himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

च्वाइस नेपालको सहकार्यमा थाहा नगरपालिका द्वारा ५० वटा टनेल अनुदान दियो।

FB_IMG_1683551624489-1683551746.jpg

थाहा नगरपालिकामा व्यवसायिक तथा आधुनिक खेती प्रणालीतर्फ कृषकहरु आकर्षित भइरहेको बेला थाहा नगरपालिकाले ५० जना कृषकहरुलाई प्लास्टिक टनेलका लागि सहयोग गरेको छ । च्वाइस नेपाल र कृषकहरुसँगको सहकार्यमा नगरपालिकाको कृषि विकास शाखाले सोमबार कृषकहरुलाई  टनेलका लागि प्लास्टिक वितरण गरेको हो ।

नगरपालिकाको प्राङ्गणमा आयोजित एक अनौपचारिक कार्यक्रमका बीच थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र कृषि प्रसार अधिकृत संजय तिवारीले कृषकहरुलाई प्लास्टिक वितरण गरेका हुन् ।

प्लास्टिक वितरण गर्दै नगर प्रमुख विष्टले कम लागतबाट अधिकतम उत्पादन र गुणस्तरीय उत्पादनबाट अधिकतम लाभको लागि नगरपालिकाले नवीनतम प्रविधिमा आधारित कृषि प्रणाली विकासमा जोड दिइरहेको बताए । उनले नगरपालिका र च्वाइसको सहयोगलाई सदुपयोग गरी आर्थिक स्तर वृद्धिमा ध्यान दिन कृषकहरुलाई आग्रह गरे ।

नगरपालिकाले कृषकहरुलाई ७२ वर्गमिटरको ९०  जिएसएम सिल्पोलिन प्लास्टिक वितरण गरेको हो । नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अनुसार टनेलका लागि प्लास्टिक वितरण गर्न रु. डेढ लाख विनियोजन गरिएको र कृषकहरुको करिब सोही बराबरको लगानीमा कृषकहरुबाटै प्लाास्टिक खरिद गरिएको थाहा नगरपालिकाका कृषि शाखा प्रमुख संजय तिवारीले जानकारी  दिए ।

कृषि शाखा प्रमुख तिवारीका अनुसार सोमबार प्लास्टिक वितरण गरिएका कृषकहरुका लागि च्वाइस नेपालले फलामको टनेल निर्माणमा सहयोग गर्नेछ । प्रति टनेल रु. ४५ हजार खर्च अनुमान गरिएको टनेलका लागि च्वाइस नेपालको प्रति टनेल रु. २५ हजार खर्च हुने र कृषकहरुले पनि लगानी गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए ।

टनेल निर्माणका लागि प्रक्रिया अघि बढिसकेको र ६ जना कृषकहरुको लागि शिखर बचत तथा ऋण सहकारी संस्थाको समेत सहयोग रहने च्वाइस नेपालका ग्रामीण विकास विज्ञ प्रताप घिमिरेले जानकारी दिए । 

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg