Sunday, 19 May, 2024
कृषि

गाईभैंसीमा कृत्रिम गर्भाधानले व्यवसायिक बन्दै कृषकहरु

कृत्रिम गर्भाधानको सुविधा भएपछि मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु दूधलक्षित पशुपालनतर्फ आकर्षित भएका छन् । कृत्रिम गर्भाधानबाट जन्मेका बाच्छी र पाडीबाट हुर्केका गाईभैंसीमा दूध उत्पादन क्षमता बढी हुने भएकोले कृषकहरु व्यवसायिक पशुपालनतर्फ आकर्षित हुँदै गएको थाहा नगरपालिका पशु सेवा शाखाका प्रमुख राघबेन्द्र मिश्रले बताउनुभयो ।

थाहा नगरपालिकाको पशु सेवा शाखाले आर्थिक वर्ष २०७६/०७७ मा नगर क्षेत्रभित्रका ५३० गाईभैंसीमा कृत्रिम गर्भाधान गरेको छ । चालु आर्थिक वर्षमा पनि यस्तो कार्यक्रम रहेको शाखा प्रमुख मिश्रले बताउनु भयो ।

गत आर्थिक वर्षमा थाहा नगरका कृषकहरुले दूध विक्रीबाट एक करोड ४६ लाख ५३ हजार ६०० रुपियाँको दूध विक्री गरेका छन् । थाहा–३ घर्तिखोलाका युवराज बर्तौलाले १० महिनाको अवधिमा ६ हजार ५४० लिटर दूध विक्री गरेर तीन लाख २७ हजार रुपिया आर्जन गर्नु भएको छ ।

बर्तौलाले मात्र होइन, थाहा–६ की यसोदा अधिकारीले पनि दूध विक्रीबाट राम्रै आम्दानी गर्नुभएको छ । दुईवटा उन्नत गाई पाल्दै आउनुभएकी अधिकारीले वर्षमा दुई लाख १८ हजार बराबरको दूध बेच्नु भएको छ । यसैगरी थाहा–६ कै ओमकुमार सुवेदीले तीन हजार ८७० लिटर दूधबाट एक लाख ९३ हजार ५०० रुपियाँ कमाउनु भयो ।

कृषकहरु व्यवसायिक पशुपालन तर्फ आकर्षित हुन थालेपछि थाहा नगरपालिकाले उनीहरुलाई अनुदान दिनुका साथै बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियतमा कर्जा उपलब्ध गराउन समन्वयसमेत गर्ने नीति लिएको छ ।

चालु आर्थिक वर्षमा थाहा–१२ जगडाँडामा ३० वटा भैंसीपालनको लागि २५ प्रतिशत अनुदानको व्यवस्था गर्नुका साथै पकेट क्षेत्रका कृषकका लागि २० वटा गाइका लागि २५ प्रतिशत अनुदान दिने कार्यक्रम रहेको पशु सेवा शाखाले जनाएको छ ।

थाहा नगरमा ३०६ जना कृषकले व्यवसायिक पशुपालन गरेर दूध विक्री गर्दै आएका छन् । 

https://thahapati.com/public/images/users/thaha-pati-1672473909.jpg
थाहापाटी अनलाईन
newsthahapati@gmail.com

थाहापाटी थाहा नगरबाट प्रकाशन भईरहेको अनलाईन पोर्टल हो । तपाई सँग समाचार,विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क गर्नु होला । –सम्पादक


world-link-1690434568.jpg
बिद्यार्थीहरुलाई निशुल्क लेखापालन तालिम
1716113376330-1716113429.jpg

मकवानपुर, ०६ जेष्ठ/नेकपा (माओवादी केन्द्र) निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस...

एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्गको अधिबेशन 
1716048590707-1716048609.jpg

हेटौंडा ५ जेठ/एकीकृत अखिल नेपाल शिक्षक संगठन राक्सिराङ्ग गाउँपालिकाको दोस्रो अधिबेशन सम्पन्न भएको छ । संगठनका...

बिकासको लागि संघीयताको अहम भुमिका रहेको छ:-मन्त्री कुमारी मोक्तान
1716047400711-1716047436.jpg

थाहा  ०५ जेष्ठ/आग्रामा यहाँसम्मको बिकास आइपुग्नको लागि संघीयताले अहम भूमिका खेलेको  नेकपा माओवादी केन्द्रका...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
gole1-1716045214.jpg

  गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा...

थाहानगर आग्राकी ६७ वर्षिया गोमालाई जिल्ला प्रशासन कार्यालयले घरैमा पुगेर नागरिकता दियो
444154127_136399526762331-1716044555.jpg

  मकवानपुर थाहा नगरपालिका वडा नम्बर ८ आग्राकी ६७ वर्षिया गोमा भुजेलले नागरिकता पाएकी छिन् । वि.सं. २०१४ साल माघ...

गोले तामाङ उत्थान समाजको आठौं राष्ट्रिय भेला थाहामा सम्पन्न
438301438_136334660768817-1716043905.jpg

गोले तामाङ वंश उत्थान समाजको आठौं राष्ट्रिय भेला तथा एघारौं साधारणसभा जेठ ४ गते  मकवानपुर जिल्लाको थाहा न.पा....

जन्मदिनको अवसरमा थाहाका कार्की द्वारा भिन्न क्षमताका सक्षम उद्यमीलाई सम्मान
FB_IMG_1715959678119-1715959764.jpg

पालुङ जेसीजका सदस्य तथा नेपाल होमस्टे व्यवसायि महासंघका केन्द्रिय सचिवालय सदस्य समेत रहेका थाहा नगरपालिकाका...

निसन्तान दम्पतिले हार्दिक आईभीएफमा एक लाख ९९ हजारमै आईभीएफ सेवा पाउने
hardik-ivf-1715884190-1715916851.jpg

काठमाडौंको सिनामंगलस्थित क्रिष्टल कम्प्लेक्समा रहेको हार्दिक आईभीएफ एन्ड फर्टिलिटी सेन्टरमा निसन्तान...

ब्यबस्था बदल्न जनकलाकारको अहम भूमिका थियो : लामिछाने 
1715870558027-1715870647.jpg

हेटौंडा, ०३ जेष्ठ/नेपालको ब्यबस्था बदल्नको लागि जनक्रान्तीद्वारा जनकलाकारहरुको अहम भूमिका रहेको नेकपा माओवादी...