका प्रमुख  डा प्रभात न्यौपानेले बताउनुभयो । 

उहाँका अनुसार पशुबाट मानिसमा ६० प्रतिशत रोग सर्ने गरेका छन् । यस्ता रोगको ७० प्रतिशत स्रोत नै पत्ता लागेको छैन । ७० प्रतिशत रोग व्यापारका माध्यमबाट र अन्तरराष्ट्रिय पशुको व्यापारबाट मात्रै ७७ प्रतिशत रोग मानिसलाई सर्ने गरेको पाइएको छ । 

काटेको मासुलाई राम्ररी नपकाइ खाँदा, दूधलाई उमालेर नखाँदा र हावाको माध्यमबाट समेत जुनोटिक रोग सर्ने गरेका छन् । छाडा चौपाया छाडने कार्यले पशुबाट मानिसमा सर्ने रोग महामारीका रुपमा अगाडि आउन सक्ने सम्भावना बढेको प्रमुख न्यौपानेले बताउनुभयो । 


रेबिजबाट मात्रै विश्वमा ५५ हजार मानिसले वर्षेनी ज्यान गुमाउनु परेको छ । जसमध्ये एशियामा मात्रै ९५ प्रतिशतले ज्यान गुमाउने गरेका छन् । 
हात नियमित सफा गर्ने, व्यवस्थित पशु पालनमा जोड दिने, सागपात राम्ररी सफा गरी पकाएर मात्र खाने, आन्द्राभुँडी र मासुसँगै नमिसाउने, पटके (एक्कासि मरेको) मरेको जनावरको छाला काढ्ने र चिरफार नगर्ने शंका लागेको कुकुरले टोकेमा घाउं सफा गर्ने र खोप लगाउने गरे जुनोटिक रोगबाट केही हदसम्म बच्न सकिने पशु चिकित्सकको डा आभाष कोइरालाको भनाइ रहेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg