Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

कृषि

गाईको गहुत प्रशोधन गरीे ‘गोअर्क’ उत्पादन

go-arka-Bheerkot-Syangja-1698208230.jpg

भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।

नगरपालिकाको सहयोगमा सञ्चालित गौशालाले आधुनिक मेसिन जडान गरी औषधिजन्य गोअर्क उत्पादन सुरु गरेको हो । गौशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्न आर्थिक अभाव हुन नदिन वैकल्पिक उपायको खोजी गरिएको गौशाला व्यवस्थापन तथा प्रवर्धन समितिका संरक्षक एवं भीरकोट नगरपालिकाका पूर्व नगरप्रमुख छायाराम खनालले जानकारी दिनुभयो ।

गौशालाले १ लिटरको गोअर्कको बोटल बनाएर प्रतिलिटर ४ सयमा बिक्री गर्ने तयारी गरेको खनालको भनाइ छ । उहाँले भन्नुभयो, “बिहानको समयमा सुर्याेदय हुनभन्दा अगाडि गहुत थापी आधुनिक हिटिङ प्लान्टमा पकाई त्यसबाट निस्किएको गहुत प्याक गरेर बिक्री गर्न थालेका हौँ ।”

अहिले गौशालामा २९ गाई रहेको खनालले बताउनुभयो । गौशाखाले गएको बर्ष मात्रै मल बेचेर ४० हजार आम्दानी गरेको थियो । गाईको गोबर मल व्यावसायिक खेती मात्र नभई थोरै बारीमा तरकारी खेती, कौशी खेती र फलफूल खेती गर्नेले पनि खोज्ने भएकाले अब किलोका हिसाबले बिक्री गर्ने योजना रहेको खनालको भनाइ छ । गाईको मललाई पनि विशेष तरिकाबाट प्याकिङ गरिने उहाँले बताउनुभयो ।  

समितिका अनुसार गौशालामा रहेको गहुत प्रशोधन केन्द्रबाट दैनिक १० लिटरसम्म गोअर्क उत्पादन हुन्छ । प्रशोधित गहुत (गोअर्क) बिक्रीबाट भएको आम्दानी गाई व्यवस्थापनमा खर्च हुनेछ । गौशालामा रहेको गाईहरुबाट स्थानीयलाई समेत धेरै फाइदा भएको समितिका अध्यक्ष खुमकान्त खनालले बताउनुभयो । 

भीरकोट नगरपालिकाको १० लाख आर्थिक सहयोग र स्थानीयको ६ लाख गरी १६ लाखमा निर्माण भएकोे गौशाला गएको बर्षदेखि स्थानीय समितिले सञ्चालन गरिरहेको छ । गौशालामा रहेका गाईको व्यवस्थापन खर्च समिति आफँैले बेहोर्ने  गरेको छ । गोरखापत्र बाट 

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

उदय आधारभूत विद्यालयको स्वर्ण जयन्ती सम्पन्न
FB_IMG_1791466644909-1791466661.jpg

थाहा–६, बज्रबाराही बुढीचौरमा रहेको उदय आधारभूत विद्यालयले स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा गौरवमय स्वर्ण...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg