edu-1681783152.jpg
Saturday, 10 Jun, 2023
sahara-1681783426.jpg

कृषि

च्वाइस नेपालको सहकार्यमा थाहा नगरपालिका द्वारा ५० वटा टनेल अनुदान दियो।

FB_IMG_1683551624489-1683551746.jpg

थाहा नगरपालिकामा व्यवसायिक तथा आधुनिक खेती प्रणालीतर्फ कृषकहरु आकर्षित भइरहेको बेला थाहा नगरपालिकाले ५० जना कृषकहरुलाई प्लास्टिक टनेलका लागि सहयोग गरेको छ । च्वाइस नेपाल र कृषकहरुसँगको सहकार्यमा नगरपालिकाको कृषि विकास शाखाले सोमबार कृषकहरुलाई  टनेलका लागि प्लास्टिक वितरण गरेको हो ।

नगरपालिकाको प्राङ्गणमा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र कृषि प्रसार अधिकृत संजय तिवारीले कृषकहरुलाई प्लास्टिक वितरण गरेका हुन् ।

प्लास्टिक वितरण गर्दै नगर प्रमुख विष्टले कम लागतबाट अधिकतम उत्पादन र गुणस्तरीय उत्पादनबाट अधिकतम लाभको लागि नगरपालिकाले नवीनतम प्रविधिमा आधारित कृषि प्रणाली विकासमा जोड दिइरहेको बताए । उनले नगरपालिका र च्वाइसको सहयोगलाई सदुपयोग गरी आर्थिक स्तर वृद्धिमा ध्यान दिन कृषकहरुलाई आग्रह गरे ।

नगरपालिकाले कृषकहरुलाई ७२ वर्गमिटरको ९०  जिएसएम सिल्पोलिन प्लास्टिक वितरण गरेको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार टनेलका लागि प्लास्टिक वितरण गर्न रु. डेढ लाख विनियोजन गरिएको र कृषकहरुको करिब सोही बराबरको लगानीमा कृषकहरुबाटै प्लाास्टिक खरिद गरिएको थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी  दिए ।

कृषि शाखा प्रमुख तिवारीका अनुसार सोमबार प्लास्टिक वितरण गरिएका कृषकहरुका लागि च्वाइस नेपालले फलामको टनेल निर्माणमा सहयोग गर्नेछ । प्रति टनेल रु. ४५ हजार खर्च अनुमान गरिएको टनेलका लागि च्वाइस नेपालको प्रति टनेल रु. २५ हजार खर्च हुने र कृषकहरुले पनि लगानी गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए ।

टनेल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको र ६ जना कृषकहरुको लागि शिखर बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोग रहने च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले जानकारी दिए । 

nepalaya-copy-1675152884.jpg
himalayan-1681783251.jpg

nagarpalika-1661488385.jpg
viber_image_2022-09-27_22-1664340402.jpg
thaha-1681783216.jpg
sahara-1681783294.jpg
जनश्रमदान बाट जगडाँडामा सिंचाइ
FB_IMG_1686329002487-1686329014.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १२ मा सिंचाइ आयोजनाको निर्माण शुरु भएपछि स्थानीयहरु खुशी भएका छन् । सिंचाइ...

न्युनतम सेवा मापदण्डमा थाहाका ३ स्वास्थ्य संस्था जिल्ला उत्कृष्ट
FB_IMG_1686328336817-1686328359.jpg

स्वास्थ्य कार्यालय मकवानपुरले  स्वास्थ्य चौकीहरुको लागि न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमुखिकरण कार्यक्रम...

आगामी बजेटबाट आफ्नो माग पूरा गर्न थाहाका इसिडी शिक्षकहरुको ध्यानाकर्षण
FB_IMG_1686320188458-1686321670.jpg

नेपाल बाल विकास शिक्षक समिती थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी बर्षको नीति तथा कार्यक्रम र बजेटमा...

शिक्षक महासंघ थाहाले नगरको शैक्षिक सुधारको निम्ति बुझायो सुझाव पत्र
FB_IMG_1686319789757-1686320988.jpg

नेपाल शिक्षक महासंघ थाहा नगर समितिले थाहा नगरपालिकाको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विभिन्न शैक्षिक...

मनहरी ५ भएको आँखा शिविरमा २६ जना मोतिबिन्दु फेला
FB_IMG_1686319918571-1686320015.jpg

जेठ, हेटौडा (मनहरी) - मनहरी गाउँपालिका वडा नम्बर ५ मा नि:शुल्क आँखा शिविर भएको छ। ३ सय २० जनाले आँखाको परिक्षण गरेका...

पालुङ जेसिज,सफल बिष्ट जिताउन थाहा दौडाहामा।
FB_IMG_1686233364297-1686233380.jpg

आगामी २८ जेठमा हुने फाइनल प्रतिष्पर्धामा मकवानपुर थाहाका सफल विष्टलाई जिताउन पालुङ जेसीजले थाहानगरमा भाेटिङ...

जनकल्याणका कृषि विद्यार्थीलाई जुनेटिक रोग सम्बन्धि जानकारी दिइयो ।
FB_IMG_1686225463445-1686225492.jpg

जुनोटिक रोग चुनौतीका रुपमा देखा पर्न थालेको छ । खानपानमा बदलाव र वातावरणमा आएको परिवर्तनका कारण जुनोटिक खालका...

अपाङ्गता भएका विद्यार्थी हरुलाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति प्रदान।
FB_IMG_1686222734046-1686222889.jpg

थाहा नगरपालिकाले  विभिन्न लक्षित समुदायको बजेट कार्यान्वयन गर्न सुरु गरेको छ । यसक्रममा थाहा नगरपालिका भित्र...

थाहामा ४९ अर्बमा बन्ने मदन भण्डारी विश्वविद्यालय निर्माणको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार,
FB_IMG_1686155697061_1-1686155743.jpg

मकवानपुर जिल्लाको थाहा नगरपालिकामा निर्माण गर्न लागिएको मदन भण्डारी विज्ञान तथा प्रविधि विविद्यालयको...