Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

गाईको गहुत प्रशोधन गरीे ‘गोअर्क’ उत्पादन

go-arka-Bheerkot-Syangja-1698208230.jpg

भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।

नगरपालिकाको सहयोगमा सञ्चालित गौशालाले आधुनिक मेसिन जडान गरी औषधिजन्य गोअर्क उत्पादन सुरु गरेको हो । गौशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आर्थिक अभाव हुन नदिन वैकल्पिक उपायको खोजी गरिएको गौशाला व्यवस्थापन तथा प्रवर्धन समितिका संरक्षक एवं भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।

गौशालाले १ लिटरको गोअर्कको बोटल बनाएर प्रतिलिटर ४ सयमा बिक्री गर्ने तयारी गरेको खनालको भनाइ छ । उहाँले भन्नुभयो, “बिहानको समयमा सुर्याेदय हुनभन्दा अगाडि गहुत थापी आधुनिक हिटिङ प्लान्टमा पकाई त्यसबाट निस्किएको गहुत प्याक गरेर बिक्री गर्न थालेका हौँ ।”

अहिले गौशालामा २९ गाई रहेको खनालले बताउनुभयो । गौशाखाले गएको बर्ष मात्रै मल बेचेर ४० हजार आम्दानी गरेको थियो । गाईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती र फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले अब किलोका हिसाबले बिक्री गर्ने योजना रहेको खनालको भनाइ छ । गाईको मललाई पनि विशेष तरिकाबाट प्याकिङ गरिने उहाँले बताउनुभयो ।  

समितिका अनुसार गौशालामा रहेको गहुत प्रशोधन केन्द्रबाट दैनिक १० लिटरसम्म गोअर्क उत्पादन हुन्छ । प्रशोधित गहुत (गोअर्क) बिक्रीबाट भएको आम्दानी गाई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गाईहरुबाट स्थानीयलाई समेत धेरै फाइदा भएको समितिका अध्यक्ष खुमकान्त खनालले बताउनुभयो । 

भीरकोट नगरपालिकाको १० लाख आर्थिक सहयोग र स्थानीयको ६ लाख गरी १६ लाखमा निर्माण भएकोे गौशाला गएको बर्षदेखि स्थानीय समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन खर्च समिति आफँैले बेहोर्ने  गरेको छ । गोरखापत्र बाट 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...